Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गिरफ्तार जवरजस्ती करणी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रौतहट ग्राण्डी अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

Birgunj Times
Birgunj Times
चैत्र ८, २०७९
रौतहट ग्राण्डी अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

गरुडा (रौतहट), ८ चैत / रौतहटको गरुडा नगरपालिकाको झाँझपुल स्थित रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको चरम लापरवाहीका कारण मंगलवार राति एकजना नवजात शिशुको मृत्यु भएको छ । अस्पतालका डाक्टरको लापरवाहीले गर्दा उपचार गराउन गएका जिल्लाको कटहरिया नगरपालिका–१ का लक्षुमण राय यादव र सरिता यादवकी नवजात शिशुको मृत्यु भएको हो । मंगलवार राति सुत्केरी व्यथा लागेपछि लक्षुमण यादवले आफना श्रीमति सरिता यादवलाई सुत्केरी गराउन घर नजिकै कटहरियामा रहेको सरकारी अस्पतालमा लगेका थिए । सो अस्पतालमा सरिताले सामान्य अवस्थामै छोरा जन्माएकी थिइन । सरिताले सामान्य अवस्थामा बच्चा जन्माएपनि जन्म लिएको केहि बेरमा उनको छोराको स्वास्थ्यमा समस्या देखिएको थियो ।
बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि कटहरिया अस्पतालमा उपचार सम्भव नहुँदा लक्षुमण यादवले छोराको उपचार गराउन गरुडाको झाँझपुलमा रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरमा ल्याएका थिए । तर उपचारको क्रममा अस्पतालको एन.आइ.सियु कक्षमा मंगलवार राति १० बजेको समयमा छोराको मृत्यु भएको लक्षुमण यादवले बताएका छन् । सो अस्पतालका चिकित्सक र डाक्टरले उपचारमा चरम लापरवाही गरेको कारण आफना छोराको ज्यान गएको पीडित परिवारले आरोप लगाएका छन् । एन.आइ.सियु कक्षमा राखेर उपचार शुरु गरेको ३ घण्टामै छोराको मृत्यु भएपनि अस्पतालका सञ्चालकले २४ घण्टाको शुल्क दिनका लागि अनावश्यक दबाब दिएको पीडित यादवले बताए ।
डाक्टरले एन.आइ.सियुको २४ घण्टाको शुल्क लिनका लागि लामो समयसम्म बच्चालाई एन.आइ.सियुमा राखेको र उपचारमा सावधानी नअपनाई लापरवाही गर्दा उपचार नपाएर छोराको मृत्यु भएको पीडित यादवको भनाई छ । डाक्टरको लापरवाहीले छोराको मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सक तथा डाक्टरलाई कार्यवाही र क्षतिपुर्तिको माग गरेका छन् । अस्पतालले क्षतिपुर्ति नदिए कानुनी बाटो अपनाउने समेत पीडितले बताए । यता मलमुत्र खाएको अवस्थामा उपचार गराउन ल्याएका उक्त नवजात शिशुलाई आफुहरु सक्दो बच्चाउने प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
रौतहट ग्राण्डी हस्पिटलले स्वास्थ्य जस्तो संबवदनशील विषयमा चरम लापरवाही गरेपनि सम्बन्धित निकायले कुनै कारवाही नथालेको स्थानीयहरुले जनाएका छन् ।अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु भएको आरोप लागेपछि यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डएसपी) छेदीलाल कामतीलाई सोध्दा आफुलाई यसबारे केही थाहा नभएको जवाफ दिएका छन् ।
एन.आइ.सियु लगाएत विभिन्न सेवा शुल्कको नाममा ग्राण्डी हस्पिटलले सर्वसाधारण नागरिकलाई ठग्ने गरेको पाइएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका जिम्मेवार संस्था नै गैरजिम्मेवार बनेर सेवाको नाममा व्यापार गर्नु सर्वसाधरणमाथिको लुट हो । त्यसैले विरामी लुट्ने यस्ता अस्पताललाई कानुनी दायरामा ल्याउन आवश्यक छ ।

Birgunj Times

Birgunj Times

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

मंसिर १६, २०८०
पकहाँमैनपुरमा विश्व एड्स दिवस मनाइयाे

पकहाँमैनपुरमा विश्व एड्स दिवस मनाइयाे

मंसिर १६, २०८०
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

तिलावे पुल नजिक बसले किचिएर एक जनाकाे मृत्यु

मंसिर १६, २०८०
पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

मंसिर १५, २०८०

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9845479849
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली
कानुनी सल्लाहकार   : सुनिल कुमार यादव

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि