वीरगंज (पर्सा), ३० फागुन / वीरगंज महानगरपालिकाले सामुदायिक कुकुरहरुमा बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम वीरगंजमा शुरु गरेको छ । वीरगंजमा छाडा कुकुरहरुको संख्या वृद्धि नियन्त्रण गर्न यो अभियान सुरु गरिएको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले जानकारी दिए ।
छाडा कुकुरहरूलाई दैनिक संकलन गरि नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल ईन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिए । मंगलबार ४० वटा छाडा कुकुरको बन्ध्याकरण र रेबीज खोप लगाइएको उनले बताए । पहिलो चरणमा करीब १ हजार कुकुर को बन्ध्याकरण गरिने वताइएको छ ।
प्रतिक्रिया दिनुहोस् !