Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ : डा कोइराला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०७९
श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ : डा कोइराला

वीरगंज (पर्सा), २६ चैत / नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो- “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।” श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा डा कोइरालाले जोड दिनुभयो ।
आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता रहेको उहाँको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मजदुरको ठूलो भूमिका रहेको उल्लेख गर्नुहुँदै कोइरालाले श्रमिक वर्ग सवल र सक्षम भए मात्र लोकतान्त्रिक व्यवस्था मजबुत हुने बताउनुभयो । संविधानमा मधेसी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चितामा उहाँले जोड दिनुभयो । यसका लागि श्रमिक सङ्गठित भएर लाग्नुपर्ने नेता कोइरालाको भनाइ थियो । “मजदुर नै कांग्रेस पार्टीका जन्मदता हुन्”, डा कोइरालाले भन्नुभयो, “तर कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्दथ्यो त्यो हुनसकेको छैन्, केबल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिदै आएको छ ।” हालको यातायात व्यवस्था ऐन २० वर्ष पुरानो भइसकेकाले त्यसमा संशोधन गरी यातायात मजदुरका सवाललाई सम्बोधन गर्नुपर्ने नेता कोइरालाले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले सातवटै प्रदेशमा मजदुरका लागि छुट्टै अस्पताल बनाउनुपर्ने बताउनुभयो । यातायात क्षेत्रलाई पूणर् रुपमा सुरक्षित बनाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, पूर्व सांसद शोभाकर पराजुलीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । वीरगञ्जस्थित टाउन हलमा सुरु भएको नेपाल यातायात मजदुर सङ्घको राष्ट्रिय महाधिवेशनमा देशभरीका मजदुर नेताको सहभागिता छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि