Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वीकृति विना संचालित पोली क्लिनिक, प्याथलोजी तथा डाइग्नोस्टिक सेन्टरमा शिलबन्दी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १०, २०७९
स्वीकृति विना संचालित पोली क्लिनिक, प्याथलोजी तथा डाइग्नोस्टिक सेन्टरमा शिलबन्दी

वीरगंज (पर्सा), १० फागुन / वीरगंज महानगरपालिका वडा नम्वर ४ विर्तामा स्वीकृति बिना संचालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा महानगरपालिकाले शिल गरेको छ । वीरगंज महानगरपालिकाद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले स्वीकृति बिना संचालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो ।
टोलीले चित्रांस पोली हेल्थ क्लिनिक, त्यसै अन्तर्गत रहेको प्याथोलोजी ल्याब र श्री गणेश डाइग्नोस्टिक सेन्टर स्वीकृति बिना संचालन गरेको भेटेपछि शिलबन्दी गरिएको समितिका सदस्य जयप्रकाश महतोले बताए । तीन वटै स्वास्थ्य संस्था स्वीकृति बिना संचालनमा हुनुका साथै प्याथोलोजी ल्याबहरुले म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको पाइएको उनको भनाई छ । महानगरपालिकाले गएको एक सातादेखि वीरगंजमा संचालित प्याथोलोजी तथा क्लिनिकहरुको अनुगमनलाई तिब्र पारेको छ ।
अनुगमनमा जाँदा स्वीकृति विना संचालनमा रहेको भेटिएकालाई बुधबारबाट शिलबन्दी गर्न सुरु गरिएको वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । बुधबार जिल्ला प्रशासन कार्यालय, वीरगंज महानगरपालिका र प्रहरीको रोहबरमा लाहाछाप लगाएर तीनै वटा संस्थामा शिल गरिएको हो । टोलीले अनुगमनका क्रममा तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगंज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरित संचालनमा रहेको भेटिएकाले उनीहरुलाई तत्काल बन्द गर्न र मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न चेतावनी समेत दिइएको जयसवालले भनाई छ ।
यस अघि महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था संचालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले बुधबारबाट कारबाही प्रक्रियालाई कडाई पारिएको जयसवालले जानकारी दिए । अनुगमनमा टोली पुगेको जानकारी पाएपछि अनुमति बिना संचालनमा रहेका कतिपय क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसल संचालकहरु सटर बन्द गरेर फरार भएको पनि भेटिएको उनको भनाई छ । महानगरले अनुगमनलाई निरन्तरता दिने भएकाले भागेर समाधान नहुने भन्दै प्रकृया पुर्याएर संचालन गर्न सबैलाई आग्रह गरे ।
नागरिकको स्वास्थ्यमा प्याथलोजी सेन्टरहरुले खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि महानगर महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा समितिले त्यसलाई नियन्त्रण गर्न अनुगमनलाई तिब्रता दिएको हो । स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्वास्थ्य संस्थाहरुबाटै लापरवाही हुनु गम्भिर भएकाले महानगरले अनुगमनलाई तिब्रता दिँदै कारबाहीलाई कडाई गर्न लागेको हो । अनुगमन टोलीमा समितिका सदस्य जयप्रकाश महतो, स्वास्थ्य शाखा प्रमुख रितेश जयसवाल, नर्सिङ्ग अधिकृत इन्दिरा लोहनी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि