Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनता आवास कार्यक्रमको बजेटमा भ्रष्टाचार, कमसल सामग्री प्रयोग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ९, २०७९
जनता आवास कार्यक्रमको बजेटमा भ्रष्टाचार, कमसल सामग्री प्रयोग

वीरगंज (पर्सा), ९ चैत / आर्थिक रुपमा बिपन्न बर्गको लागी सरकारले जनता अवास योजना लागु गरेको छ । तर सरकारी अदुरदर्शिताको कारण जनता आवास योजना उद्देश्य प्राप्तिभन्दा पनि बजेट खपाउने योजना साबित भइरहेको छ , मध्य तराईमा । विगत ५ वर्ष अगाडिदेखि निर्धारण गरिएको बजेट रकमबाट भवन निर्माण गर्दा कमसल समग्रीले निर्माण भएका भवनबाट पर्साका दलितहरु खुशीभन्दा पनि बढी दुःखी हुने गरेका छन् ।
यो कार्यक्रम लागु भएकामध्ये एउटा हो– वीरगन्ज महानगरपालिकाको सिर्सिया गाउमा रहेको दलित वस्ती । यहाका दलितहरुको गृहसुखको लागी जनता आवास योजना लागु गरिएको थियो । तर एक बर्ष अगाडि लागु भएको यो योजनाबाट दलीतहरुलाई गृहसुख भन्दा पनि घरमै च्यापिएर मर्ने डरले सताउने थालेको छ ।तराईमा आउने हुरी बतासले छाना उडाउने र घरमै च्यापिने डरले दलितहरुलाई चिन्तीत बनाएको छ ।यो बस्तीमा निर्माण भएका घरहरुमा प्रयोग गरिएको कमसल सामग्रीका कारण निर्माणभएको घरहरुको अवस्था जर्जर देखिन्छ । जनता अवास कार्यक्रमले विपन्न बर्गको जिवन उकास्नु भन्दा पनि कार्यालयको लागी बजेट खपाउने र नेताको लागी भोट कमाउने माध्यम मात्रै साबित भएको छ । शौचालय बिनाको आवास त्यमा पनि कमशल सामग्रीबाट भवनहरु निर्माण गरिएको सिर्सियाका दलितहरुको गुनासो छ ।
शहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जले मध्यतराईको बारा,पर्सा र रौतहटका प्रदेश सभासदस्यहरुको सयोजकत्वमा दलित बस्तीहरुमा भवनहरु निर्माण गरिरहेको छ । आर्थिक बर्ष २०७४/०७५ देखि ७८/०७९ सम्ममा तिनै जिल्लामा कूल ६ हजार भवनहरु जनता आवाश योजना अन्तर्गत निर्माण गर्ने लक्ष्य लिए थिइयो ।तर हाल सम्म ६० प्रतिशत भन्दा पनि कम ३ हजार ४ सय ४४ आवाश मात्र निर्माण भएका छन ।
कार्यालय प्रमुख मदन रायले पर्सामा १ हजार ७ सय ११ मध्ये १ हजार १ सय ९४, बारामा १ हजार ९ सय ३९ आवाश मध्ये १ हजार ५० र रौतहटमा २ हजार ३ सय ५० मध्ये १ हजार २ सय आवाश मात्र निर्माण हुन सकेको बताउनु भयो । निर्माण सामग्रीको मूल्य आकाशिएको र कार्यक्रम सुरु गर्दा ५ बर्ष अघिको इष्टिमेट अनुसार भवन निर्माण गर्नु पर्ने बाध्यता उनले सुनाए । आवाश निर्माणका लागि ३ लाख ५० हजार रुपैया बजेट आउने गरेपनि करकाटेर ३ लाख ३६ हजार रुपैया प्रतिघरलाई पर्ने गरेकोले हाल २ नम्बर इटा प्रयोग गरिनुको साथै सौचालय बिना भवनहरु निर्माण गरिएको कार्यालय प्रमुख रायको भनाइ छ ।
आर्थिक बर्ष २०७३/०७४ मा जनता आवाश कार्यक्रम सुरु हुदा यो कार्यक्रम संघिय सरकार मातहतको कार्यक्रमको रुपमा सन्चालनमा आएको थियो । मुलुक संघियतामा गएसंगै आव २०७५/०७६ बाट यो कार्यक्रम प्रदेश सरकार मातहतमा आएको छ ।तर प्रदेश सरकारको अदुरदर्शिताको कारण दलित बस्तीहरुमा भवन निर्माण गरिपनि त्यसको गुणस्तरियताले दलितहरुलाई चिन्तीत बनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि