Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डलर खर्चिएर भटाभट ‘पिएचडी’ उपाधि किन्दै व्यवसायी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३, २०७९
डलर खर्चिएर भटाभट ‘पिएचडी’ उपाधि किन्दै व्यवसायी

काठमाडौं, ३ फागुन / मुलुकमा नाम चलेका उद्योगी–व्यवसायीलाई पछिल्लो समय नयाँ इच्छाले निकै घर गरिरहेको छ । र, त्यो हो– आफ्ना नामको अघिल्तिर ‘डा.’ उपाधि झुन्ड्याउने । यो कामका लागि न कुनै विश्वविद्यालय गएर नियमित कक्षा लिनुपर्छ, न जाँच दिएर उत्तीर्ण भई ‘थेसिस’ बुझाउनुपर्छ । यस्ता झन्झट नगरी सिधै केही लाख रुपैयाँ खर्चिने हो भने आफ्नो नामका अघिल्तिर डा. लेख्न पाउने ‘पिएचडी’ (विद्यावारिधि) को सम्मान घरमै आइपुग्छ ।
यसरी पिएचडी सम्मान खरिद गरेर केही व्यवसायीले आफ्ना नाम अगाडि डा. लेख्न पनि भ्याइसकेका छन् । भलै, यो उनीहरूको व्यक्तिगत इच्छा वा रुचि भए पनि यसले समाजमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण पक्कै सकारात्मक हुँदैन । आफ्नो नामका अघिल्तिर डा. उपाधि लेख्न रुचि भएका उद्योगी÷व्यवसायीलाई हरेक वर्ष पिएचडी सर्टिफिकेटको इमेल आउँछ । विश्वमा नाम चलेका विभिन्न विश्वविद्यालयबाट पिएचडी उपलब्ध गराउने र त्यसका लागि ६ हजार अमेरिकी डलर खर्चिनुपर्ने इमेल दिनहुँ व्यवसायीसम्म आइरहेका छन् । कतिपय व्यवसायीले ६ हजार डलर (विनिमयअनुसार ७ लाख ९२ हजार रुपैयाँ) तिरेर पिएचडी अर्थात आफ्नो नामको अघिल्तिर ‘डाक्टर’ (डा.) लेख्न थालिसकेका छन् ।
व्यवसायीका अनुसार विश्वका नाम चलेका विश्वविद्यालयका एजेन्ट अफिस नेपालमै खुलेका छन् । काठमाडौंका कोटेश्वर, नयाँबानेश्वर, पुतलीसडक लगायत ठाउँमा ती विश्वविद्यालयका एजेन्ट बस्छन् र व्यवसायीसँग निरन्तर ‘निगोसिएसन’ का लागि ‘अप्रोच’ गरिरहेका हुन्छन् । नामका अघि डा. राख्न लालायित व्यवसायीहरु ६ हजार डलर खर्चिन तम्तयार छन् । अहिले नाम चलेका केही व्यवसायीले उक्त परिमाणबराबरको रकम खर्चेर डा. उपाधि लिइसकेका छन् ।
यसरी रकम खर्चेर पिएचडी उपाधि लिनेमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, ह्याम्स अस्पतालका अध्यक्ष राशरण भण्डारी, ग्रान्डी इन्टरनेसनल अस्पतालका अध्यक्ष दीपक कुँवर, शिवम सिमेन्ट लिमिटेडका अध्यक्ष सुरेन्द्रकुमार गोयल, वृहत ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक ओमबहादुर राजभण्डारी, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतिशकुमार मोर, सिंगापुर बेभरेज प्रालिका संस्थापक आशिष शर्मालगायत व्यवसायी छन् ।
‘कतिपय व्यवसायीलाई नेपालमा भएका एजेन्टहरूले बारम्बार फोन गरिरहेका हुन्छन्,’ उद्योगी शशिकान्त अग्रवालले भने, ‘भारतमा रहेका प्रख्यात विश्वविद्यालयबाट पिएचडी सर्टिफिकेट दिने र त्यसवापत न्यूनतम शुल्क लाग्ने भन्दै पटक–पटक फोन आउँछ । म आफैंले कैयौंपटक उनीहरूको प्रस्ताव नकारेको छु ।’ कतिपय व्यवसायीलाई नेपालमै रहेका एजेन्टले फोन गरेर पिएचडी सर्टिफिकेट लिन अनुरोध गरिरहेका छन् भने कतिपय व्यवसायीलाई भारत तथा अन्य देशबाट फोन आउने गरेको छ ।
‘फेब्रुअरी २६, २०२३ मा इन्डोनेसियामा पिएचडी वितरण कार्यक्रम राखिएको इमेल मलाई पनि आएको थियो,’ उद्योगपति पशुपति मुरारकाले भने, ‘मैले सिधै अस्वीकार गरिदिएँ ।’ साभार : क्यापिटल नेपाल

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि