वीरगंज (पर्सा), २० फागुन / राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल मधेश प्रदेशको वनभोज तथा होली मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । बर्दीबासको माइस्थानमा भएको कार्यक्रममा होलीको शुभकामना अदानप्रदान गर्नुको साथै संघमा आवध भएका नवप्रबेशी कर्मचारीहरुलाई स्वागत समेत गरिएको थियो ।
साथै संघको प्रदेश कमिटीमा रिक्त रहेको पदमा पदपुर्ति समेत गरिएको थियो । रिक्त रहेको प्रदेश उपाध्यक्षमा बरुण गुप्ता, उपसचिवमा विनोद ठाकुरलाई चयन गरिएको छ ।
संघका प्रदेश अध्यक्ष राहुल कुमार ओझाको अध्यक्षता र केन्द्रिय अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्री तिमिल्सिना, महासचिव रविन्द्र चौलागाई, उपमहासचिव तथा प्रदेश इन्चार्ज स्वर्ण कुमार सिंह, सचिव कृष्ण लम्साल, कोषाध्यक्ष रिषी ज्ञवाली एवम् प्रदेश अन्तर्गतका विभिन्न शाखाका प्रबन्धकहरु लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !