Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज मेनरोडको अतिक्रम हटाउन स्थानीयको माग, सोमबार १७ औ पटक पेसी तोकियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०७९
वीरगंज मेनरोडको अतिक्रम हटाउन स्थानीयको माग, सोमबार १७ औ पटक पेसी तोकियो

वीरगंज (पर्सा), १४ फागुन / वीरगंजको मुख्य सडकको अतिक्रम हटाउनु पर्ने स्थानीयहरुले माग गरेका छन् । पथलैया देखि गण्डक सम्मको २५/२५ मिटरको अतिक्रम हटि सकेपनि गण्डक देखि मित्तेरी पुल सम्मको अतिक्रम सर्वोच्च अदालतको निषेधाज्ञाको कारण हट्न सकेको छैन । ३ वर्षमा १६ पटक पेसी चढिसक्दा पनि हेर्न नभ्याइने भन्दै मिति माथि मिति सर्दै आएको छ । सोमबार पुनः १७ औ पटक पेसी छ ‘हेरौ सर्वोच्च अदालतले कुनै आदेश गर्छ या फेरि हेर्न नभ्याउने भन्दै टार्छ’ स्थानीय राजु कुमार साह बताउँछन् ।
त्रिभुवन राजपथमा पर्ने वीरगंजको मितेरी पुलदेखि गण्डक चौकसम्म मुख्य सडकको मुख्य विन्दुबाट दायाँबायाँ २५/२५ मिटर अतिक्रमित घर टहरा हटाउन सडक डिभिजनको निणर्य विरुद्ध परेका रिटको सोमबार सर्वोच्च अदालतमा पेसी छ । पटक पटक गरि १६ पटक सम्म स्थगित हुँदै आएको पेसी १७ पटक सोमबार सुनवाइ हुँदैछ । यस पटकको पेसीको क्रम संख्या ६ नम्बर रहेको छ । लक्ष्मण साह रौनियार समेत त्रिभुवन राजपथ विस्तारको काम रोक्न २०७६ असोज ७ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट निवेदन दिएका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं, सडक डिभिजन हेटौंडा, व्यापारिक मार्ग विस्तार योजना वीरगंज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, मालपोत कार्यालय पर्सा समेत मुद्दा दायर गरिएको छ ।
यसै मुद्दाको लगाउमा २०७६ पुस २१ गते राजकुमारी देवी तुल्स्यान, २०७७ माघ २७ गते भरत प्रसाद रौनियार समेत, २०७६ कात्तिक १७ गते वीरेन्द्र कुमार संघाई, २०७५ मंसिर ११ मा विक्रम गुरुङले दर्ता गरेको उत्प्रेषण मुद्दा समेत रहेको छ । कारण देखाउ आदेश जारी गरिएको यो मुद्दाको २०७६ असोज ८ गते पहिलो पेसी थियो भने २०७९ भदौ २० मा १६ औं र आउँदो फागुन १५ गते १७ औं पेसी छ । प्रत्येक पेसीमा हेर्न नभ्याइएको भन्दै अर्को पेसी तोकिने गरेको छ । २०७६ माघ २१ को पेसी पछि एकैपटक एक वर्ष पछि २०७७ फागुन १७ गते पेसी, त्यय पछि २०७८ मा ३ पटक र २०७९ मा भदौ पछि फागुन १५ गते सोमबार पेसी तारेख परेका छ ।
जब जब अदालतमा परेको पेसीको म्याद नजिकिन्छ तब तब वीरगंजमा सडक विस्तारको यो विषयको चर्चा चुलिन्छ । अब महानगरवासीको नजर फागुन १५ गते सर्वोच्च अदालतमा परेको यो मुद्दाको पेसी छ । आफ्नो सहरको स्वरूप परिवर्तन गरिने र मुख्य सडकको कायापलट नै हुने भएकाले अधिकांश महानगरवासी यो विषयलाई चाख लिएर हेरिरहेका छन् । वीरगंज आदर्शनगर निवासी जयप्रकाश लोहिया लामो समयदेखि वीरगंजको सुन्दरता र भविष्यसँग जोडिएको यो समस्याले अब निकास पाउनुपर्ने बताउँछन् । ‘धेरै लामो समय हामीले बाधा अवरोध र कानुनी झमेलाका कारण खर्च गरि सक्यौं,’ उनले भने, ‘वीरगंज महानगरको भविष्य र प्रतिष्ठा जोडिएको यो विषयलाई अब कुनै पनि बहानामा बाधा अड्काउ गरिराख्नु भन्दा निकास दिनु उचित हुन्छ ।’
व्यापारिक मार्ग विस्तार योजना वीरगंज पथलैया कार्यालयका सूचना अधिकृत इन्जिनियर सञ्जिव गुप्ता अदालतबाट क्लिन चिट पाइए राजमार्गको दुवैतर्फ २५/२५ मिटर विस्तारको कामलाई गति दिन कुनै समस्या नरहेको बताउँछन् । वीरगंज महागनरपालिकाका मेयर राजेशमान सिंह नेपाल सरकारको मापदण्ड अनुसार राजमार्गको दायाँबायाँ सडक विस्तार भएमा त्यसमा आफ्नो बाधा विरोध नरहने बताउँछन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

फाल्गुन २४, २०८२
पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

फाल्गुन २४, २०८२
गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

फाल्गुन २४, २०८२
नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

फाल्गुन २४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि