Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरीमा डीआईजी जन्ममिति विवाद : दुई डीआईजी इन्स्पेक्टर हुँदै ‘अयोग्य’ देखिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०७९
प्रहरीमा डीआईजी जन्ममिति विवाद : दुई डीआईजी इन्स्पेक्टर हुँदै ‘अयोग्य’ देखिए

काठमाडौं, १४ फागुन / उमेर विवादका कारण नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएको एक सातामै अर्का दुई डीआईजी श्यामलाल ज्ञवाली र भीमप्रसाद ढकालको विवरण पनि ‘शंकास्पद’ देखिएको छ । प्रहरी स्रोतका अनुसार ज्ञवाली र ढकालको पनि पूर्वडीआईजी सिंहको जस्तै प्रहरी सेवामा प्रवेश गर्दाको समयदेखिकै विवरण समस्याग्रस्त देखिएको हो । उनीहरूको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि विवादमा तानिएका हुन् । यिनकै ब्याचमा इन्स्पेक्टर भएका अन्य सहब्याची डीआईजीहरू वसन्तबहादुर कुवँर, टेकप्रसाई राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण ब्रजाचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, टेकबहादुर तामाङ, मिरा चौधरी, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, वुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण हुन् ।
यी सबैले २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा प्रकाशित भएको सूचनाका आधारमा निवेदन दिएका थिए । सो सूचनाका अनुसार २०५० साल वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष नकटेको हुनु पर्दथ्यो । तर, अहिले देखिएको विवरणअनुसार सो मितिमा ज्ञवाली र ढकाल दुवै सो समयमा २५ वर्ष कटिसकेका थिए । यसको अर्थ उनीहरू दुवैले त्यसवर्ष प्रहरी निरीक्षकका लागि आवेदन नै दिन पाउँदैन थिए । प्रहरी अभिलेखमा ज्ञवालीको जन्ममिति २०२५ साल भदौ २६ गते लेखिएको छ । यो उनको शैक्षिक योग्यताको प्रमाणपत्रअनुसारको जन्म मिति हो । शैक्षिक योग्यताको मितिलाई आधार मान्ने हो भने उनी इन्स्पेक्टरको आवेदनका लागि योग्य छन् । तर, उनको नागरिकतामा जन्ममिति २०२४ साल चैत २१ उल्लेख छ । भर्खरै प्रहरी प्रधान कार्यालयबाट बाहिरिएको एक सूचना पनि उनको जन्ममिति २०२४ नै रहेको छ ।
उक्त सूचना चुहाएको आरोपमा एकजना प्रहरीलाई निलम्बनसमेत गरिएको छ । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति फरक–फरक देखिन्छ । नागरिकता र शैक्षिक प्रमाणपत्रमा ५ महिनाको फरक देखिन्छ । प्रहरी सेवाका तत्कालीन जानकारहरुका अनुसार सो समयमा बढीजसो नागरिकतामा वर्षमात्रै उल्लेख हुने व्यवस्था थियो । यो बेला नागरिकतामा विवरण नखुले एक वर्षसम्मको अवधिलाई मान्यता दिइन्थ्यो । ज्ञवालीको हकमा यो एक वर्ष मान्दा पनि उनको उमेर २५ वर्ष कटेर १० दिन बढी भएको देखिन्छ । यस्तो अवस्थामा उनी प्रहरी सेवामा प्रवेश नै पाउँदैनथे । अर्का डीआईजी भीमप्रसाद ढकालको प्रहरी अभिलेखको जन्ममिति २०२५ साल मंसिर २८ गते छ । तर नागरिकतामा २०२४ साल मंसिर २८ छ । शैक्षिक योग्यताको विवरणमा भने २०२५ साल मंसिर २८ छ । यसरी हेर्दा ढकालको जन्म मिति फरक पर्न गएको अवधि एक वर्ष हुन्छ । नागरिकता लिएको वर्षको मात्रै हिसाब गर्ने हो भने भीम ढकाल प्रहरी निरीक्षकका लागि आवेदन दिँदा २५ वर्ष ४ महिना ३ दिनका थिए । यो आधारमा उनी सेवा प्रवेशकै लागि अयोग्य हुने प्रहरी स्रोतको दाबी छ ।
प्रहरीकै बहालवाला एआईजीहरुका अनुसार यो ब्याचका जोकोही पनि २०२४ सालमा जन्मिएको विवरण नागरिकतामा उल्लेख भए उनीहरु २०५० सालको आवेदन अनुसार दर्खास्त दिन नै योग्य हुँदैनन् । माथि उल्लेखित डीआईजीको नागरिकताको विवरणअनुसार राजीनामा दिइसकेका अशोक सिंहसँगै श्यामलाल ज्ञवाली र भीम ढकालको नागरिकतामा मात्रै २०२४ सालको जन्ममिति उल्लेख छ । अन्य सबैको प्रमाणपत्रमा जन्ममिति २०२५ साल छ ।
डीआईजी ज्ञवाली र ढकाल भन्छन् : सबै विवरण ठिक छन्
विवरण फरक परेको पाइएपछि बाह्रखरीले दुवै डीआईजीसँग फोनमा कुराकानी गरेको थियो । बाह्रखरीको कुराकानीमा डीआईजी भीमप्रसाद ढकालले आफ्नो सबै विवरण ठिक रहेको दाबी गरे । उनी हाल कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रमुख छन् । डीआईजी ढकालले भने, ‘मेरो सबै विवरण ठिक छ । कुनै समस्या छैन ।’ अर्का डीआईजी श्यामलाल ज्ञवालीले पनि आफ्नो सबै विवरण ठिक रहेको बताए । कसैले आत्मरतिका लागि आफूविरुद्ध षड्यन्त्र गरेको आरोप उनले लगाए । उनले भने,‘मेरो सबै विवरण ठिक छ । त्यतिबेला शैक्षिक योग्यताको आधारमा नागरिकता लिनुपर्थ्यो । त्यो बेलाको नागरिकतामा वर्ष मात्रै लेख्ने चलन थियो । पछि प्रहरीको नियमावलीले सबै कुरा सच्यायो ।’

के छ प्रहरी नियमावलीमा ?
प्रहरी नियमावली २०७१ को नियम १२७ को उपनियम २ को ख मा वर्ष संवत मात्रै उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा नागरिकताको प्रमाणपत्रको हकमा प्रमाणपत्र प्राप्त गरेको मिति, शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मिति र वैयक्तिक विवरण (सिटरोल) को हकमा सुरु भर्ना भएको मितिको आधारमा हुने उल्लेख छ । २०७१ को नियम १२७ को उपनियम २ को ख मा भनिएको छ,‘कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिहरुको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा ।’

प्रहरी किताबखानामै छैन ज्ञवाली र ढकालको नागरिकता
प्रहरी विवरण अभिलेख गर्दै आएको राष्ट्रिय प्रहरी किताब खाना पुगेर ज्ञवाली र ढकालको नागरिकताका सम्बन्धमा बुझ्दा त्यहाँ उनीहरुको नागरिकता प्रतिलिपिसमेत भेटिएन । त्यहाँ कार्यरत कर्मचारीहरुका अनुसार नागरिकताको प्रतिलिपी कसरी भएन थाहा भएन । उनीहरु भन्छन्, ‘नागरिकताको विवरण त हुनैपर्ने हो । कसरी भएन अचम्ममा प¥यौँ ।’

भीम ढकालको नागरिकतामै संशोधन
प्राप्त जानकारीअनुसार भीम ढकालको नागरिकता नै संशोधन गरिएको छ । राष्ट्रिय किताबखाना स्रोतका अनुसार उनको नागरिकताको अगाडिपट्टीको भागमा २०२४ साल मंसिर २८ लेखिएको थियो भने सोही नागरिकताको पछाडिपट्टीको भागमा २०२५ साल मंसिर २८ लेखेर प्रमुख जिल्ला अधिकारीले संशोधन लेखेका थिए । त्यो विवरण पनि अहिले त्यहाँ उपलब्ध छैन । प्रहरी प्रधान कार्यालयका अनुसार डीआईजी ढकालले अहिले आफ्नो जन्ममिति २०२५ साल मंसिर २८ नै भएको निवेदन दिएका छन् । साभार : बाह्रखरी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि