Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हवल्दार महतोको असुली धन्दाको नयाँ काइदा, दर्जा हवल्दार तर परिचय इन्स्पेक्टर, डि.एस.पी.

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १२, २०८०
हवल्दार महतोको असुली धन्दाको नयाँ काइदा, दर्जा हवल्दार तर परिचय इन्स्पेक्टर, डि.एस.पी.

जनकपुर (धनुषा), १२ वैशाख । संघीय प्रहरी कार्यालय जनकपुरमा कार्यरत एकजना प्रहरी हवल्दारले पैसा असुली गर्न नयाँ काइदा अपनाएका छन् । आफूलाई इन्स्पेक्टर भन्दै तस्कर र व्यापारीसँग पैसा असुल्ने गरेको पाइएको छ । लामो समयदेखि संघीय प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका हवल्दार महेन्द्र प्रसाद महतो भन्ने ‘एम.पी. राज महतो’ ले आफूलाई प्रहरी इन्स्पेक्टर बताई तस्कर र व्यापारीहरुसँग पैसा असुल्ने गरेको पाइएको हो । सामाजिक सञ्जालदेखि साथीभाइहरुबीच एम.पी. राज महतोका नामले परिचय बनाएका हवल्दार महतोले जो कोही सामु आफूलाई इन्स्पेक्टरको रुपमा चिनाउने गरेका छन् भने हालै उनले आफूलाई डि.एस.पी. पनि भन्न भ्याएको बताइएको छ ।

धनुषा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भएपनि उनी लामो समयदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा काजमा कार्यरत छन् । उनी तोकिएको ठाउँमा दरबन्दी रुचाउँदैनन्, उपल्लो दर्जाका प्रहरी अधिकृतको चाप्लुसी गरेकै भरमा उनले डि.एस.पी., इन्स्पेक्टर, सई, असई, कसैलाई कमाण्डर नै मान्दैनन् । तोकिएको ठाउँमा दरबन्दी जाँदा बर्दी लगाएर ड्युटी गर्नुपर्ने उनलाई डर छ । हवल्दारको वर्दी लगाए आफूलाई इन्स्पेक्टरको रुपमा परिचय बनाएको तस्कर, व्यापारीहरुले उनलाई चिनि हाल्ने डर पनि छ । आफू हवल्दार भएको तस्कर, व्यापारीहरुले थाहा पाएपछि असुली धन्धामा अवरोध हुन सक्ने डरले उनी हवल्दारको वर्दी नलगाउने गरेको उनकै कमाण्डर एक इन्स्पेक्टरले जानकारी दिए ।

उनका अनुसार जागिर जाड्ने तर बर्दी नलगाउने हवल्दार महतोले अडान् राख्दै आएका छन् । महतोले हवल्दारमा बढुवा भएदेखि प्रहरी वर्दी लगाएका छैनन् । प्रहरीका उपल्लो अधिकृतहरुसँग उठबस, फोटो खिचेर सामाजिक सञ्जालमा चिप्काउने, डि.आई.जि., ए.आई.जि.हरुलाई फोन गरेर देखाउने, तस्कर व्यापारीहरुलाई डि.आई.जी., ए.आई.जि.को नाम लिएर तर्साउने अनि पैसा असुल्ने उनको बानी नै छ । उत्तम सुवेदी धनुषाको एस.पी. हुँदा उनकै घुमुवा रहेका महतोको अवैध शारिरिक सम्बन्धको घटना बाहिरिएपछि महतो नुवाकोट तानिएका थिए । त्यस पश्चात पुनः प्रहरी हाकिमहरुलाई चाप्लुसी गरेर संघीय प्रहरी कार्यालयमा आउन भ्याए । विगत १० बर्षदेखि उनी संघीय प्रहरी कार्यालय जनकपुरमा बसेर वर्दी विना घुम्ने गरेका छन् ।

प्रहरीका ठूला हाकिमसँग उठबस रहेकै कारण सिपाही भएदेखि नै असई, सईहरुलाई सरुवा बढुवा गराइदिन्छु र काज मिलाई दिने भन्दै प्रहरी संगठनकै कर्मचारीहरुबाट पैसा असुल्ने काम गरेका छन् । खास गरि भर्खरै आई.जी.पी.बाट अवकाश पाएका धीरजप्रताप सिंह एवं ए.आई.जी.बाट अवकाश लिएका उत्तम सुवेदी लगायतका प्रहरीका उपल्लो हाकिमहरुसँग राम्रो सम्बन्ध रहेको भन्दै करोडौं पैसा असुलेका छन् । जनकपुरमा उनको ५ करोडको घर रहेको बताइएको छ । एउटा प्रहरी हवल्दारले ५ करोडको घर किन्नु र महिनौं पिच्छे लग्जरी गाडी परिवर्तन गरि गरि चढ्नुले पनि उनको असुली कतिसम्म छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

अझ धिरज प्रताप सिंह आई.जि.पि. हुँदा उनको नाममा करोडौं रुपैया असुलेको प्रहरी श्रोतले जानकारी दिएको छ । हाकिमका नाममा पैसा उठाउने र केही पैसा हाकिमलाई दिने, त्यो भन्दा पनि कुनैपनि हाकिम आउँदा लग्जरी गाडी पठाउने, आफू उनको भक्त नै रहेको देखाउने कार्य गर्दै आएका छन् । उनी चढ्ने मोटरसाइकल पनि करिब ९ लाख पर्ने रायल ईन्फिल्ड हो । चार चक्के लग्जरी गाडी त उनी महिनौं पिच्छे फेरि फेरि चढ्ने गरेको उनी काम गरि सकेका कमाण्डर इन्स्पेक्टरको भनाई छ । हबल्दार जागिरले त्यो हैसियत कसरी सम्भव हुन्छ ? मूल घर सर्लाही भएपनि उनी जनकपुरको मुझेलियामा आलिशान तीन तले घरमा बस्ने गरेका छन् । तर त्यो घर खरिदको आर्थिक स्रोत के हो भन्ने जवाफ कसैसँग छैन् । हालसालै उनले काठमाडौंमा पनि घडेरी जोडेका छन् ।

यति मात्रै कहाँ हो, उनले आफ्नो प्रेमीलाई काठमाडौं स्थित एम.बि.बि.एस. अध्ययन गराई रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । केही वर्ष अघि एकजना सईले आफ्नो बहिनीको बिहे महतोसँग गरेका थिए । त्यस पश्चात उनले आफ्नो पहुँच र पावरको दम्ब देखाउँदै उनको बहिनीलाई छाडेर अहिले प्रेमीमा खर्च गरि रहेका छन् । विवाहित महतोको प्रेम कहानी छुट्टै छ । उनीबाट ति सई पनि पीडित रहेको बताइएको छ । एम.बि.बि.एस. अध्यापनको लागि मात्रै नेपालमा कम्तिमा ६० लाख भन्दा बढि पैसाको आवश्यकता पर्छ, ति पैसा कहाँबाट आई रहेको सम्बन्धित प्रहरी कार्यालयले पनि खोजविन गरेको छैन । साधारण २ हजार रुपैया घुस लिएको पाए तत्कालै निलम्बन गरेर छानविन गर्ने प्रहरी कार्यालयका उपल्लो हाकिमको आशिर्वादले नै महतो करोडौं असुली गरेका छन् ।

उनले अहिले आफूलाई प्रदेश डि.आई.जि. घुमुवाका रुपमा परिचय दिदै आएका छन् । नयाँ डि.आई.जि.को घुमुवा आफू नै बस्ने तय पनि भएको भन्दै तस्करीको लाइन सेटिङ्ग गर्न असुली धन्दालाई तिब्रता दिएका छन् । डि.आई.जि. के, आई.जि.पि.को लागि पनि मधेशमा पैसा असुल्ने जिम्मा आफै रहेको भनेर आफूलाई ठूलै अधिकृत ठान्दै आएका छन् । असुलीकै लागि उनले अर्का हवल्दार सुरेन्द्र ठाकुरलाई काज दरबन्दी फिर्ता गराइसकेका छन् । ठाकुर रवाना लिएर रातमाटे गण हिँडेका छन् ।

गफ दिन माहिर महतोले मधेश प्रदेशमा वैध अवैध क्रसर उद्योग, जुवा, कपडा तस्करी देखि घरपालुवा जनावरहरुको तस्करीको लाइन मिलाईदिने भन्दै लाखौ रकम महिनावारी सेटिङ्ग गरेर असुली गर्दै आएका छन् । महोत्तरी, सर्लाही र धनुषामा सञ्चालन हुने ठूला जुवाखालबाट ठेक्कामा पैसा असुली पनि यिनै महतोले गर्ने गरेका छन् । गोरु तस्कर शम्भू सिंहदेखि महोत्तरीका ठूला क्रसर व्यवसायी विजय साह, बेतन शर्मासँग उनको पुरानो चिनजान छ । विजय साहसँग उनको सेयरमा व्यापार पनि रहेको बताइएको छ । सधंैं विजयको जनकपुर स्थित डिपोमा उनको आउजाउ छ । उनी प्रहरी कार्यालयमा कहिलेपनि भेट्दैनन्, सधै त्यही विजयको डिपोमा भेट हुन्छ । क्रसर व्यवसायी बेतन शर्माको सिराहा, महोत्तरी र धनुषा लगायतका स्थानमा थुप्रै अवैध क्रसर उद्योग निर्वाध चलिरहेको छ । त्यसको संरक्षणको जिम्मा महतोकै छ ।

यसबारे मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले ति हवल्दारलाई यहाँबाट दरबन्दी पठाइसकिएको जानकारी दिए । उनका अनुसार लामो समयदेखि यहाँ कार्यरत रहेको कारण उनलाई दरबन्दी पठाउन निर्देशन दिइएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि