Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हाकिमको नाममा असुल्न माहिर ‘सई’ जयलाल, जुवादेखि देखि हुण्डी कारोबारीसँगको सेटिङ्ग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १५, २०८०
हाकिमको नाममा असुल्न माहिर ‘सई’ जयलाल, जुवादेखि देखि हुण्डी कारोबारीसँगको सेटिङ्ग

जनकपुर (धनुषा), १५ वैशाख । संघीय प्रहरी कार्यालय जनकपुरमा कार्यरत एक सई, जो रकम असुल्नमा माहिर छन् उनको असुली धन्दाको घटना सार्वजनिक भएको छ । बारा जिल्ला स्थायी घर भई जनकपुरमा विगत लामो समयदेखि कार्यरत रहेका सई जयलाल प्रसाद यादव प्रहरी संगठनभित्रै आफ्नो दर्जाको स्तरमा सबैभन्दा बढि रकम असुल्ने सईको रुपमा चिनिन्छन् । उनलाई तस्कर, व्यापारी, जुवा खाल चलाउने, हुण्डी कारोबारीसँग सेटिङ्ग गर्न गराउन विगत २० वर्षभन्दा बढिको अनुभव छ । आफ्नो दर्जाको स्तरबाट पैसा असुल्न सम्भव नभएपछि संघीय प्रहरी कार्यालयमा लामो समयदेखि कार्यरत रहेर उपल्लो हाकिम डिआईजिको नामबाट रकम असुल्दै आएका छन् ।

विगत २५ वर्ष अघि सिपाहीमा भर्ना भएका यादव आफ्नो जागिरको करियरमा सबैभन्दा बढि समय जनकपुरमै विताएका छन् । प्रहरी श्रोतका अनुसार २५ वर्षको जागिर अवधिमा उनी जनकपुरमा १५ वर्ष काम गरेका छन् र अहिले पनि जनकरमै कार्यरत छन् । सिपाही हुँदा जनकपुरमा, हवल्दार हुँदा पनि जनकपुरमा, असई हुँदा पनि जकपुरमा र सई हुँदा पनि जनकपुरमा काम गरेका छन् । त्यसैले जनकपुरका तस्कर, ठूलठूला व्यापारी, हुण्डी कारोबारी, जुवाडे सबैसँग उनको राम्रो पकड छ । अहिले संघीय प्रहरी कार्यालयका घुमुवाको रुपमा कार्यरत रहेका सई आफ्नो पकड प्रदेशभरिमै बनाएका छन् ।

आफू डिआईजिको घुमुवा रहेको भन्दै जनकपुर, महोत्तरी, सर्लाही, सिरहा सहित प्रदेशभरिकै हुण्डी कारोबारी, तस्कर, व्यापारी एवं जुवाको खाल चलाउनेहरुसँग सेटिङ्ग गराई हाकिमको नाममा असुली गर्नै आएका छन् । उनी संघीय प्रहरी कार्यालयमा कार्यरत रहेपनि जिल्ला र प्रदेशको लागि रकम असुल्ने काम गर्दै आएको बताइएको छ । धनुषाका हुण्डी कारोबारी मनोज साह, सिरहाका अख्तर अलि, महोत्तरीका दिलिप कणर्, सर्लाहीका सन्तोष साहको सेटिङ्ग सई यादले नै गराएका छन् । उनले प्रदेश प्रहरी प्रमुख डिआईजिको घुमुवा रहेकोले डिआईजी र एसएसपीको सेटिङ्ग आफूले गराईदिने भन्दै यि हुण्डी कारोबारीसँग महिनावारी रकम असुल्दै आएका छन् ।

धनुषाको तारापट्टि निवासी किशोरी साहले मधेश प्रदेशभरि हुने जुवा खालको जिम्मा लिएका छन् भने किशोरीसँग जुवा खेलाए वापत सई यादवले मासिक डिआईजीको नामबाट २ लाख, एसएसपीको नामबाट १ लाख तथा आफै १ लाख असुल्ने गरेको प्रहरी श्रोतले बताएको छ । सई यादवले डिआईजी र एसएसपीको नामबाट पैसा असुलेपनि डिआईजीलाई भने पैसा दिने गरेका छैनन् । हाकिमको नाम भजाएर पैसा असुल्ने त्यसबाट केही भाग एसएसपीलाई दिने गरेको बाँकी डिआईजीको भाग आफै कुम्ल्याउने गरेको बताइएको छ । जुवा खेलाइने जिल्लामा जुवाका साहुले आफै आफ्नो जिल्लाका एसपीलाई सेटिङ्ग गर्नुपर्ने हुन्छ भने डिआईजि र एसएसपीको सेटिङ्ग सई यादवले गर्ने गरेको बताइएको छ ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा पर्ने नुनथर भन्ने ठाउँमा किशोरी भन्ने व्यक्तिले अहिले जुवाको ठुलो खाल संचालन गर्दै आएका छन् । त्यसको संरक्षण गर्ने र प्रहरीका उपल्लो हाकिमसँग सेटिङ्ग गरि लाइन मिलाउने काम सई यादवले गरेको बताइएको छ । त्यति मात्रै कहाँ हो ? जनकपुरका धनाड्य व्यापारी सुरेश साह, ‘चाची’ भन्ने राजिव महासेठ जस्ता ठूलठूला व्यापारीसँग उनको अवैध कार्यको संरक्षण गर्नका लागि सई यादवले मासिक ५ लाख रुपैयाको दरले असुल्ने गरेको बताइएको छ । यति मात्रै कहाँ हो ? सर्वेन्द्र खनाल आईजिपि हुँदा उत्तम सुवेदी एसपी हुँदा आईजिपि र एसपी, एसएसपीको नामबाट पनि पैसा असुल्ने काम गर्दै आएका थिए । त्यति मात्र नभई उनी जिल्लाका सशस्त्रका एसपीको नामबाट पनि असुल्न भ्याएको बताइएको छ ।

सई यादवको पनि आफ्नै साम्राज्य छ । बारा जिल्लामा स्थायी घर भएपनि उनी जनकपुर विश्वकर्मा चौक माछा बजार स्थित १ कठ्ठा जग्गामा आलिशान भवन बनाएका छन् । एउटा नेपाली तथा एउटा भारतीय गरि दुईवटा श्रीमतीलाई जनकपुर स्थित आफ्नो आलिशान भवनमा राख्ने गरेका छन् । सई दर्ताका प्रहरी कर्मचारीको मासिक तलब मासिक ३० देखि ३२ हजार हो तर यस्ता असुलीका माहिर प्रहरी कर्मचारीहरुले मासिक ३ देखि ५ लाखसम्म असुल्दै आएका छन् । यसको खोजविन कोही कतै छैन । न व्यापार छ, न बढि कमाई छ तर सम्पत्ति माथि सम्पत्ति कसरी जोडिदैछ ? यसबारे प्रहरी संगठनसँग पनि चित्त बुझ्दो जवाफ छैन । नेपाल प्रहरी संगठनले सम्पूणर् प्रहरीको सम्पत्ति विवरण प्रत्येक वर्ष लिने गरेको छ तर वर्षो पिच्छे दिन गुणा, रात चौगुना सम्पत्ति जाड्ने यस्ता प्रहरी कर्मचारीहरु आफ्नो संगठनको आँखामा धुलो झोक्न कसरी सफल हुँदैनछन् त ?

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि