Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धार्मिक सम्पदा जोगाउँदै वीरगन्ज स्थित पशुपतिनाथ मन्दिरमा महाआरती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०७९
धार्मिक सम्पदा जोगाउँदै वीरगन्ज स्थित पशुपतिनाथ मन्दिरमा महाआरती

वीरगंज (पर्सा), २ फागुन / वीरगन्ज महानगरपालिका वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयको सहयोगमा वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएको छ । काठमाण्डौको पशुपतिनाथ मन्दिरमा रहेको शीवलिङ्ग जस्तै पन्चमुखी शीवलिङ्ग रहेको काठमाण्डौ बाहेक देशभरमै एक मात्र रहेको पिपराको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएको हो ।
त्यसका लागि महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्यकरणको काम थालिसकेको छ । यसका साथै मन्दिर परिसरमा सोमबार बेलुकी महाआरती पनि सम्पन्न भएको छ । सोमबार बेलुकी आयोजित महाआरतीमा काशी विश्वनाथका मुख्य पूजारी पण्डित डा। श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दास पनि सहभागी थिए । महाआरतीमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम,हिन्दुवादी अगुवा , समाजसेवी ,उद्योगी व्यवसायीका साथै स्थानीय पनि उल्लेख्य संख्यामा सहभागि भएका थिए । महाआरति अघि मन्दिर परिसरमै भव्य प्रवचन समारोहको पनि आयोजना गरिएको थियो ।पशुपतिनाथ मन्दिरमा अब हरेक सोमबार साँझ आरती समारोह विश्व हिन्दु परिषदका अगुवा रन्जित सर्राफले बताए ।
वीरगन्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले अभियान नै सन्चालन गरिरहेको छ । त्यहि अभियान अन्तर्गत नै पिपराको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गर्न थालिएको वीरगन्जका मेयर राजेशमान सिंहले बताए । तराई मधेसमै एक मात्र रहेको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर सोमबार बेलुकी महाआरती गरिएको उनले बताए । उनले भने ,‘ अहिले तत्कालै हामीले मन्दिर परिसरको सरसफाइ गरेर मन्दिरलाई सिंगारेका छौ , बत्तीहरु जडान गरेका छौ , नियमित पूजापाठका लागि पूजारीको व्यवस्था पनि गरिसकेका छौ , अब थप बजेट व्यवस्थापन गरेर मन्दिर परिसरलाई पार्कका रुपमा निर्माण पनि गर्छौ ।
काठमाण्डौ स्थित पशुपतिनाथ मन्दिर सम्म जान नसक्ने भक्तजनहरुले यहि मन्दिरमा पुगेर पूजाअर्चना र दर्शन गर्न सक्ने गरि यसलाई मधेस प्रदेशकै प्रमुख धार्मिक स्थलका रुपमा स्थापित गर्ने योजनाका साथ महानगरले काम अगाडि बढाइसकेको मेयर सिंहले बताए । पिपराका स्थानीयवासी समेत रहेका वरिष्ठ पत्रकार चन्द्रकिशोरले झण्डै चार दशक भन्दा पुरानो पिपराको पशुपतिनाथ मन्दिर , काठमाण्डौको पशुपतिनाथ मन्दिरकै स्वरुप र प्रकृतिमा रहेको बताए । उनले भने ,‘ काठमाण्डौको पशुपतिनाथ मन्दिरमा जुन स्वरुपको पन्चमुखी शीवलिङग् छ , त्यहि स्वरुपको पन्चमुखी शीवलिङ्ग यो पिपराको पशुपतिनाथ मन्दिरमा पनि छ , यस्तै काठमाण्डौको जस्तै मन्दिरको ठिक सामुन्ने विशाल नन्दीको शालिक यहाँ पनि छ । नेपालमा काठमाण्डौ बाहेक पशुपतिनाथको मन्दिर पिपरामा मात्रै रहेको पनि उनले बताए । मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिर र यसको पौराणिक महत्व बारे व्यापक प्रचार प्रसार गर्न सकिए यो मन्दिर वीरगन्जको मात्र नभइ मधेस प्रदेशकै प्रमुख धार्मिक गन्तव्य स्थल बन्ने सक्ने चन्द्रकिशोरले बताए ।
काठमाण्डौको पशुपतिनाथ मन्दिरसंग पिपराको पशुपतिनाथ मन्दर बिच पौराणिक सम्बन्ध पनि रहेको उनले बताए । उनले भने ,‘ शीवरात्रीमा भारतबाट आउने भारतीय भक्तजनहरु पहिले सडक र यातायातको सहज सुविधा नहुदा काठमाण्डौसंग पुग्न सक्दैनथे , त्यो बेला उनिहरु यहि पिपराको पशुपतिनाथ मन्दिरमा आएर पुजापाठ र दर्शन गरेर फर्किन्थे । पिपराको पशुपतिनाथ मन्दिरको संरक्षण र सौन्दर्यकरण गर्दै धार्मिक गन्तव्यस्थल बनाउन महानगरले अभियान थालेको भएपनि मन्दिर भएको जग्गा नेपाल सरकारको स्वामित्वमा भएका कारणले महानगर सामु केहि चुनौती छख । त्यस कारण मन्दिर भएको जग्गाको स्वामित्व नेपाल सरकारले महानगरलाई हस्तान्तरण गर्नु पर्ने वरिष्ठ पत्रकार चन्द्रकिशोर बताउछन् । उनले भने ,‘ पिपराको पशुपतिनाथ मन्दिर , वीरगन्ज शहरको धार्मिक सम्पदा पनि हो ,र महानगरले यसको संरक्षण र सम्बद्र्धनका लागि अग्रसरता लिइसकेको अवस्थामा यो जग्गाको स्वामित्व सरकारले महानगरलार्य दियो भने यो पुनित कार्यमा महानगरलाई अझ धेरै सजह हुनेछ ।
किनकि वीरगन्ज महानगरमा रहेका थुप्रै सार्वजनिक जग्गा र धार्मिक सम्पदाहरु अतिक्रमणमा परिसकेको अवस्था रहेकाले त्यसलाई जोगाउनका लागि पनि सरकारले ती सार्वजनिक सम्पदाको स्वामित्व महानगरपालिकालाई दिनु पर्ने उनी बताउछन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि