Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आचार संहिता उल्लंघनमा मुछिएपछि रविले मागे माफि, जनमतले भन्यो : ‘बुथ क्याप्चर भयो’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ११, २०८०
आचार संहिता उल्लंघनमा मुछिएपछि रविले मागे माफि, जनमतले भन्यो : ‘बुथ क्याप्चर भयो’

कलैया (बारा), ११ वैशाख । आइतबार तीन क्षेत्रको उपनिर्वाचन सम्पन्न भयो । तीन मध्ये दुई क्षेत्रका उम्मेदवार आचार संहिता उल्लंघनको मामिलामा मुछिएका छन् । बारा २ मा चाहिँ आफ्ना अध्यक्ष उम्मेदवार उपेन्द्र यादवलाई जिताउन मतदान केन्द्रमा पुगेका मधेसका मुख्यमन्त्री कारबाहीमा परेका छन् ।

चितवन २ का उम्मेदवार रवि लामिछानेले आचार संहिता उल्लंघन भएको घटनामा माफी मागेपछि अवरुद्ध भएको मतादन तीन घण्टापछि फेरि सुरु भएको थियो । उता तनहुँमा कांग्रेसका उम्मेदवारले मौन अवधिमा मोबाइलमा एसएमएस पठाएर मतदातासँग सुटुक्क भोट माग्न खोज्दा विवाद भएको छ । बारा २ मा जसपाबाट बुथ क्याप्चर भएको आरोप जनमत पार्टीले लगाएको छ ।

उपनिर्वाचनको मतदान अवधिभर तीन निर्वाचन क्षेत्र कहाँ के के भए ? कसलाई के कस्तो कारबाही भयो त ? मतदान भइरहेको समयमा आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भरतपुर ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि मतदान केन्द्रमा पुगे । उनका समर्थकहरुले घण्टी बजाउँदै आफ्ना उम्मेदवारको पक्षमा नारावाजी गरे । निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरि क्रियाकलाप भएको दावी गर्दै अन्य राजनीतिक दलले रास्वपाको सो गतिविधिको विरोध गरेपछि एकै छिनमा माहौल बिथोलियो ।

स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानको दावीअनुसार आफ्ना समर्थकहरुले सामान्य स्वागत मात्रै गरेका थिए । तर त्यो क्रममा लामिछानेमाथि नै आक्रमणको प्रयास भएको पनि देखियो । रास्वपाकै एक केन्द्रीय सदस्यको मोबाइल समेत झडपका क्रममा फुटाइयो ।वडा नम्बर ११ मा भएको घटनामा आचार संहिता उल्लंघन भएको स्वीकार गरेर रास्वपाले क्षमायाचना गरेपछि भोजाड केन्द्रको मतदान तीन घण्टा अवरुद्ध भएर पुन सुरु भएको थियो । चितवन २ मा रास्वपाका लागि अर्को पनि समस्या थपिएको छ । मौन अवधिको बेला उम्मेदवार रवि लामिछानले सामाजिक सञ्जालबाट मत मागेको दावी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अर्को उजुरी पनि परेको छ ।

उपनिर्वाचनका क्रममा बाराको क्षेत्र नम्बर २ मा पनि आचार संहिता उल्लंघन र मतदाता प्रभावित पार्ने केही महत्वपूर्ण घटनाहरु भएका छन् । जनता समाजवादी पार्टीबाट मधेसमा मुख्यमन्त्री बनेका सरोजकुमार यादव आफ्नै अध्यक्ष उम्मेदवारका लागि सरकारी तामझामसहित पचरौता पुग्दा समस्यामा परेका छन् । बारा २ का उम्मेदवार रहेका उपेन्द्रका लागि मुख्यमन्त्री सरकारी गाडी,लावालस्कर सहित मतदान केन्द्रमा पुगेका थिए । बाराको देवताल गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा मतदात केन्द्रमा दुई पटक मतदान गर्न पुगेका जसपाका स्थानीय नेता रामसागर यादव पक्राउ नै परेका छन् ।

मुख्यमन्त्रीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टिकरण सोधेको छ । यी र यस्ता केही घटना पछि बारा २ मा मुख्य प्रतिस्पर्धी मानिएको जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले जसपाले बुथ नै क्याप्चर गरेको आरोप लगाए । मर्यादित निर्वाचनलाई खलल पार्ने गरी बारा २ मा अन्य घटना पनि भएका छन् । देवताल गाउँपालिकाकै मतदान केन्द्रमा होहल्ला खोजेको अभियोगमा जसपाका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मतदातालाई पैसा बाँडिरहेको अवस्थामा ती कार्यकर्ताहरु भेटिएको पनि बताइएको छ ।

उता तनहुँ एकमा पनि आचार संहिता उल्लंघनको मामिलामा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई मुछिएका छन् । भट्टराईले वैशाख ७ गते राति १२ बजेपछि एसएमएसमार्फत भोट मागेको दावी गर्दै जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले २४ घण्टे स्पष्टिकरण माग गरेको छ । चितवन, बारा र तनहुँमा आइतबार सम्पन्न उपनिर्वाचनको परिणाम तीन दिनमा आइसक्ने निर्वाचन आयोगले जनाएको छ । मंसिर ४ मा चितवन २ बाट निर्वाचित रवि लामिछानेको नागरिकता अदालतले रद्द गरेपछि उपनिर्वाचनको निर्णय भएको थियो । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचिन भएपछि ती दुई क्षेत्र रिक्त भएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि