Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुलुकले उद्योग र पानीलाई वेवास्ता गरेर सम्भावनालाई खेर फाल्दैछ : मुख्यमन्त्री यादव

रसायनिक मल लगाउने उद्योगीलाई निःशुल्क जग्गा उपलब्ध गराउने मुख्यमन्त्रीको घोषणा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १६, २०७९
मुलुकले उद्योग र पानीलाई वेवास्ता गरेर सम्भावनालाई खेर फाल्दैछ : मुख्यमन्त्री यादव

• हरिशंकर शर्मा
जनकपुर (धनुषा), १६ चैत / मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले हाम्रो देशले सम्भावनालाई खेर फालि रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको तेश्रो पद हस्तान्तरण कार्यक्रमलाई सम्बोध गर्दै मुख्यमन्त्री यादवले हाम्रो देशमा रहेको पानी खेर गई रहेको छ, तर सिचाईको व्यवस्था छैन, यहाँका युवाहरु विदेश पलायन भई रहेका छन् तर रोजगारीको लागि उद्योग संचालन गर्नेतर्फ कसैको ध्यान छैन, यो दुबै क्षेत्र प्रयोगमा नआए मुलुक समृद्ध नहुने बताए ।
यस प्रदेशमा खास गरि सिचाईको लागि विद्युतको आवश्यकता पर्छ, भने यो रोजगारी उद्योगीबाट हुन्छ, उद्योग खुलेपछि मात्रै युवाहरु रोजगारी पाउने हो तर विडम्बना हाम्रो देशमा यि दुबै क्षेत्रलाई वेवास्ता गरिएको छ, जबसम्म यो दुबै प्रयोगमा आउँदैन, तबसम्म मुलुक समृद्ध हुन नसक्ने जानकारी दिए । २५ वर्षको राजनीतिक करियरमा देशको बारेमा सोच्ने नेता नेपालमा नै जन्मिन नसकेको भन्दै आफ्नो पार्टी, आफन्त बाहेक उद्योगपति, किसान, सर्वसाधारण जनताप्रति सकारात्मक दृष्टिकोण हेर्ने कुनै पनि नेता नरहेको दाबी गरे ।
तपाई उद्योगीहरु आएर एक पटक समन्वय गर्नुस्, प्रदेश सरकार भूमि ऐन पनि ल्याउँदैछ, उद्योग खोल्ने उद्योगीलाई जग्गा उपलब्ध गराइनेछ भने यो प्रदेशमा रसायनिक मलको उद्योग लगाउने उद्योगीलाई प्रदेश सरकारले निःशुल्क जग्गा उपलब्ध गराउने घोषणा समेत गरे । साथै मल उत्पादन गर्ने क्रममा प्रदेश सरकारले दिन सक्ने अनुदान समेत उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उद्योगीहरुको सहयोगमो लागि आफू २४ औं घण्टा तयार रहने र काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता समेत गरे । वन तथा पर्यटनमन्त्री रहबर अन्सारीले सरकारले जहिलेपनि उद्योगीहरुको हौसला बढाउने काम गर्नुपर्ने बताए । उनले मधेश प्रदेश सरकारसँग तपाई उद्योगी व्यापारीहरुले पनि विश्वास राखि दिनुस्, तपाईहरुको हसला बढाउने कार्यदेखि सुरक्षा दिने काम प्रदेश सरकारले गर्ने विश्वास व्यक्त गरे । उनले महिलाहरुलाई सिलाई कटाई, पात बनाउने तालिम दिएर मुलुक समृद्ध हुँदै, मुलुकलाई समृद्ध बनाउनका लागि क्रिएटिभ र सृजनशीलको आवश्यकता रहेको बताए ।
कार्यक्रममासार्क उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले मधेश प्रदेशमा उद्योग व्यवसायको सम्भावना प्रवल रहेको कारण लगानी क्षेत्रलाई पहिचान गरि स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई भित्र्याउन आग्रह गरे । उनले मधेश प्रदेश उद्योग र व्यवसाय क्षेत्रको प्रदेश हो, नेपालको अर्थतन्त्र आयात निर्यातको ठूलो राजस्व संकलन गर्ने प्रदेश पनि यही हो, यहाँ थुप्रै सम्भावनाहरु छन् भन्दै तपाईहरुसँग श्रोत र साधन छ, लगानीका क्षेत्रहरुको पहिचान गरेर प्रदेश सरकारसँग छलफल समन्वय गरि स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सम्भावनाका क्षेत्रमा प्रवेश गर्ने कार्य गर्नुपर्ने बताए । कार्यक्रममा नव निर्वाचित मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले निजी क्षेत्र प्रदेश सरकारसँग समन्वय गर्न तयार रहेको बताए । उनले प्रदेश भित्र रहेको उद्योग व्यवासय लगायत पर्यटन, कुषि, शिक्षा लगायत विभिन्न क्षेत्रहरुमा समस्या छ, ति सबै समस्याको पहिचान गरि प्रदेश सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश सहकार्य गर्न तयार रहेको मुख्यमन्त्री सरोज यावदलाई ध्यानाकर्षण समेत गराए ।
आज हामीसँग के कस्ता पूर्वाधारहरु छन्, ति सबैको मूल्याँँकन गर्दै अबको आगामी एक वर्ष भित्र विशेष प्रकारको योजना ल्याउने प्रतिबद्धता समेत गरे । र यसमा मधेश सरकारको पनि सहकार्य रहने जानकारी दिए । उनका अनुसार सरकारको खर्च वास्तविक ठाउँमा लगानी हुन नसकेको कारण पनि सरकारको धेरै लगानी खेर गई रहेको जानकारी दिए । उनले सरकारले सिमरा स्थित निर्माण गरेको विशेष आर्थिक क्षेत्र ‘सेज’ निर्माण गरिएको छ, तर त्यो प्रयोगमा छैन, यो औद्योगिक क्षेत्रमा बन्नुपर्ने हो, यसमा सरकार कहाँ चुकि रहेको छ, समन्वयको अभावले सरकारको लगानी अनावश्यक खेर गई रहेको बताए ।अर्को उदाहारण प्रस्तुत गर्दै टेमानीले मुलुकको लागि निजगढ विमानस्थल अन्यन्तै आवश्यक हो, त्यो निर्माणमा ढिलाई भई रहेको छ, चोभारमा ७ सय करोड रुपैया खर्च गरेर सुक्खा बन्दरगाह निर्माण गरियो, तर एउटा पनि ट्रक पास भएन, यो सरकारको लगानी समन्वय अभावकै कारण खेर गई रहेको भन्दै ५० करोडको लागतमा वीरगंज स्थित निर्माण गरिएको सुक्खा बन्दरगाहको बर्षेनी भाडा मात्रै ७० करोड प्राप्त भइरहेको छ, यस्ता यस्ता स्थानमा सरकारले लगानी गर्नुपर्ने सुझाव समेत दिए ।
कार्यक्रममा सहभागी उद्योगी व्यापारीहरुले नेपाल सरकारबाट पीडा थपिएको गुनासो पोखेका थिए । उनीहरुले कोरोना महामारीदेखि थलिएको व्यापार व्यवसाय फस्टाउन नपाउँदै बैंकले दिने गरेको अनावश्यक तनाव एवं नेपाल सरकारले ल्याएको नीतिको कारण निजी क्षेत्र पीडामा परेको गुनासो पोखे । हामी उद्योगी व्यापारी बैंकको सावाँ व्याज सबैं तिर्न तयार छौं, तर सरकारले केही सुविधान दिनुपर्यो भन्दै उनीहरुले राष्ट्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र धरायसमा परे आर्थिक संकट उत्पन्न हुन सक्ने भएकोले सरकारको यसतर्फ ध्यान पुग्न आवश्यक रहेको दुःखेसो पोखे । सहभागी उद्योगी व्यापारीहरुले सरकार र निजी क्षेत्रसँग समन्वय अभावको कारण पनि उद्योगी व्यापारीहरुले अनावश्यक दुःख खेप्नु परेको बताए । उनीहरुले नेतृत्वमा रहेकाहरुले देशभरिकै उद्योगी व्यापारीहरुको समस्यालाई सरकारसमक्ष पु¥याउनुपर्ने हो र त्यसको समाधान गर्नुपर्नेमा कहिँ कतै निजी क्षेत्र र सरकारबीच समन्वयको अभाव रहेको कारण अबको नेतृत्वले सम्पूर्ण उद्योगी व्यापारीहरुको समस्यालाई समाधान गर्ने विश्वास समेत लिएको बताए ।
राज्यले निजी लगानीलाई प्रोत्साहन गर्न सकेको छैन, भएको लगानीलाई पनि सुरक्षित गर्न नसक्ने अवस्था छ, कसरी उद्योगी व्यापारीहरुलाई पलायन गर्न सकिन्छ भन्नेतर्फ केही राज्य स्तरबाट पनि भएको हुनाले निजी लगानी बढ्न नसकेको उद्योगी व्यापारीहरुको गुनासो छ । राज्यले निजी क्षेत्रलाई खुशी गरेर राख्नुपर्ने हो, तब मात्रै निजी लगानीमा वृद्धि हुन्छ, तर राज्यले पनि यसमा चुकेको छ, बरु बेला बखत उद्योगी व्यापारीहरुलाई अनावश्यक दुःख दिने मात्रै काम हुँदै आएको छ, यसतर्फ पनि राज्यको ध्यान जान आवश्यक रहेको भन्दै उद्योगीहरुको कानून बनाउनमा सम्पूर्ण उद्योगी व्यापारीहरु सघाउनुपर्ने सुझाव समेत दिए । यही फागुन २५ गते जनकपुरमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको थियो भने त्यस सभाबाट निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको थियो । सम्पन्न साधारणसभाबाट अध्यक्ष पदमा अशोक टेमानी, उपाध्यक्षमा राजेश अग्रवाल, जितेन्द्र महासेठ र कोषाध्यक्षमा पण्डित प्रसाद जयसवाल एवं सदस्यहरुमा राजकुमार साह, विरेन्द्र साह, श्रवण कुमार यादव, भरत अग्रवाल निर्वाचित भएका थिए ।
पद हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका कृषि राज्य मन्त्री संजय कुमार यादव, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि