Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ अनुहारको खोजीमा जनता, उपचुनावको नतिजाले ठूला दल तनावमा

पाका र उमेर ढल्किएका नेताहरुले पार्टी कब्जा गरेर युवालाई अवसर दिन नचाहँदा पार्टीको अस्तित्व नै संकटमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १२, २०८०
नयाँ अनुहारको खोजीमा जनता, उपचुनावको नतिजाले ठूला दल तनावमा

काठमाडौँ, १२ वैशाख । तीन क्षेत्रको मतगणनाको क्रम चल्दै गर्दा बसेको कांग्रेसको संसदीय दलको बैठकमा गम्भीर बहस भएको छ । ठूला भनिएका दलहरुप्रति जनताको चासो नदेखिएको भन्दै सभापति शेरबहादुर देउवाले ब्रिफिङ नै गरेपछि अबको राजनीति कुन बाटोमा जान सक्छ भन्ने तर्फ ठूला दलका शीर्ष नेताहरुको ध्यान पुगेको देखिन्छ ।

ठूला भनिएका दलहरुका कार्यकर्ताहरुले उपचुनावको प्रारम्भिक नतिजापछि नै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । पाका र उमेर ढल्किएका नेताहरुले पार्टी कब्जा गरेर युवालाई अवसर दिन नचाहँदा यस्तो स्थिति आएको भन्दै आफ्नै नेताहरुलाई दोष थुपारिरहेका उनीहरुले पार्टीमा यस्ता विषयमा कुरा उठाउन सक्ने हिम्मत भने किन राख्न सकिएन भन्ने विषयमा खासै बोलेको देखिन्न । पछिल्लो समय पुराना दलहरुबाट विकल्प खोजिरहेका मतदाताहरुले नयाँ विकल्प पो ठिक हुन्छ कि भन्दै प्रयोग गरिरहेका छन् । तर, यो परिक्षणमा कस्तो प्रभाव छाड्ने भन्ने विषय भने सम्बन्धित दलको नै हो । यद्यपी कांग्रेस संसदीय दलको बैठकमा देउवाले भनेको विषय उदृत गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले जनतामा ठूला दलप्रति रुची नदेखिएको प्रष्ट पारे ।

नेपाली मतदाताहरुले स्थिर मत दिएको रेकर्ड नै देखिन्न । एमाले, कांग्रेस र माओवादी केन्द्रले राम्रो मत पाएपनि ती दल र नेताहरुलाई त्यसलाई सदूपयोग गर्न नसक्दा उनीहरुको शक्ति सन्तुलन कुन हिसाबले हुन्छ भन्ने एकीन गर्नै कठिन देखिन्छ । आन्दोलन, संघर्ष र युद्ध नै गरेर आएका पार्टीहरु पनि शक्ति क्षयीकरणको मारमा देखिन्छन् ।

गणतन्त्र स्थापनापछि तत्कालीन माओवादीले पाएको जनमतलाई हेर्दा पनि यो विषय प्रष्ट हुन्छ । माओवादीले युद्ध गरेर आएको रापतात ताजै थियो । हजारौं नागरिकले ज्यान गुमाएका थिए । युद्ध र हिंसाको विषय चर्को थियो । तर, पनि माओवादीले जबरजस्त मत पायो । यस्तै, त्यो मत अर्को चुनावमा आइपुग्दा मात्रै पनि देखिएन् । माओवादी–एमाले मिलेर चुनावमा जाँदा कम्युनिष्ट मतको प्रभाव बलियो देखियो । तत्कालीन नेकपाले झण्डै दुई तिहाई मत पायो । त्यो पनि टिक्न नसक्दा दलहरु गठजोड गर्ने र विचार सिद्धान्तलाई एकातर्फ राखेर स्वार्थको राजनीतिमा रुमल्लिन खोज्दा पार्टी खुलेको केहि समयमै नयाँ दलहरुले चमत्कार गरिरहेका छन् । यसैको पछिल्लो प्रभाव उपचुनावमा परेको छ । भन्न त शीर्ष नेताहरुदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नै खहरेको संज्ञा दिएर यस्ता दलको अस्थित्वमाथि प्रश्न उठाएका छन् । तर, मतदाताले अब यस्ता कुरा पत्याउने देखिन्न ।

मतदाताले पुराना दलहरुमाथि गरेको विश्वासमा घात हुँदा नयाँ विकल्प खोजेका छन् । तर, उदाउदै गरेका दलहरुले संसदमा खेल्ने भूमिका, जनजीविकाका सवालमा उठाउने विषय र सरकार वा प्रतिपक्ष जे मा भएपनि देखाउने पारदर्शिताले उनीहरुको राजनीतिक भविष्य थप बलियो बन्नेछ । अन्यथा पुराना दलहरुको जस्तै नयाँ दलहरु पनि केहि कार्यकाल बलियो बन्ने र अस्ताउनेमा कुनै आशंका छैन् । ठूला दलका नेताहरु समेत झस्किने गरि देखिएको दृश्यले जनताको आशा र अपेक्षा पुरा होला ? यो हेर्न भने कुर्नैपर्नेछ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि