Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वास्थ्य चौकी भवन बनाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप, एक दर्जन घाइते

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०७९
स्वास्थ्य चौकी भवन बनाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप, एक दर्जन घाइते

वीरगंज (पर्सा), १५ चैत / बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुरमा स्वास्थ्य चौकी र मन्दिर निर्माणको बिषयमा झडप भएको छ । श्री राधा कृष्ण मन्दिरको जग्गाको अगाडी स्वास्थ्य चौकीको भवन निर्माणको लागि वडा कार्यालयले बुधबार नाप नक्सा गर्न खोज्दा स्थानियले अवरोध गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीले स्थानियहरुको अवरोध हटाउन लाठी लार्ज गर्दा एक दर्जन व्यक्तिहरु घाइते भएको स्थानियहरुले वताएका छन् । स्थानियका अनुसार विकास यादव, भास्कर यादव, लक्षुमण यादव, गोकुल यादव, दुर्गा यादव, हेमन्त यादव, ओउम् यादव लगायतका घाइते भएका हुन् । घाइते मध्येका गोकुल यादवको सिमरास्थि अलपाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरले विकास यादव, भास्कर यादव, दुर्गा यादव, भुषण यादव, हेमन्त यादव, ओउम् यादव, सन्दिप यादव, पृथ्वी यादव, रामचन्द्र यादव, आशा कुमारी यादव लगायतकालाई नियन्त्रणमा लिएको हो । स्थानियहरुले श्री राधा कृष्ण मन्दिर तथा धर्मशालाको खरिद गरेको जग्गा अगाडीको सार्वजनिक जग्गामा वडा कार्यालयले स्वास्थ्य चौकीको भवन निर्माण गर्न खोजेपछि विवाद भएको हो । अक्रो ठाउँमा स्वास्थ्य चौकीको दुई तत्ले भवन र प्रयाप्त मात्रामा जग्गा भएपनि वडाध्यक्ष सुल्तान अन्सारीले मन्दिर बन्न नदिने उद्देश्यले मन्दिर बनाउन लागिएको जग्गा अगाडी फेरी अक्रो स्वास्थ्य चौकीको भवन बनाउन खोजेको स्थानियहरुको आरोप छ ।भोली चैत १६ गते बिहिबार राधाकृष्ण मन्दिरको शिलान्यास कार्यक्रम तय गरिएको र सो कार्यक्रमको निमन्त्रणा समेत बाँडि सकिएको अवस्थामा त्यसको एक दिन पहिला मात्र प्रहरीको सहयोगमा वडाध्यक्ष अन्सारीले सोही जग्गा अगाडीको सार्वजनिक जग्गामा स्वास्थ्य चौकीको भवन निर्माणको लागि नाप नक्सा गर्न पुग्नु वडाध्यक्षको नियत प्रति शंका उत्पन्न भएको स्थानियहरुको भनाई छ । प्रहरीले पनि वडाध्यक्षको निर्देशनमा स्थानिय माथि ज्यादती गरेको स्थानियहरुको आरोप छ । यस बिषयमा बुझ्न वडाध्यक्ष अन्सारीलाई मोबाइलमा सम्पर्क गर्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन । इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले स्वास्थ्य कार्यालयको भवन निर्माण गर्न खोज्दा अवरोध गर्नेहरुलाई नियन्त्रणमा लिइएको वताए ।
उनले भने “गत बर्ष पनि स्वास्थ्य कार्यालयको भवन निर्माणको बजेट छुट्टेयाइएको थियो तर गत बर्ष बजेट पनि स्थानियहरुको अवरोेधका कारण फ्रिज भयो । यो बर्ष पनि निर्माण गर्न खोज्दा अवरोध गरेपछि विवाद भएको हो ।” प्रहरीले लाठी चार्ज नगरेको भन्दै उनले अवरोध गर्नेहरुको ढुंगामुडा नै लागेर एक जना घाइते भएको दाबी गरे । प्रहरीले बल प्रयोग गरेर स्वास्थ्य चौकीको निर्माण कार्य सुरु समेत गराएको छ । मन्दिर शिलान्यास हुने एकदिन अगाडी प्रहरीको सहयोगमा वडाध्यक्ष अन्सारीले स्वास्थ्य चौकीको शिलान्यास गराएको स्थानियहरुले वताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि