Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छुवाछुत गर्ने विरुद्ध उजुरी दर्ता गरिएन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३०, २०७९
छुवाछुत गर्ने विरुद्ध उजुरी दर्ता गरिएन

लहान, ३० फागुन / भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धिकरण कृया भोजमा दलित समुदायलाई सुनियोजित र जानाजान रुपमा छुवाछुत गरी भोज खुवाइएको भन्दै संयुक्त दलित मोर्चाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी दर्ता नगरी फर्काइ दिएको छ । छुवाछुत गरिएको भन्दै दोषीहरु उपर अनुसन्धान गरी कानून बमोजिम दण्ड सजाय गरी पाउँ भन्दै दलितहरु जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।
हामीले जाहेरी दरखास्त प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुको टेबलमा राख्यौं । उहाँले हाम्रो उजुरीलाई छुनु समेत भएन – उजुरी दर्ता गर्न जानुभएका शिवकुमार महराले भन्नुभयो । उजुरी दिन जानु भएका अर्का दलित अधिकारकर्मी रविन महराले भन्नुभयो त्यसमा के लेखिएको छ भनेर पढ्ने कुरा त परै जाओस् । मानौ निवेदन छुँदा पनि छोइछिटो लाग्छ भने जस्ते गरी दर्ता हुँदैन भनेर फकाई दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले उजुरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय पुगेका दलित अधिकारकर्मीहरु त्यहाँबाट निराश भएर फर्केको बताउँछिन् कृष्णमाया विक । उजुरी दर्ता नहुने भनेर जिल्ला प्रहरी कार्यालय सिरहा र सरकारी वकिलको कार्यालयबाट फिर्ता पठाइएका दलित अगुवाहरु राष्ट्रिय मानव अधिकार आयोगको ढोका घच्घच्याउन पुगेका छन् । अधिकारकर्मीहरुले आयोगलाई उजुरी दर्ता नगरिएको गुनासो सुनाएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकुनन्द इवा लिम्बुले जो भोजमा छोइछिटो गरिएका पीडित हुन् उनीहरु प्रमाणसहित उजुरी लिएर आए मात्र दर्ता गर्ने बताउनु भयो । अन्य दलितले दिएको उजुरी दर्ता नगर्ने भनेर सम्झाएर फिर्ता पठाएको बताउनु भयो ।
मानव अधिकार हनन्का घटनामा जोसुकै नागरिकले उजुरी दिन सक्ने र प्रहरी स्वयंले पनि सञ्चारमाध्यममा आएको समाचारको आधारमा फइल खडा गरेर अनुसन्धान गर्न सक्ने कानूनी व्यवस्था रहेको स्मरण गराउँदा लिम्बुले भन्नुभयो राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोगले अनुसन्धान गर्दैछ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय सिरहाले पनि छानविन आयोग बनाएको छ । अनि थप जाहेरी किन दर्ता गर्नुपर्यो ? लिम्बुले प्रमाणसहित पीडित खुद आए मात्र दर्ता हुने बताउनुभयो ।
आयोगकी अधिकृत मञ्जु खतिवडाले उजुरी किन दर्ता नगरिएको हो आयोगले लिखित रुपमा सोध्ने बताउनुभयो । मानव अधिकार हनन्को घटनामा जोसुकैले उजुरी दिन मिल्छ भन्ने खतिवडाको जिकिर थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि