वीरगंज (पर्सा), १३ चैत / काठमाडौं वल्ड स्कुलले मधेश प्रदेशको वीरगंजमा एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ । यही आउदो चैत्र १७ गते शुक्रबारका दिन साँझ ४ देखी वीरगंजको होटल लड्स दियालोमा कार्यक्रमको आयोजन गर्न लागिएको हो । कार्यक्रममा स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले आफ्नो अनुभव आदान प्रदान गर्ने छन ।
’वल्र्ड स्कुलको नेपाल टुर’ अन्तरगत यस अघि कोशी प्रदेशको धरान, बिर्तामोड़, इटहरी लगायतका स्थानहरुमा कार्यक्रम सम्पन्न गरेर अब मधेश प्रदेशको प्रमुख शहरहरुमा कार्यक्रम आयोजन हुन लागेको हो ।
कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विसयमा खुल्ला संवाद सँगै किन काठमाण्डौ वल्ड स्कुल बालबालिकालाइ पढाउने भन्ने बारे जानकारी दिइने छ । मधेश प्रदेशलाई लक्षित गरेर बीरगंज, राजविराज लगायतका स्थानमा यो कार्यक्रमको आयोजन हुन लागेको हो ।
छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र छात्रालाइ उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गर्ने बारे विशेष जानकारी दिन कार्यक्रमको आयोजन हुन लागेको छ ।
पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाइ अगाडि बढाउदै आएको बारे स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झाले विशेष प्रस्तुति दिने बताइएको छ ।
साथै उक्त कार्यक्रममा उपस्थितीको लागि सम्पुर्णलाई हार्दिक आग्रह गर्दछौ ।
प्रतिक्रिया दिनुहोस् !