Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बजार अनुगमनको विरोधमा हरिवनमा व्यापारीहरुको प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १३, २०७९
बजार अनुगमनको विरोधमा हरिवनमा व्यापारीहरुको प्रदर्शन

हरिवन (सर्लाही), १३ फागुन / सर्लाहीको हरिवनमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको अनुगमन टोलीले बजारको अनुगमन गरेको भन्दै स्थानीय व्यापारीहरुले विरोध गरेका छन् । अनुगमन टोलीले अचानक आएर बजार अनुगनम गरेको भन्दै आक्रोसित भएका स्थानीय व्यापारीहरुले केही समय पुर्व पश्चीम राजमार्ग समेत अवरुद्ध गरेका थिए ।
बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको अनुगमन टोलीले अचानक हरिवन बजार आएर अनुगमन गरी सामान्य गल्ती,कमि कमजोरीमा पनि जरिवाना तोकेको भन्दै हरिवनका व्यापारीहरु आक्रोशित भएका हुन् । कार्यालयले कुनै जानकारी नै नगराई आएको र अहिलेको देशको परिस्थिती अनुसार बजार अनुगमनको कुनै आवश्यकता नरहेको उनले बताए ।
बजार अनुगमन गर्नु स्वभाविकै भएपनि अहिले देशको आर्थिक अवस्थाका कारण व्यापारीहरु आत्मादाह गर्ने अवस्थामा पुगेका र यो अवस्थामा गरिएको बजार अनुगमनले व्यापारीहरुलाई डस्ने काम मात्र गरेको प्रधानले बताए ।
उनका अनुसार बजार अनुगमनको क्रममा अनुगमन टोलीले व्यापारीहरुका सामान्य कमी-कमजोरीहरुमा पनि सचेत गराउनु पर्नेमा एकै पटक जरिवाना तोकेका कारण हरिवनका व्यापारीहरु आक्रोशित भएका हुन् । अनुगमन टोलीले अचानक आएर सामान्य कमी कमजोरीहरुमा पनि जरिवाना तोकेपछि आक्रोशित हरिवनका व्यापारीहरुले केही समय पुर्व-पश्चीम राजमार्ग समेत अवरुद्ध गरे । विराेध भएपछि अनुगमन टोली फर्किएकाे छ ।
बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका निमित्त कार्यालय प्रमुख सुरेश कुमार रेग्मीले देशको आर्थिक अवस्था खराब छ भन्दैमा अनुगमन नै गर्नु नमिल्ने भन्ने नरहेको बताए । व्यापारीहरुले राज्यको कानुन पालना गरेका छन् कि छैनन्, बजारमा कुनै गैरकानुनी कार्य भएका छन् कि छैनन्, व्यापार-व्यावसाय सञ्चालन गर्न नियमानुसार राज्यको कानुनमा बाँधिएका छन् कि छैनन् भन्ने विषयमा अनुगमन गरिएको र सचेत समेत गराएको उनले बताए । उनले राज्यले तोकेको कानुनको पालना गर्ने व्यापारीहरुलाई अनावश्यक दुःख नदिएको बताएका छन् ।
यता, व्यापारीहरुले अनुगमन टोलीले मनवीयता समेत त्यागेर व्यापारीहरुलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । स्थानीय व्यापारीहरुको चर्काे विरोधपछि अनुगमन समिति अनुगमन छाडेर फर्किएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि