Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिष्ठाको लडाई उपचुनावलाई मतदाताले खासै रुचाएनन् ! के–के भयो बाराको उपचुनावमा ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ११, २०८०
प्रतिष्ठाको लडाई उपचुनावलाई मतदाताले खासै रुचाएनन् ! के–के भयो बाराको उपचुनावमा ?

कलैया (बारा), ११ वैशाख । बाराको उपचुनावमा झण्डै ६० प्रतिशत मत खसेको छ । बाराको उपचुनाव अत्यन्तै चासोका साथ हेरिएको छ । जसपाका अध्यक्ष सहित अन्य दलहरुले प्रतिष्ठाको लडाईको रुपमा उपचुनावलाई लिएपनि मतदाताले भने यसलाई खासै रुचाएको देखिएन् । बुथ कब्जादेखि विभिन्न विषयको चर्चाले बाराको माहोल कस्तो बन्यो त ?

अहिले तीन वटै निर्वाचन क्षेत्रमा मतपेटिका संकलन भइरहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छ । मतपेटिका मतगणना स्थलसम्म पु-याएलगत्तै सर्वदलीय बैठक बसेर गतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । बारा–२ मा भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान गरएको छ ।

निर्वाचन अधिकृतको कार्यालय बाराका अनुसार मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक सूचना अनुसार ६० प्रतिशत मतदान भएको छ । जुन अघिल्लो निर्वाचन भन्दा कम हो । यस अघि मंसिर ४ मा भएको निर्वाचनमा ६४.४४ मत खसेको थियो । निर्वाचन अधिकृत मुकेश उपाध्यायले मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको र मतपेटिका संकलन गरिसकेपछि यथाशक्य चाँडो मतगणना सुरु गरिने बताए।

निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको बाराका प्रमुख जिल्ला अधिकारीको भनाई छ । बाहिर आएजस्तो विषय नभएको भन्दै प्रजिअ नवराज सापकोटाले निर्वाचनमा कुनै अप्रिय घटना नघटेको दाबी गरे । बाराको देवताल गाउँपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका थिए र एमालेका उमेद्वार पुरुषोत्तम पौडेलले पनि उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् । तर यता मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार यस्ता कार्य बाराका कुनै मतदान स्थलमा नभएको जनाएका छन् ।

सबै निर्वाचन क्षेत्रमा छिटपुट घटनाबाहेक शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएपछि अहिले मतपेटिकाको संकलन कार्य भइरहेको छ । मतपेटिका संकलन भएपछि मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्याइएपछि आजै रातिदेखि मतगणना कार्य सुरु गर्ने निर्वाचन आयोगले बताएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि