Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महानगर हराभरा र समृद्धिका लागि वन परियोजनाको अभिमुखिकरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ४, २०७९
महानगर हराभरा र समृद्धिका लागि वन परियोजनाको अभिमुखिकरण

वीरगंज (पर्सा), ४ फागुन / वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको बताएका छन् । महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हराभरा बनाउनेतर्फ महानगर लागिपरेको प्रमुख सिंहको भनाई छ । रुख रोप्नु मात्रै नभएर त्यसको संरक्षणका लागि पनि महानगरले योजना बनाएको उनको भनाई छ ।
वीरगंज महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यम सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । अभिमुखीकरणमा प्रशिक्षण दिँदै वातावरण संरक्षण र गरिबी निवारणका लागि वनको विस्तार गर्नुपर्ने डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फर्मान मियाँले बताए । मियाँले वनमार्फत समृद्धि हाँसिल गर्न सकिने धारणा राखे । समृद्धिका लागि वन परियोजना अन्तर्गत वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्ष एवम् सचिवहरुको लागि आयोजित अभिमुखीकरणका अवसरमा मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पारेका थिए ।
तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको बताए । हरित गृह ग्यासको उत्सर्जन र यसले पार्ने प्रभावसँगै वनमार्फत यसलाई न्युनिकरण गर्न सकिने बारेमा पनि उनले जानकारी दिए । औद्योगिकरण, सवारी साधन, फोहोर, वन विनाश आदिका कारण हरित गृह ग्यासको उत्पादन बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । साथै पृथ्वीको सुरक्षाका लागि रुख रोप्नुको विकल्प नरहेको बताए । मियाँका अनुसार नेपालसँग १२ लाख मेट्रिक टन कार्वन उत्सर्जन गर्ने क्षमता छ । अभिमुखीकरणमा वन प्राविधिक दशरथ रौनियारले पनि वनमा आधारित उद्यमका बारेमा जानकारी गराए ।
वनमा आधारित उद्यम सञ्चालनका लागि बैंक एवम् वित्तिय संस्थाबाट ऋण लिँदा ९ प्रतिशत भन्दा बढी ब्याज लिन नमिल्ने पनि उनले जानकारी दिए । अभिमुखीकरणमा सहभागी वीरगंज महानगरपालिका वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्राले वडालाई अधिकार नदिँदासम्म सिकेका कुरालाई व्यवहारिक बनाउन नसकिने बताए । अभिमुखीकरण एवम् तालिममा सिकेका कुरालाई लागु गर्नका लागि वन संरक्षण एवम् वृक्षरोपण लगायतका कार्यका लागि वडाहरुलाई पनि आवश्यक बजेट उपलब्ध गराउनुपर्ने वडाअध्यक्ष मिश्राको माग थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि