Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल मेडिसिडि बयोधा हस्पिटल : उपचार नै नभएको शिर्षक राखी विरामी ठग्ने गरेको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १५, २०८०
नेपाल मेडिसिडि बयोधा हस्पिटल : उपचार नै नभएको शिर्षक राखी विरामी ठग्ने गरेको आरोप

वीरगंज (पर्सा), १५ वैशाख । वीरगंजको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलले उपचारका नाममा बिरामीलाई ठग्ने गरेको घटना सार्वजनिक भएको छ । हस्पिटलले उपचार नै नभएको शिर्षकमा बिल बनाई शुल्क असुली गरेको घटना बाहिरिएको हो । सोही अस्पतालमा उपचारार्थ रही मृत्यु भएका जितपुरका २७ वर्षीय विजय कुमार बरईका आफन्तले आरोप लगाएका छन् ।

मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका बारा जितपुर सिमरा उपमहानगरपालिका – २ का २७ वर्षीय विजय कुमार बरइलाई गत मंगलबार राति १२ बजे नेपाल मेडिसिटी बयोधा हस्पिटलमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनको बुधबार बिहान ११ बजे मृत्यु भयो । बरइको मृत्युपछि शव बुझ्ने क्रममा आफन्तलाई हस्पिटलले ४ लाख ८० हजार रुपैयाको बिल थमाएको थियो । तर आफन्तले बिलमा उल्लेख शुल्कको शिर्षकहरू शंकास्पद रहेको भन्दै विवाद गरेपछि अस्पतालले ३ लाख १० हजार रुपैयाँ मात्रै लिएर शव आफन्तको जिम्मा लगायो । तर उक्त बिलमा एउटै उपचारको पनि अलग अलग शिर्षक राखेर रकम जोडिएको मृतकका आफन्तहरूको भनाई छ ।

अस्पतालको ठगी प्रकरणबारे पत्रकार सम्मेलन गरि मृतक बरईका दाजु अजय कुमार चौरसियाले नेपाल मेडिसिटी बयोधा हस्पिटलले बिरामीको उपचारभन्दा पनि बिरामीलाई ठग्दै आएको आरोप लगाए । बरईको उपचारका क्रममा टाउको शल्यकृया गरेबापत अस्पतालले अनेक शिर्षकको शुल्क जोडेर रकम असुलेको चौरसियाको आरोप छ । उनका अनुसार अस्पतालले दिएको बिलमा सर्जन चार्ज (अप्रेशन गर्ने डाक्टरको शुल्क) १ लाख ९२ हजार ५ सय र अप्रेशन चार्ज १ लाख ५ हजार रुपैयाँ उल्लेख छ । यस्तै एनेस्थेसिया चार्ज (शल्यक्रिया पुर्व बिरामीलाई अचेत बनाउने शुल्क) ५२ हजार र प्रोसेजर चार्ज (शल्यक्रियाको तयारी शुल्क) २० हजार रुपैयाँ पनि बिलमा उल्लेख छ ।

मृतक बरइका दाजु चौरसियाले भने, ‘सर्जन चार्ज र अप्रेशन चार्ज अलग अलग किन ? अप्रेशन डाक्टरले नै गरेका हुन्, त्यसो भए सर्जन चार्ज छुट्टै लिनु कहाँसम्मको जायज हो ? यो त सरासर लुटतन्त्र हो । अप्रेशन गर्नुपूर्व बिरामीलाई अचेत पार्न एनेस्थेसिया चार्ज बापत पनि छुट्टै ५२ हजार र अप्रेशन गर्ने डाक्टरले गर्नुपर्ने तयारी (प्रोसेजेर चार्ज) बापत पनि छुट्टै २० हजार लिएकोले यो पनि ठगी नै भएको उनको भनाई छ । यसका अतिरिक्त भेन्टिलेटर चार्ज प्रतिदिनको ४ हजार ८ सय लेखिए पनि अस्पतालले २४ घण्टा भेन्टिलेटरमा राखेबापत दोब्बर शुल्क लिएको चौरसियाको भनाई छ ।

उनले नेपाल मेडिसिटी बयोधा हस्पिटल अकुत सम्पति कमाएकाहरूले मात्रै उपचार गर्ने अस्पताल रहेको बताए । यो अस्पताल उपचार सेवाका लागि नभई व्यपारका लागि मात्र खोलिएको चौरसियाको भनाई छ । बिलमा अनावश्यक चार्ज जोडेको गुनासो लिएर अस्पतालका प्रशासन प्रमुखकोमा पुग्दा उल्टै उनले हामी सेवाका लागि होइन व्यापारका लागि अस्पताल खोलेर बसेको जवाफ दिएको सुनाए । अस्पतालले अप्रेशन चार्ज जोडेर लिएको भएपनि अप्रेशन नै नगरेको आशंका पनि रहेको चौरसियाको भनाई छ । शुरुमा अप्रेशनका लागि भनेर ४८ हजार रुपैयाँको औषधि मगाए, तर अप्रेशनपछि ४० हजारको औषधि त फिर्ता गराइदिए, अब भन्नुस् ८ हजारको मात्रै औषधीले कसरी अप्रेशन भयो होला ?’

चौरसियाले आफ्नो भाईको मृत्यु भइसकेको भएपनि अस्पतालले गर्दै आएको ठगीमा अरू बिरामी नफसुन् भनेर सन्देश दिन अस्पतालको ठगीबारे पर्दाफास गरेको बताए । यता अस्पतालकी मेडिकल सुपरिडेन्टेण्ट (मेसु) डाक्टर स्वेता झाले भने मृतक बरईका आफन्तले लगाएको आरोप निराधार भएको बताइन् । नेपाल मेडिसिटी बयोधा हस्पिटल पारदर्शी रुपमा काम गर्दै आएको उनको दाबी छ । अरू हस्पिटल जस्तो हामी बिरामी र आफन्तलाई भ्रममा राख्दैंनौ, जे जे उपचार भएको हुन्छ बिलमा त्यसको चार्ज स्पष्ट रूपमा लेखेर दिन्छौं, हाम्रो जस्तो पारदर्शी अस्पताल सायदै अरू कुनै होला ? भन्दै हस्पिटलको उपचार र सेवा सुविधा सम्पन्न भएकाले अरू अस्पतालको भन्दा आफूहरूको उपचार शुल्क केही बढी नै रहेको बताइन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि