Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुख्य सडकदेखि गल्लीमा बत्ती जडान भएपछि वीरगंज झिलीमिली उज्यालो सहर बन्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २४, २०७९
मुख्य सडकदेखि गल्लीमा बत्ती जडान भएपछि वीरगंज झिलीमिली उज्यालो सहर बन्दै

वीरगंज (पर्सा), २४ चैत / वीरगञ्ज महानगरका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगञ्ज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल(पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो । “केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो”, वीरगञ्ज महानगरपालिका(६ मीनाबजारका विजय साहले भन्नुभयो, “तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, यसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” महानगरपालिकाले पोल(पोलमा जडान गरेको बत्तीले आफूहरूको बस्ती नै उज्यालो बनेको उहाँको भनाइ थियो ।
‘‘पहिला(पहिला सडक छेउका अधिकांश पोलमा बत्ती थिएनन्”, वीरगञ्ज महानगरपालिका(११ का सन्तोष साहले भन्नुभयो, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ हिँडडुल गर्न समस्या भइरहेको थियो ।” अहिले निर्धक्क भएर २४सैँ घण्टा हिँड्दा पनि कुनै समस्या छैन, उहाँको कथन थियो । “विगतका वर्षहरूमा साँझ र रातिको समयमा सडक अँध्यारो हँुदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, साहले अगाडि थप्दै भन्नुभयो, “अहिले नगर क्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वात्तै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” यसबाहेक पोल(पोलको बत्तीले नगर क्षेत्र नै झिलीमिली बनेको उहाँको भनाइ थियो ।महानगरपालिकाले एकपछि अर्काे लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै वीरगञ्ज महानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयहरू बताउँछन् । महानगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० देखि उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा गल्लीका पोल(पोलमा बत्ती जडानलाई तीव्रता दिएको वीरगञ्ज महानगरपालिकाका विद्युत् शाखाका प्रमुख इञ्जीनियर राजीवकुमार उपाध्यायले जानकारी दिनुभयो । त्यही योजनाअनुसार महानगरपालिकाको वडा नं १ देखि ३२ वटै वडाका सडक र गल्लीमा १३ हजार तीन सय २२ स्टिूटलाइट जडान गरिसकेको र बाँकीमा जडानकार्य भइरहेको इञ्जीनियर उपाध्यायले बताउनुभयो ।
“महानगर क्षेत्रमा उज्यालो वीरगञ्ज अभियान सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसै अभियानअन्तर्गत हामीले अहिलेसम्म मुख्य सडक तथा गल्लीमा ठूला(ठूला स्टिूटलाइट जडान गरेका छौँ, बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ, छिट्टै जडान सकिनेछ”, उहाँको भनाइ थियो । यसका साथै महानगरका मुख्य सडक तथा गल्लीमा सोलार बत्तीसमेत जडान गरिएको छ । विभिन्न निकाय तथा सङ्घसंस्थाको सहयोगमा महानगर क्षेत्रभित्र करिब सात सय सोलार बत्ती जडा नगरिएको महानगरपालिकाको विद्युत् शाखाका इञ्जीनियर अवधेशकुमार यादवले जानकारी दिनुभयो । विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगर क्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।“आफू निर्वाचित भएदेखि महानगरपालिकालाई सफा, सन्दर र हरियाली नमूना महानगर बनाउने लक्ष्यका साथ अघि बढाएको छु”, नगरप्रमुख सिंहले भन्नुभयो, “सडकका फोहर व्यवस्थापन, टूाफिक व्यवस्थापन, मन्दिरको सौन्दर्यीकरण, अतिक्रमित जग्गा फिर्ता, फराकिलो बाटो निर्माणको कामलाई तीव्रता दिएका छौँ ।” आर्थिक राजधानीकै रूपमा परिचिति वीरगञ्ज महानगरलाई पर्यटकीय नगरीका रूपमा समेत विकास गर्न यहाँका धार्मिक पर्यटकीय क्षेत्रहरूको जीर्णेद्धार तथा रङरोगनका कार्यलाई समेत प्राथमिकता दिएको महानगर प्रमुख सिंहको कथन छ । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको महानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि