Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारा – २ मा उपेन्द्रलाई रोक्न सीके राउतको शिवचन्द्र कार्ड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०७९
बारा – २ मा उपेन्द्रलाई रोक्न सीके राउतको शिवचन्द्र कार्ड

वीरगंज (पर्सा), १५ चैत / बुधबार शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले भने बारा–२ बाट उपेन्द्र यादवले उपनिर्वाचन लडे जनमतको अपमान हुने टिप्पणी गरे । सीके राउत उनै हुन् जसले ४ मंसिरको चुनावमा सप्तरी २ मा उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका थिए । १० वैशाखमा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । बारा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर निर्वाचन क्षेत्र खाली गर्ने उपेन्द्रको योजनाको पहिलेदेखि विरोधमा रहेका सीके राउतले बुधबार रामसहायसँग चुनाव लडेका माओवादीका कुशवाहलाई आफ्नो पार्टीमा ल्याएका हुन् ।
उपराष्ट्रपतिको मनोनयनकै क्रममा रामसहायलाई सत्तारुढ गठबन्धनको उम्मेदवार हुनबाट रोक्न चाहेका सीकेले आफ्नो दलबाट ममता झालाई उम्मेदवार बनाएका थिए । तर राउत सफल भएनन्, सत्ता गठबन्धन दलको समर्थनमा उपेन्द्रले बाजी मारे अर्थात् रामसहाय उपराष्ट्रपति चुनिए र बारा–२ मा उपनिर्वाचन हुने भयो । ४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालिन माओवादीका उम्मेदवार कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए । त्यतिबेला रामसहाय जसपा–एमाले गठबन्धनको उम्मेदवार थिए भने शिवचन्द्र कांग्रेस–माओवादी–एकीकृत समाजवादी–लोसपासहितका गठबन्धनको उम्मेदवार थिए । १० वैशाखको उपनिर्वाचनमा आफ्नो दल माओवादी केन्द्रले समेत उपेन्द्रलाई सघाउने संकेत पाएपछि शिवचन्द्र जनमत प्रवेश गरेका हुन् । ०५२ सालमै भूमिगत भएर माओवादीको राजनीति गरेका कुशवाह २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । २०७० सालमा भने उनले माओवादीबाट टिकट पाएनन्, सद्भावनामा गएर चुनाव लडेका थिए । पछि नयाँ शक्ति पार्टी हुँदै फेरि माओवादी केन्द्रमा फर्किएका हुन् ।

प्रचण्डले उपेन्द्रलाई हुण्डा बटैयामा दिन खोजे : शिवचन्द्र
जनमत पार्टीमा प्रवेश गरेपछि कुशवाहले प्रचण्डले बारा–२ उपेन्द्र यादवलाई हुण्डा बटैयामा दिन लागेको टिप्पणी गरे । ‘मसिंर ४ को निर्वाचनमा झिनो मतले हारेको हुँ, अध्यक्षजीले उपेन्द्रलाई हुण्डा बटैया लगाइदिनुभयो । अनि हामीले चाहिँ खेती गर्नुपरेन ?’ उनले भने । उनले सीके राउतप्रतिको सेन्टिमेन्ट र आफ्नो प्रभाव नै जित्ने आधार भएको बताए । ‘माओवादी नेताहरुले पार्टी नै डुबाईसकेका रहेछन् पुरै बारा जिल्लामा, मलाई त्यसमा दिल लागिराखेको थिएन । प्रचण्डको मुख हेरेर बसेको थिएँ, म माथि अलि विश्वास गर्नुहुन्थ्यो’, उनले भने, ‘धेरै पीडा सहेरै माओवादी केन्द्रमा बसेको थिएँ, यो पटक एउटा अवसर आयो, बाध्य भएर जानुपर्ने भयो । यसपटक उपेन्द्रलाई हराउँछु ।’

एमालेबाट पुरुषोत्तम पौडेल !
यो क्षेत्रमा एमालेले उम्मेदवार तय गरिसकेको छैन । तर बारा–२ का कतिपय नेता कार्यकर्ताले पूर्वखेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राखेका छन् । ‘मिसन ग्रास रुट अभियान’ का क्रममा पर्सा बारामा पुगेका केन्द्रीय नेताहरुसँग स्थानीय नेता कार्यकर्ताले पुरुषोत्तमलाई नै टिकट दिन आग्रह गरिरहेका छन् । मंगलबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ र सांसद अच्युत मैनालीलाई भेटेर उनीहरुले त्यस्तो आग्रह गरेका थिए । प्रदेश कमिटी सदस्य एवं बारा–२ को क्षेत्रीय अध्यक्ष राजेश साह पार्टीले पुरुषोत्तम पौडेललाई टिकट दिए आफूहरुले जिताएर देखाउने बताए ।
‘बारा–२ मा अहिलेको परिस्थितिमा पुरुषोत्तम पौडेल नै उत्तम उम्मेदवार हुनुहुन्छ । कार्यकर्ताको चाहना पनि त्यस्तै छ’, उनले भने, ‘पार्टीका नेताहरुलाई भेटेर उहाँलाई टिकट दिनुस्, जिताउने जिम्मा हाम्रो हो भनेका छौं ।’ बारा–२ मा पर्ने पाँचवटा पालिकामध्ये महागढीमाई नगरपालिका, पचरौता, देवताल र करैयामाई गाउँपालिकामा एमालेले धेरै मत पाउने र सुवर्ण गाउँपालिकामा जसपासँग प्रतिस्पर्धा हुने उनको दाबी छ ।

मंसिर ४ मा जनमत छैटौं
४ मंसिरमा जसपा उम्मेदवार रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा शिवचन्द्रले १३ हजार ४६८ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्षएर तेस्रो भएका थिए । उनी जनता समाजवादी पार्टीकै बागी उम्मेदवार भएको स्थानीय नेता कार्यकर्ता बताउँछन् । चौथो स्थानमा आएका स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादव (रोशन) ले १० हजार ७५०, अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत ल्याएका थिए । उनी कांग्रेस निकट मानिन्छन् ।
जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत पाएर छैटौं स्थानमा थिए । स्वतन्त्र उम्मेदवारहरुको मत नै यसपटक निर्णायक हुने स्थानीय राजनीतिकर्मी बताउँछन् । साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि