Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठाराब क्याम्पसमा भएको आगजनी घटनामा संलग्नलाई कारवाही गर्न नेविसंघको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २८, २०७९
ठाराब क्याम्पसमा भएको आगजनी घटनामा संलग्नलाई कारवाही  गर्न नेविसंघको माग

वीरगंज (पर्सा), २८ फागुन / नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार गरिएको आगजनीको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । क्याम्पस परिसरमै पत्रकार सम्मेलन गरेर नेविसंघले शुक्रबार क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा गरिएको आजगजनीमा संलग्नलाई पक्राउ गरि कारबाही गर्न माग गरेको हो ।
नेविसंघले स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा करिब १ हजार फर्जी विधार्थीको नाम पनि समावेश गरिएकाले त्यसको छानबिन गरि चैत ५ को निर्धारित मितिमै निर्वाचन गर्न पनि क्याम्पस प्रशासनसँग माग गरेको छ । कांग्रेस पर्साले गठन गरेको समन्वय समितिका संयोजक नवीन सिंहले शुक्रबार क्याम्पसमा गरिएको आगजनीको घटनामा नेविसंघको कुनै संलग्नता नरहेको प्रष्ट पारे । उनले आगजनीमा संलग्न ३ जना विधार्थीलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेपनि बिना कारबाही छाडेको भन्दै आपत्ति जनाउँदै पक्राउ परेकाहरू अन्य संगठनका विधार्थी रहेको बताए । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा शुक्रबार दिउँसो नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियुका नेता सुजित गीरी, नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ ठाकुर राम क्याम्पस ईन्चार्ज मनिष चौहान र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता शिवम साहलाई नियन्त्रणमा लिएर शुक्रबार नै साँझ रिहा गसिकेको छ ।
कांग्रेसका जिल्ला सहसचिव समेत रहेका सिंहले आगजनीको घटनामा संलग्नलाई पक्राउ गरि कारबाही नगरे एवं स्थगित निर्वाचन प्रक्रिया पुनः सुचारु नगरिए नेविसंघ आन्दोलनमा उत्रिने चेतावनी पनि दिए । यसका साथै मतदाता नामावलीमा फर्जी विधार्थीको नाम समावेश गर्ने क्याम्पसका सम्बन्धित कर्मचारी र निर्वाचन अधिकृतलाई क्याम्पस प्रशासनले कारबाही गर्नुपर्ने माग आफूहरुको रहेको सिंहले बताए । क्याम्पसमा जनाधार नै नभएका विधार्थी संगठनहरूले चैत ५ को स्ववियु निर्वाचन भाड्न शुक्रबार क्याम्पसमा आगजनी गरेको पत्रकार सम्मेलनमा नेविसंघ पर्साका अध्यक्ष रमेश यादवले बताए । ठाकुरराम क्याम्पसमा विगत देखि नै नेविसंघको जनाधार बलियो रहेका र त्यहि कारण अन्य संगठनहरुले चैत ५ को निर्वाचन भाड्न हर्कत गरिरहेको उनले बताए । तर नेविसंघ चैत ५ मै निर्वाचन हुनु पर्ने अडानमा रहेको उनले प्रष्ट पारे ।
निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर भएको विवादका क्रममा विधार्थीहरुले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका थिए । क्याम्पस प्रशासनले शुक्रबार गरिएको आजगजनीको घटनापछि शनिबारका लागि निर्धारति मनोनयन पत्र दर्ता कार्यक्रम सहित त्यसपछिका निर्वाचन कार्यतालिका हालका लागि स्थगित गरी प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । निर्वाचन अधिकृत रोशन लामिछानेका अनुसार, उक्त समितिले ३ दिन भित्र (फागुन २९ गते भित्र) फागुन २१ मा प्रकाशित मतदाता नामावलीको छानबिन गरी प्रतिवेदन बुझाउने छ । त्यसपछि उक्त प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशित गरि पुनः अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरिने लामिछानेले बताए ।
पत्रकार सम्मेलनमा नेविसंघका क्याम्पस इकाइ सभापति मनोज कुमार साह, नेपाल तरुण दलका जिल्ला सभापति विकास तिवारी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी, नेविसंघका नेताहरू मुनराज तिवारी, विकास मण्डल, शेष हजरा, धर्मराज यादव, रोशन सिंहलगायतको पनि सहभागिता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि