Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कानुनी लडाइँमा अल्झिएको नारायणी अस्पताल : दरबन्दी कम, शैया ४ गुणा !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १०, २०७९
नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत कर्मचारीमाथि कुटपिट

वीरगंज (पर्सा), १० चैत / वीरगन्जस्थित नारायणी अस्पतालको अवस्था बिजोगपूर्ण छ । संघीय सरकारले ४ वर्षअघि केन्द्रिय अस्पालको रुपमा घोषणा गरे पनि व्यवस्थापनमा कुनै परिवर्तन भएको छैन । ठेक्कपट्टालाई लिएर सर्वोचमा चलिरहेको कानुनी लडाइको कारण सरकारले पास गरेको १ अर्ब ५५करोड भन्दा बढीको अस्पताल भवन निर्माण योजना अलपत्रमा परेको छ । जनशक्तिको दरबन्दी पनि २०५२ सालकै अवस्थामा छ ।
नारायणी अस्पताल मध्य तराइका धनी वर्गबाहेक मध्यम, निम्न र अतिविपन्न वर्गका मानिसको लागि उपचार गराउने थलो हो । यस अस्पतालमा उपचारका लागि नेपाली मात्र नभई सीमावर्ती भारतीय पनि त्यत्तिकै आउने गरेका छन् । नारायणी अस्पतालको इतिहास पुरानो छ । स्थानिय व्यापारी र जनताको चन्दाबाट २०२८ सालमा महेन्द्र आरोग्य भवनको रूपमा स्थापित यो अस्पतालले अहिले ५१ वर्ष लामो इतिहास कायम गरिसकेको छ । यो अवधिमा कुनै बखत अस्पतालको सेवा झनै प्रभावकारी थियो राजधानको बीरअस्पताल पछि नारायणी नै उत्तम उपचार दिने थलो हुने गथ्र्यो । पर्सा जिल्लामा नै निजी अस्पतालको अवधारणा विकसित नभएको बेला सबै वर्गका लागि यो अस्पतालबाटै सेवा लिनुपर्ने बाध्यकारी अवस्था पनि थियो ।
केन्द्रिय भनिए पनि नारायणी अस्पतालको बर्तमान अवस्था कहालिलाग्दो छ । पुरानो जिर्णभवन र २०५२ सालको दरबन्दीबाट अस्पतालको उपचार रामभरोसे पारामा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयको स्वीकृत १५० र विकास समितिले निर्धारण गरेको १०० शैया क्षमता भएको यो अस्पतालमा ४५० शैया लगाएर उपचार सेवा दिनुपर्ने बाध्यता छ । संघीय सरकारको मन्त्रिपरिषदको मिति २०७५ पुष १६ गते बसेको बैठकले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल, कोशी अञ्चल अस्पताल विराटनगर, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको टर्सरी अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।सरकारले घोषणा गरेको ४ वर्ष बितिसक्दा पनि अस्पतालको भौतिक, जनशक्ति र प्रशासनिक अवस्थामा खासै रुपान्तरण भएको छैन । अस्पताल अहिले पनि २०५२ सालकै दरबन्दीमा चलिरहेको छ । सरकारको निर्णयसंगै अस्पतालको बोर्ड फेरिए पनि काम कार्यवाहिमा कुनै परिवर्तन छैन । स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई विशेषज्ञ सेवासहित ५०० बेडको प्रदेश २ कै ठुलो केन्द्रिय अस्पतालको रुपमा स्तरोन्नती गरेको थियो । निर्णय पुर्णरुपमा कार्यान्वयन भएसँगै मध्यतराईका जनताले स्वास्थ्य सेवाको लागि राजधानी र भारतको विभिन्न सहरहरुमा धाउने ठूलो समास्याबाट बञ्चित हुने आशा लिएको छ ।
सरकारले केन्द्रिय अस्पताल घोषणा गरेसंगै एकिकृत स्वास्थ्य विकास कार्यक्रम अन्तर्गत सुविधासम्पन्न भवन बनाउनको लागि १ अर्ब ५५ करोडको बजेट निकासा गरेको थियो । तर ठेक्केदार र सहरी विकास तथा भवन निर्माण विभाग बिचको कानुनि लडाइका कारण मधेस प्रदेशका जनता पाउनु पर्ने स्वस्थ्य सेवाबाट बन्चितमा परेका छन । स्वास्थ्य संरचना बनाउने जस्तो गम्भीर विषयमा सर्वोच्च अदालतले २ वर्ष सम्म निर्णय नदिँदा वीरगन्जको नारायणी अस्पताल ५ सय शय्याको भवन बनाउने योजना अलपत्र परेको हो । भवन निर्माणको लागि ठेक्का पाएको कम्पनी र सहरी विकास तथा भवन निर्माण विभाग बिच ठेक्का प्रक्रियाका विषयमा विवाद भएपछि योजना अलपत्र परेको हो ।

मुद्दाले रोकियो भवन निर्माण
भवन निर्माणको लागि छनोट भएको भनिएको कम्पनीको कागजात नमिलेको भन्दै भवन विभागले अदालतमा मुद्दा दायर गरेपछि २ वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने भवन ४ वर्ष पुग्दा पनि सुरु भएको छैन । सहरी विकास विभागले बनाएको भवनको नक्साका आधारमा २०७६ साल वैशाख ८ गते पहिलो पटक बोलपत्र आह्वान गरिएको थियो ।
पहिलो पटक आह्वान गरेको बोलपत्र पुरा हुन नसकेपछि सोही वर्षको जेठ ५ गते पुन दोस्रो पटक बोलपत्र आह्वान गरिएको नारायणी अस्पतालको तथ्यांकमा उल्लेख छ । वि.सं २०७६ जेठ १३ गते भवन विभागले २ अर्ब रुपैयाँ सम्मको राष्ट्रिय बोलपत्रमा सहभागीहरूको बारेमा सूचना जारी गरेको थियो । सो विरुद्ध उच्च अदालतमा मुद्दा परेपछि अस्थायी इजलास वीरगन्जले सो विषयमा स्टे अडर दिएको थियो । तर अन्तिम सुनुवाइमा उच्च अदालत जनकपुरले ठेक्का पाएको कम्पनीलाई पुनः मूल्याङ्कन गरी काम बढाउने फैसला दिएपछि भवन विभाग पुन सर्वोच्च गएको हो । उच्च अदालतको सो फैसला विरुद्ध भवन विभाग ०७७ पुस २ मा सर्वोच्च गएको थियो ।
नियम कानून संशोधनमा सरकारको हचुवा पाराको नकारात्मक असर विकास निर्माणका काममा परेको छ । सरकारले सार्वजनिक खरीद नियमावलीका प्रावधान छिटोछिटो फेरबदल गर्दा निर्माण योजना प्रभावित भएका हुन् । अस्पताल कागजमा स्तरोन्नती भएपनि जनशक्ति र सेवामा सुधार छैन ।
नारायणी अस्पतालले छाती, इन्डोक्राईनोलोजी, ग्याँस्ट्रोलोजी, सर्जरी, अर्थो स्पाईन सर्जरी, गाइनो, हाडजोर्नी, छाला, फिजिसियन, इमर्जेन्सी, मानसिक रोग, बाल रोग सम्बन्धी रोगको उपचार, प्याथोलोजी, एक्स–रे , भिडियो एक्स–रे, सिटिस्क्यान, डायलायसिस र फार्मेसी सेवासमेत दिँदै आएको छ । तर, टर्सरी अस्पतालबाट प्रदान हुने खालका विशेषज्ञ सेवा दिने प्रयाप्त जनशक्ति, भौतिक संरचना र स्रोत अस्पतालसँग छैन । यतिमात्र होइन २०५२ सालमा लागु भएका दरबन्दीका आधा भन्दा बढी सुपरस्पेस्लीट बिशेज्ञहरु अहिलेसम्म आएका छैन ।

चिकित्सकको अवस्था
अस्पतालमा हाल छात्ती रोग विशेषज्ञ २ जना, इन्डोक्राईनोलोजिष्ट एकजना, सर्जरीमा ८, अर्थोमा स्पाईन सर्जन १, गाइनो वार्डमा ८ जना, हाडजोर्नी विभागमा ६ जना, छाला रोग विशेषज्ञ २ जना, फेमिली फिजियसन (एमडीजीपी) २ जना, बाल रोग विशेषज्ञ ४ जना चिकित्सक कार्यरत छन् ।
अस्पतालमा यसअघि मानसिक रोग विभागमा ११ औं र ९ औं गरी दुई वटा दरबन्दी थियो । तर, ११ औं तहको दरबन्दी खारेज गरिएको छ । ९ औं तह मात्रै कायम छ । जसका कारण अस्पतालमा कार्यरत चिकित्सक काजमा काम गर्न बाध्य छन् । अस्पतालमा नाक कान घाँटी विभाग छ तर चिकित्सक नहुँदा सञ्चालनमा आउन सकेको छैन । सरकारी दरबन्दी वीरगन्ज भएपनि ठुला चिकित्सकहरु राजधानी छाडेर बीरगन्ज आउने नचाहेकोले पनि अधिकांश दरबन्दी खाली रहेको छ । अस्पतालमा न्युरो, नेप्रोलोजी, प्लाष्टिक एण्ड वर्न सर्जरी, कार्डियो फोरेसिभ एण्ड भेस्कुलर सर्जरी लगायतको दरबन्दी भए पनि चिकित्सकहरु आउन चाहेका छैन ।
नागरिकको आधारभूत स्वास्थ्य सेवाका साथै विशेषज्ञ सेवाहरुको सहज पहुँच हुनु पर्ने सरकारले निति लिँदै आएको छ । तर राजनैतिक दाउपेच र ठेक्केदार तथा कार्यालय बिचको स्वार्थका कारण स्वास्थ्य क्षेत्र प्रभावित हुनु मुलुक र जनताको लागि बिडम्बना नै हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि