Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महानरको प्रयासमा गुठी संस्थानको ९ विघा १३ कट्ठा जग्गाको सीमांकन छुट्याइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २३, २०७९
महानरको प्रयासमा गुठी संस्थानको ९ विघा १३ कट्ठा जग्गाको सीमांकन छुट्याइयो

वीरगंज (पर्सा), २३ चैत / वीरगंज आसपासमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा खोज्ने अभियान आज पनि जारी रहेको छ । बुधबारदेखि सुरु भएको अभियान बिहीबार दोस्रो दिन पनि जारी रहेको हो । अभियान अन्तर्गत बिहीबार ९ विघा १३ कट्टा अतिक्रमणमा परेको जग्गा नापजाँच गरेर छुट्याइएको छ । वीरगंज महानगरपालिकासंगै जोडिएको पर्सागढी नगरपालिका वडा नम्वर ४ भेडाहा टोलमा ९ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर सीमांकन गरिएको गुठी संस्थान कार्यालय पर्साका प्रमुख चुडामणी घिमिरेले जानकारी दिए । टोलीले बुधबार ११ विघा १३ कट्ठा नापजाँच गरेर सीमांकन गरेको थियो ।
बिहीबार सीमांकन गरिएको जग्गामा एउटा बस्ती नै बसेको छ । यहाँ झण्डै २ सय भन्दा बढी घर टहरा रहेको भेटिएको छ । जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगञ्ज महानगरपालिकाले प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो । महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान नै चलाएको बेला गुठी संस्थानले पनि आफ्नो जग्गा खोजी गरिदिन आग्रह गरेपछि महानगरले वीरगंज र यस आसपास रहेका गुठीका जग्गा खोजी गरी सीमांकन गर्न सहयोग गरेको हो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अहिले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गाका साथै गुठीको जग्गा खोजी गर्ने अभियान चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गरे । गुठीको जग्गा खोज्न संस्थानको पर्सा प्रमुख चुडामणी घिमिरे आफै फिल्डमा खटिएर नापजाँच गराइरहेका छन् । उनकै नेतृत्वमा गएको टोलीले २ दिनमा २१ विघा ६ कट्ठा जग्गामा सीमांकन सकेको हो । जग्गा खोज्ने अभियान निरन्तर जारी रहने प्रमुख घिमिरेले बताए ।
जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसँग महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

निःशुल्क व्यवसाय सम्वद्र्धन कार्यक्रम

असार ९, २०८३
सगरमाथा स्कुलमा ब्याच वितरण

सगरमाथा स्कुलमा ब्याच वितरण

असार ९, २०८३
विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

असार ९, २०८३
वन संरक्षणमा मधेशकै उत्कृष्ट बन्यो जगरनाथपुर गाउँपालिकाः १ लाख २५ हजारसहित सम्मानित

वन संरक्षणमा मधेशकै उत्कृष्ट बन्यो जगरनाथपुर गाउँपालिकाः १ लाख २५ हजारसहित सम्मानित

असार ९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि