Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शंकर मित्तलको ‘स्वीट मार्ट’ फुड प्रा.लि.मा वाणिज्य कार्यालयको छड्के अनुगमन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १२, २०७९
शंकर मित्तलको ‘स्वीट मार्ट’ फुड प्रा.लि.मा वाणिज्य कार्यालयको छड्के अनुगमन

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १२ चैत / वाणिज्य कार्यालय पर्साले वीरगंजको आदर्शनगर स्थित स्वीट मार्ट फुड प्रा.लि.मा छड्के अनुगमन गरेको छ । वीरगंजका उद्योगी शंकर मित्तलले ठाकुराराम बहुमुखी क्याम्पस पछाडि संचलन गर्दै आएको स्वीट मार्ट फुड प्रा.लि.मा वाणिज्य कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा एवं गुण तथा खाद्य नियन्त्रण कार्यालय पर्साको संयुक्त टोलीले छड्के अनुगमन गरेको हो ।
च्वीङ्गम उत्पादन गर्ने उक्त उद्योगले म्याद सकिएको च्वीङ्गमलाई पुनः नयाँ मिति हालेर बजारमा पठाउने गरेको तथा च्वीङ्गममा अखाद्य वस्तु मिसावट गर्ने गरेका विशेष सूचनाको आधारमा वाणिज्य कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुरेश रेग्मीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगले उत्पादन गर्ने च्वीङ्गम, चकलेटहरुको निरीक्षण गरेका थिए । साथै उद्योगले उद्योग संचालनका लागि लिएको कागजात एवं कच्चा पदार्थ आयात एवं निर्यातको कागजातहरु चेकजाँच गरिएको थियो ।
बलबालिकाहरुले खाने चकलेट एवं च्वीङ्गममा अखाद्य वस्तु मिसावट गर्नुका साथै मिति सकि सकिएको चकलेट, च्वीङ्गमलाई बजारबाट संकलन गरि पुनः रिप्याकिङ्ग गर्ने गरिएको उजुरीको आधारमा अनुगमन गरिएको वाणिज्य कार्यालय पर्साका निमित्त प्रमुख सुरेश रेग्मीले जानकारी दिए । उनका अनुसार प्राप्त उजुरीको आधारमा अनुगमन गर्दा खासै त्यस्तो अखाद्य बस्तु मिसावट गरिएको नपाइएको जानकारी दिए । उनले अनुगमनको क्रममा उद्योगले केही मापदण्डहरु पालना नगरेको पाइएको छ, उद्योग संचालन गर्दा बोर्ड प्रष्ट देखिने गरि झुण्ड्याउनुपर्ने, अनुमति पत्र प्रष्ट देखिने गरि राखिनुपर्ने जस्ता मापदण्डको पालना नगरेको पाइएको छ, त्यसलाई २४ घण्टा भित्र सच्याएर जानकारी गराउन आदेश दिइएको बताए । उनले उद्योगले म्याद सकेको च्वीङ्गम एवं चकलेट उद्योगमा फेला नपरेको जानकारी दिए ।
यता उद्योगका संचालक शंकर मित्तलले केही उद्योगी व्यापारीले नै अनावश्यक दुःख दिनको लागि उजुरी दिएको आरोप लगाए । उनले यो भन्दा अघि पनि फोहर पानी फालेको भनेर केही व्यक्तिले महानगरपालिकालाई बोलाएर अनावश्यक दुःख दिन लगाएकोले यो कार्य पनि त्यही उद्योगीहरुले नै गरेको हुन सक्ने बताए ।
आफूले उत्पादन गर्ने गरेको च्वीङ्गम एवं चकलेटमा कुनै किसिमको अखाद्य वस्तु मिसावट नगर्ने गरेको दाबी गरे । उनले बच्चाले खाने सामान भएकाले उद्योग पक्षबाट कुनै किसिमको लापरवाही नहुने गरेको भन्दै म्याद सकिएको सामान जहाँ हुन्छ त्यही नै नष्ट गर्ने गरिएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि