Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उपराष्ट्रपतिका उम्मेदवार यादव नेताहरुलाई भेटेर मत माग्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३०, २०७९
उपराष्ट्रपतिका उम्मेदवार यादव नेताहरुलाई भेटेर मत माग्दै

वीरगंज (पर्सा), ३० फागुन / सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रहेका रामसहाय यादवलाई सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले जनाएका छन् । उपराष्ट्रपति उम्मेदवार यादव आफ्नो लागि मत माग्न सोमबार बालुवाटार पुगेका बेला प्रधानमन्त्री प्रचण्डले यादवसंग सो प्रतिवद्धता जनाएको जसपा नेता एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतीनीधी सभा सदस्य प्रदीप यादवले बताए ।
यादवले भने, प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनु भएको छ ।’
यसैगरी सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार बनेका रामसहाय प्रसाद यादवले विभिन्न राजनितिक दलका नेताहरूसँग मत माग्ने क्रम जारी छ । जनता समाजवादी पार्टीका यादवले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि भेटेका छन् । भेटमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि गठबन्धनको साथ र सहयोग रहने बताएको सांसद प्रदीप यादवले जानककारी दिए ।
यसअघि सांसद यादवको उम्मेदवारी दिने बेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी हुनु नै आफुले सम्पुर्णको साथ र समर्थन पाउने विश्वास लिएको उम्मेदवार यादवको भनाई छ । निर्वाचन आयोगका अनुसार आगामी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।
यस्तै आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा चार जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टीबाट दुई, जनमत पार्टीबाट एक र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले चार जनाकै नाम कायम गरेर यसअघि नै अन्तिम नामावली प्रकाशन गरीसकेको छ ।
जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) उपराष्ट्रपति पदको उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले भने जसपाबाट २ जनाको उम्मेदवारी परेपनि पार्टीको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव नै भएको प्रष्ट पारेका छन् । आठ दलीय गठबन्धनको समर्थन रहेको अर्थात सत्तागठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार बनेका राम सहाय यादव प्रदेश तथा प्रतीनीधी सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट प्रतीनीधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।
गठबन्धनसँग बहुमत रहेकाले रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुने निश्चित जस्तै रहेको सासंद प्रदीप यादवले बताएका छन् । त्यसो हुँदा बारा–२ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त हुनेछ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि