Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुरक्षा निकाय र स्थानीय तहबीच अन्तरक्रिया, वडा स्तरीय सुरक्षा समन्वय समिति गठन गर्न सुझाव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १९, २०७९
सुरक्षा निकाय र स्थानीय तहबीच अन्तरक्रिया, वडा स्तरीय सुरक्षा समन्वय समिति गठन गर्न सुझाव

वीरगंज (पर्सा), १९ चैत / पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत आइतबार सुरक्षा निकाय र स्थानिय तह बिचकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । गाउँ कार्यपालिका कार्यालय पकहाँ मैनपुरकाे प्राङ्गणमा भएकाे कार्यक्रममा वाेल्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विपद व्यवस्थापनकाे लागि पूर्व तयारीमा रहनु पर्ने वताए । जिल्ला स्तरिय विपद् व्यस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारी रेग्मीले अहिले हवाहुरीकाे समय सुरु भइसकेकाेले आगलागी लगायतकाे विपदबाट बाच्न स्थानिय विपद् व्यवस्थापन समितिकाे बैठक बसेर आवश्यक तयारी थाल्न सुझाव दिए ।
कार्यक्रममा उठेकाे सवाल र प्रश्नकाे जवाफ दिदै उनले वडा स्तरिय सुरक्षा समन्वय समिति गठन गरेर प्रहरीसंगकाे समन्वयमा समस्या समाधान गर्नु पर्ने वताए । उनले भने “चाेरी, तस्करी लगायतकाे समस्या समाधानकाे लागि तपाईहरुले सहयाेग गरिदिनुस् । स साना चाेरीकाे समस्याहरु प्रहरीले समाधान गरिदिन्छ । तस्कर काे हुन् ? घरायसी प्रयाेगकाे लागि कस कसले सामान ल्याएका हुन्, त्यसकाे जानकारी तपाईहरुले स्थानिय स्तरकाे सुरक्षा समन्वय समितिबाट जानकारी गराइदिनु पर्याे ।”
अन्य समस्याकाे हकमा पनि प्रहरीले के गर्दिदा हुन्छ, त्यस बारे पनि समिति मार्फत प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे । प्रहरी, प्रशासन तपाईहरुकाे साथमा रहेकाे उनकाे भनाई थियाे । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल साहले नियम सम्बत बिना भन्सार कुनै पनि सामान ल्याउन नपाईने वताउँदै आफुहरु यहि समाजको भएकोले ब्यवहारिक हिसाबले छुट दिएको वताए । तर यसको मतलब चेक नै गर्न नपाउने गलत कुरा भएको वताए ।
उनले भने “आफुहरुको नियत अनावश्यक हैरानी र दु:ख दिने हाेइन । यस प्रती आफुहरु सजक छाैं ।” उनले सानो तिनो चोटपटकको घाइते मानिसको आईसियुमा भर्ना हुने बारे आफुहरु अनुसन्धान गर्ने वताए । उनले पनि वडाध्यक्षकाे अध्यक्षतामा गठन गर्नु पर्ने वडा स्तरीय सुरक्षा समन्वय समिती गठन गरेर त्यहाँको समस्या त्यही समाधान गर्न वातावरण बनाउनु पर्ने वताए । जुन समितिकाे सचिव स्थानिय प्रहरी रहने व्यस्था रहेकाे उनले जानकारी गराए । पकहाँ मैनपुर गाउँपालिका भित्र अवैध रुपमा संचालनमा रहेकाे रक्सी भठ्ठीहरु तत्काल भत्काउन ईप्रका पोखरिका प्रहरी निरीक्षक माेहन बिक्रम केसीलाई कार्यक्रम मै उनले निर्देशन समेत दिए ।
सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाले घरेलु प्रयोजनको लागि ल्याउने सामानहरु नरोक्ने निर्देशन दिइएकाे वताए । यसका साथै मल खाद पनि ल्याउन दिन निर्देश दिइएकाेले कसैले पइसा मांगे आफुलाई खबर गर्न आग्रह गरे । आफुहरुको काम तस्करी र अपराध नियन्त्रण गर्न भएको वताउँदै घरायसी प्रयाेजनकाे लागि रोकटोक नभएको वताए ।
गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष सरफुन नेसा, प्रमुख प्रशासकिय अधिकृत राज कुशावाहा, वडाध्यक्षहरु विनाेद मेहता, बलिराम चाैरसिया लागयतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे सहजिकरण अनिल साहले गरेका थिए ।

चाेरीकाे घटनामा बृद्धि भयाे : स्थानीय
पर्साकाे ग्रामिण भेगमा चाेरीकाे घटनामा बृद्धि हुँदै गएकाे स्थानियहरुले वताएका छन् । पकहा मैनपुर गाउँपालिकामा आयाेजित सुरक्षा निकाय र स्थानिय तह बिचकाे अन्तरक्रिया कार्यक्रममा वाेल्दै स्थानियहरुले यस्ताे गुनासाे गरेका हुन् ।
स्थानिय सिन्धु मेहताले पकहाँ मैनपुरमा चोरीको घटनामा वृद्धि भएको वताए । उनले सशस्त्र प्रहरीको क्याम्प नजिक कै विद्यालयबाट चापा कल चोरी भएकाे वताए । अर्का स्थानिय चन्देश चाैहाले ग्रामीण भेगमा समेत मोटरसाइकलकाे चोरीको घटनामा वृद्धि भएको वताए । यसका साथै सिमा क्षेत्रमा अवैध रुपमा रक्सी भट्टीहरू संचालन हुँदा पनि धेरै समस्याहरु हुने गरेकाे वताए ।
पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ३ का वडाध्यक्ष संजय प्रसाद चाैहानले पनि चोरीको घटनामा वृद्धि भएको वताए । उनले वडा कार्यालयबाट सोलर लाईट जडान भएकाे ४ दिन मै त्यसको ब्याट्री चोरी भएको गुनासो गरे । वडा नं. ४ का वडाध्यक्ष ढेडी प्रसाद यादवले मल, खाद हामी कहाँ नपाउने भारतबाट ल्याउँदा प्रहरीले राेक्ने गरेकाे वताए । उनले भारतबाट मल ल्याउँदा राेक्नु नपर्ने माग गरे । साथै ईन्डियाबाट आफन्तजन आउँदा प्रहिरेले राेक्ने गरेकाे ईन्डियन गाडीलाई आउन दिनु पर्ने वताए ।
गाउँ कार्यपालिका सदस्य रमावती देवीले गाउँका पसलहरुमा गाँजाकाे पुरिया बनाएर बिक्री भइरहँदा पनि प्रहरीले केही गर्न नसकेकाे वताइन । उनले त्यस कारण गाउँघरमा बालबालिकाहरुले लागु औषध सेवन गर्ने गरेकाे गुनासाे गरिन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि