Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आगजनीको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २७, २०७९
आगजनीको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा

वीरगंज (पर्सा), २७ फागुन / ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा भएको आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका विद्यार्थी नेता शिवम साह, सुजित गिरी र अभिषेक चौहान रिहा भएका हुन् । क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया, निर्वाचन अधिकृत रोशन लामिछाने लगायतको टोली जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । क्याम्पसको समस्या क्याम्पसमै सल्टाउने भन्दै क्याम्पस प्रमुख नै आएर विद्यार्थी छोडिदिन आग्रह गरेपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
विद्यार्थी संघ, संगठन र समूहले राखेको माग अनुसार छानबिन समिति गठन भइसकेकोले समस्या समाधान हुने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत रोशन लामिछानेले वताए । ‘मतदाता नामावली छानबिन समितिले भोलिदेखि नै काम सुरु गर्छ, तीन दिन भित्र प्रतिवेदन बुझाउन भनेका छौं’, उनले भने, ‘प्रतिवेदन बुझाएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्छौ ।’ उनले निर्वाचन कार्यतालिकामा केहि संशोधन गर्नुपरे पनि स्ववियु निर्वाचन तोकिएकै मितिमा गर्ने दोहो¥याए । ठाकुरराम बहुमुखी क्याम्पसले मतदाता नामावली छानबिनका लागि रघुनाथ प्रसाद चौरसिया संयोजकत्वमा समिति गठन गरिएको जनाएको छ ।
क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाका अनुसार समितिमा प्राध्यापक तथा कर्मचारीहरुको वैचारिक संगठनका अध्यक्ष÷सचिव वा प्रतिनिधि, त्रि.वि. प्राध्यापक संघ र कर्मचारी संघ क्याम्पस एकाई समितिका अध्यक्ष वा प्रतिनीधि, लेखा शाखाका कर्मचारी दुई जना, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि, दर्ता भएका संघ संगठनका अध्यक्ष वा सभापति, दर्ता समूहको संयोजक सदस्य रहनेछन् । छानबिन समितिको प्रतिवेदनपछि जानी जानी गल्ती गरेको पाइएमा दोषीलाई कारबाही गर्ने र अन्तिम नामावली प्रकाशित गर्ने क्यापस प्रमुख चौरसियाले जारी गरेको सूचनामा उल्लेख छ । अन्तिम नामावली प्रकाशन पछि निर्वाचनको अन्य कार्यक्रम संशोधित तालिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने क्याम्पसले जनाएको छ ।
निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २ सय ३२ नामावली मध्ये ८ सय फर्जि मतदाता रहेको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद गरेपछि विद्यार्थीहरुले क्याम्पसका आगजानी गरेको थियो । विवाद पश्चात विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसिया समक्ष राजीनामा पत्र बुझाएका छन् । ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि ३५ वटा संघ, संगठन र समूहले नाम दर्ता गराएका छन् । विवादका कारण शुक्रबार हुने भनिएको मनोनयन दर्ता स्थगित भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि