Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक अपराध कसुर सम्बन्धि मुद्दा चलाइने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १६, २०८०
वीरगंज मेनरोडको अतिक्रम हटाउन स्थानीयको माग, सोमबार १७ औ पटक पेसी तोकियो

वीरगंज, १६ वैशाख । कही तपाई वीरगंज महानगर क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न् ? यदी जथाभावी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ । मधेस प्रदेशको एकमात्र वीरगंज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुर सम्बन्धी मुद्दा चलाउने भएको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिनुभयो ।

“जथाभावी फोहर फाल्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन”, सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले भन्नुभयो, “जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृतरुपमा घटेको छैन ।” त्यसैले अब फोहर फाल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उहाँले बताउनुभयो । गत पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी तीन सय ६२ जनाबाट महानगरले रु आठ लाख ७१ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । “घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने प्रवृत्ति छ”, मियाँले भन्नुभयो, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उहाँको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगंजस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङसाइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङसाइड बनाएपछि फोहरमैला व्यवस्थापनमा कुनै अहिले कुनै समस्या नरहेको उहाँले बताउनुभयो । विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगंज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।

केही वर्षअघिसम्म अतिक्रमण र फोहरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, विर्ता, माईस्थानलगायतका सडक सफा र सुन्दर भएका छन् । आर्थिक राजधानीको रुपमा चिनिएको वीरगंज महानगरको पर्यटन प्रवद्र्धनका लागि नगरक्षेत्रको सरसफाइलाइ उच्च प्राथमिकतामा राखेर काम थालेको नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो । “बढ्दो जनघन्त्व र सडकमै फोहर फ्याल्ने प्रवृत्तिका कारण नगरक्षेत्र दुर्गन्धित र फोहर देखिएको थियो”, नगरप्रमुख सिंहले भन्नुभयो, “फोहर व्यवस्थापन गरी वीरगंजलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु ।” बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण वीरगंज महानगरपालिकामा दैनिक फोहर उत्पादन बढ्दै गएको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि