Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिथिलामा सुरु भयो जोगिराको रौनक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १८, २०७९
मिथिलामा सुरु भयो जोगिराको रौनक

जलेश्वर, १८ फागुन / ‘जोगिरा सररर, जोगिरा सररर ।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ हाँ मिथिलामे राम खेलैय होली, मिथिलामे ।‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोलि । मिथिलामे ?’ ‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोलि । हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।’ ‘जोगिरा सररर, जोगिरा सररर… ।’ ‘रङग बरसे भिगे चुनरबाली रङग बरसे, हो रङगबरसे भिगे चुनरवाली रंगबरसे’यी माथि उल्लेखित लोकभाका (जोगिरा)हरु तराई(मधेशमा होला आगमनको लोकभाका हो । तराई(मधेशमा अहिले होली पर्वको एक साता मात्रै बाँकी रहँदा साँझ पर्नेबित्तिकै गाउँ गाउँमा डम्फु, झ्याली,
ढोल, तासा र मृदङ्गलगायतका बाजाहरु बज्न थालेको छ भने चारैतिर जोगिरा (होली गीत) का धुनहरु सुनिन थालेको छ । होली पर्वको उत्साह र उमङ्गले उमेरकोसमेत पर्वाह नगर्दै जलेश्वर नगरपालिका(८ बजराही गाउँ बस्ने ७५ वर्षीय रामबाबु चौधरी दुई÷तीन दिनदेखि साँझ पर्ने वित्तिकै गाउँको उत्तरबारी टोलबाट हातमा डम्फु र झ्याली समातेर गाउँको चौकमा पुग्ने गर्नुहुन्छ । त्यसैगरी गाउँको पछियारी टोलबाट ७० वर्षीय अरुण पाण्डे, पूर्वारीटोलबाट ६० वर्षीय रामदेव महरा र दक्षिणबारी टोलबाट ५५ वर्षीय पवित्तर साहसहित थुप्रै व्यक्तिहरु आ(आफ्ना घर टोलबाट आएर चोकमा जम्मा हुने गर्दछन् ।
उमेरले पाका र कतिपयले राम्ररी हिँडडुल गर्न नसक्ने भए पनि उनीहरु गाउँको चारैदिशाबाट गाउँकोबीच चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि जम्मा हुँदैनन् । बरु आपसी भाइचारा, प्रेम, सद्भाव, सुखदुःख साटासाट गर्न र पुस्तौँदेखि चल्दै आइरहेको जोगिराको संरक्षण र प्रवद्र्धनका लागि छलफलमा जुट्ने गरेका छन् ।
जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथको मन्दिरदेखि मात्रै ५०० मिटरको दूरीमा उत्तरपट्टी रहेको सानो गाउँ बजराहीमा साँझ पर्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा (होलीका गीत) सुनिन थालेको छ । होलैयाहरु (जोगिरा गाउनेहरु) एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोलटोलमा आ(आफ्ना घर आँगनमा बसिरहेका जो कोही पनि प्रसन्न एवं खुसी हुने गर्दछन् ।
साँझ ७ बज्न नपाउँदै होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजाहरु लिएर विभिन्न धुन र सङ्गीतमा झुम्मिन थाल्छन् र राति ११÷१२ बजेसम्म जोगिरा निरन्तर रुपमा चलिरहन्छ । विभिन्न प्रकारका गीत, चुट्किला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा वाक्य र शब्दहरुलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ भने जोगिराको क्रममा हुने नाचगानमा समेत ठूलो सङ्ख्यामा सहभागी हुने गरेकोे होलैया (जोगिरा गाउने) बौएलाल महराले बताउनुभयो । पौराणिक कालदेखि नै जलेश्वर नगरपालिका(८ बजराही गाउँका जोगिरा टोली निकै चर्चित र नामचलेको छ भने यहाँको जोगिरा टोलीमा हिन्दू र मुस्लिम दुवै समुदायको सहभागिता हुँदा आपसी सद्भाव झन बढेको स्थानीय ७५ वर्षीय भुट्टा साहको भनाइ छ ।
अन्य गाउँ ठाउँमा हिन्दूको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दूले चासो नलिने सामान्य मान्यता रहेको बीच महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका(८ बजराही गाउँमा यस कुरालाई स्थानीय दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवाहरुले पछौटेपन तथा विकासका अवरोध भन्दै यस सामाजिक विभेद्लाई चिरेर अगाडि बढेको अवस्था छ । अहिले प्रत्येक दिन साँझ जोगिराको धुनमा दुवै समुदायका युवाहरु एकैसाथ गाउँदा, नाच्दा र एकैसाथ हाँसो ठट्टा गर्दा वास्तवमै यस गाउँमा कुनै विशेष जात, धर्म वा वर्गको अधिपत्य वा भेदभाव नभएर अनेकतामा एकता रहेको दर्शाउँछ ।
यस गाउँमा वर्षौदेखि यहाँका मुस्लिमहरु हिन्दूको पर्वमा र हिन्दूहरु मुस्लिमको चाड पर्वमा एकसाथ उभिएर चाडपर्व मनाउनुका साथै आपसमा खुसी साटासाट गर्दै आएका छन् । वडा नं ७ अनकार गाउँमा पनि बर्सेनि सर्वसाधारण स्थानीय बासिन्दासहित जनप्रतिनिधि पनि जोगिरामा उत्साहजनक रुपमा सहभागी हुने गरेको स्थानीयवासी शङ्कर कापर बताउनुहुन्छ । वडा नं ७ का वडाध्यक्ष रामछविला यादवका अनुसार होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवाहरु परदेशबाट गाउँ फर्किएका छन् । नेपाल तथा भारत समेतको सम्पूर्ण मिथिलाञ्चलवासीलाई मनपर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका(७ बनौली गाउँमा पनि निक्कै धुमधामका साथ मनाउने गरिएको पूर्व वडाध्यक्ष रुपेश झाले बताउनुभयो ।
स्थानीय ६५ वर्षीय बैद्यनाथ चौधरी गाउँकासबै उमेर समूहका मानिस एउटै मञ्चमा बसेर जोगिरा गाउने, हाँस्ने, हसाउने, कथा, कहानी र जीवनका अनुभवहरु साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदर सत्कार र सानालाई स्नेह बाँड्ने प्रचलन रहेको बताउँनुहुन्छ । कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा विगत दुई÷तीन दिनदेखि रातिको बेला होलैयाहरुको भीडले मेला जस्तै लाग्ने तथा उनीहरुले गाउने गीतले गाउँ नै गुञ्जायमान हुने गर्दछ । वडा नं ९ बथनाहा गाउँ पनि यतिबेला जोगिरामा रङ्गिएको छ । स्थानीय राजनीतिकर्मी चन्दन दुबेका अनुसार साँझ पर्न नपाउँदै होलैयाहरुले ढोल बजाउन, झ्याली पिट्न, हारमोनियम बजाउन र गीत गाउन सुरु गरेपछि राति अबेरसम्म गाउँमा खुसीयालीपूर्व रमाइलो गर्दछन् ।
प्रत्येक वर्ष झै यसवर्ष पनि होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँ(गाउँमा “जोगिरा” (एक प्रकारको गीत) गाउन सुरु भएको छ । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको प्रत्येक गाउँ टोलमा फागुन महिनाको १२÷१३ गतेदेखि नै प्रत्येक रातिको बेला ढोल, तासटा, मृदंग, डम्फु, झ्यालीलयायतका बाजागाजाका साथ जोगिरा गाउन सुरु भएको विभिन्न पालिकाबाट स्थानीयवासीले बताएका छन् ।
‘फागुन आयो, होली ल्यायो’
‘मारो भरभर कर पिचकारी’
‘होली आयो, मस्ती छायो’
‘मारो भरभर कर पिचकारी’
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘कई हातका धोती पहना, कई हात लपेटा’
‘कई घाटका पानी पिया, कई बापका बेटा’
‘जोगिरा सररर, जोगिरा सररर ।’
यस्ता सयौं लोकभाका, गीत, चुटकिला, हाँसो ठट्टा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको रुपमा होली मनाउने गरिन्छ । महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारादेखि र भारतका मधुबनी र दरभङ्गासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा पर्व मनाउने गरिन्छ । जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेको बेला जोगिरा गाउनकै लागि अहिले रातको बेला युवा तथा वयोबृद्धलाई घरघरबाट तानेर ल्याई राति अबेरसम्म जाग्राम गराउने तथा जोगिराहरु गाउन लगाउने गरिएकोे जलेश्वर नगरपालिका(६ का बासिन्दा प्रवीण साहले बताउनुभयो ।
उहाँले होलैयाहरुले जोगिराले एक आपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिको बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने, सुन्ने र सहभागीसमेत हुने गरेको बताउनुभयो । प्रायः होली पर्वभन्दा १५ दिन पहिले सुरु हुने जोगिरा गायन मिथिलाञ्चलको प्रत्येक गाउँगाउँमा भइसकेको छ भने । जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइने प्रचलन छ । जोगिरा मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताउनुहुन्छ जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार । जोगिराले परम्परा झल्काउने, सदभाव बढाउने र जोगिरा समेतलाई संरक्षण गर्नुपर्नेमा कतिपय भोजपुरी भडकिलो गीत, डिजे बाजाको चर्को आवाज र मदिरा सेवनकर्ताहरुले हो(हल्ला गर्ने प्रवृत्ति बढेकामा भने उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि