Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गोतामे पत्रकारिता स्वणर्पदकबाट महिला पत्रकार झा पुरस्कृत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०७९
गोतामे पत्रकारिता स्वणर्पदकबाट महिला पत्रकार झा पुरस्कृत

वीरगंज (पर्सा), २ फागुन / पत्रकार गोपालचन्द्र गौत्तम प्रतिष्ठान वीरगंजले गोतामे पत्रकारिता स्वणर्पदकबाट महिला पत्रकार मनिका झालाई पुरस्कृत गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. १५ स्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा आयोजिकत गोतामे पत्रकारिता स्वणर्पद वितरण समारोहमा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पत्रकार झालाई एकतोलाको स्वणर्पदक प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रमाणपत्र, स्वर्गिय गोपालचन्द्र गौत्तमकी पत्नि शोभा गौत्तमले टिका, माला लगाइन भने प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले पत्रकार झालाई शल पहि¥याउनु भएको थियो । सो अवसरमा वोल्दै नगरप्रमुख सिंहले पत्रकार गोपालचन्द्र गौत्तम वीरगंजको धरोहर भएको बताए । उनले पत्रकार गौत्तमको नाममा प्रतिष्ठानले पुरस्कारको आयोजना गर्दै आएकोमा प्रशंसा गर्दै उनको नाममा सडक र शालिक बनाउन सुझाए ।
नगर प्रमुख सिंहले प्रतिष्ठानका लागि दश लाख सहयोग गर्ने घोषणा पनि गरे । उनले वीरगंजको नाम देशभर फैलाउने सबैको नाममा वीरगंजमा म्युजियम बनाउने र उनिहरुको कृति नयाँ पुस्तालाई सुनाउने वातावरणको निर्माण गर्न महानगरले साथ र सहयोग गर्ने बताए । नगर प्रमुख सिंहले सत्य समाचार प्रकाशन गर्न पत्रकारहरुलाई सुझाए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्व. पत्रकार गौत्तमको नाममा मोफसलमा रहेर विशिष्ठ पत्रकारिता गर्ने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएकोमा प्रतिष्ठानको प्रशंसा गरे ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले आर्थिक नगरीको रुपमा चिनिएको वीरगंजमा सङ्घले यहाँको पहिचान देशभर बनाउने व्यक्तित्वहरुको बारेमा केही गर्ने सोच बनाएको बताए । नेपाल पत्रकार महासङ्घका पुर्व उपाध्यक्ष महेश दासले वीरगंज कार्यक्षेत्र बनाएर पत्रकार गोतामेले पत्रकारिताको माध्यमबाट वीरगंजलाई देशभर चिनाउने कार्य गरेको बताए । प्रतिकुल समयमा पत्रकार गोतामेले कलम चलाएकोलाई चानचुने मान्न नसकिने बताए ।
पुरस्कृत व्यक्तित्व पत्रकार मनिका झाले पत्रकार गोपालचन्द्र गौत्तमको नामबाट स्थापित पुरस्कार प्राप्त गरेर आफुमा थप उर्जा आएको बताइन । उनले पत्रकारिताका लागि पतिले दिदै आएको साथ र सहयोग पनि सम्झिन । पत्रकारिता पेशा नै चुनौतीको विषय भएको र महिलाहरुलाई पुरुषको तुलना अझ बढी चुनौती रहेको उनले बताइन । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले स्वागत गर्दै पत्रकार गोतामेको सङ्घर्षपुण जीवनगाथाका बारेमा सहभागिहरुलाई अवगत गराएका थिए ।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्मालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, पूर्व अध्यक्ष शत्रुधन नेपाल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य प्रताप श्रेष्ठले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि