Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समयमै राष्ट्रिय गान, समयमै कार्यालय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ५, २०७९
समयमै राष्ट्रिय गान, समयमै कार्यालय

• अनिल तिवारी
वीरगंज (पर्सा), ५ फागुन / आजकाल हरेक बिहान ठिक ९बजेर ५५ मिनेटमा पर्साको जिल्ला प्रशासन कार्यालयको आँगनमा राष्ट्रिय झन्डा नजिकै साउन्डबक्समा म्यूजिक बज्न थाल्छ । सरकारी कार्यालयको परिसरमा धुन बजेको देखे पछि कामका लागि आउन थालेका सेवाग्राही पनि त्यतै लाग्छन ् । विस्तारै त्यहाँ रहेको कार्यलय प्रमुखको कार्यकक्ष भवन मुनि सबै कर्मचारी पनि लाइनमा उभिन थाले ।
कार्यालय परिसरमा पस्नै लागेका कर्मचारी पनि ठिक १० बजे पङ्तिमा उभिन हतारिदै आएको दृश्यले पनि नव आगन्तुक सेवाग्राहीको ध्यान गजबले केन्द्रित गरिरहेको हुन्छ । १० बजे राष्ट्रिय गान बज्छ अनि सबै कर्मचारी तथा कार्यालय परिसरमा उपस्थित सेवाग्रही समेत राष्ट्रिय गानमा सहभागी हुन्छन् । राष्ट्रिय गान सकेपछि सबै कर्मचारीहरु आ–आफनो फाटमा लाग्छन् । यसरी प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय सुरु हुने गरेको छ ।
पर्साको जिल्ला प्रशासन कार्यलय केहि दिन देखि यसै प्रकारले प्रारम्भ हुने गरेकोले सरकारी कार्यालयबाट सहजै सेवा पाउने आशा पलाएको छ । ‘घुम्दै–डुल्दै’ अफिस आउने, चिसोमा कार्यालय अगाडि घाम ताप्दै साथी कर्मचारीसँगको गफगाफ पछि ११बजे देखि काम गर्ने प्रचलन फेरिएको छ । यसबाट जिल्ला प्रशासन कार्यालय पर्सामा आउने जिल्लावासीलाई सुविधा भएको छ । प्रशासन कार्यालय पर्साको ‘सरकारी’ पाराको कार्यशैलीलाई पूरै फेरिएर सेवाग्राहीमूखी भएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी कार्यालय प्रमुखको रुपमा आएपछि कार्यालयको कार्यशैलिमा परिवर्तन भएको हो । उहाँ आएको दोश्रो दिन देखि नै राष्ट्रिय गान सुरु भएको एक कर्मचारीले बताए । बिलम्ब गरी आउने कर्मचारीलाई दुई पटकसम्म सचेत गराउने र त्यसपछि पनि कार्यालय समयमा नआउने कर्मचारीलाई स्पष्टिकरण समेत सोध्ने गरिएको छ । कार्यालय संचालनको प्रक्रिया अझ चुस्त दुस्त बनाइएको जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी एवम प्रवक्ता भिमकान्त पौडेलले बताउनु भयो ।
सेवाग्राहीलाई सहज र छिटो नागरिकता लगायत सबै सेवा प्रदान गर्ने कामको थालनी गरिएको सहायक जिल्ला अधिकारी पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, ‘आफ्नै कार्यलयमा रहेका गुनासालाई समाधान गर्नुका साथै सरकारी कार्यलयहरूमा पनि छड्के र अनुगमन बढाउछौ । ’ नयाँ नागरिकता लगायत प्रतिलिपि समेत पाउन हप्तौ लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयको सधैको गुनासा हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि