Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उद्दारका लागि इराक र कुवेतबाट नेपाली चेलीको चीत्कार !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २७, २०७९
उद्दारका लागि इराक र कुवेतबाट नेपाली चेलीको चीत्कार !

काठमाडौं, २७ माघ / कुवेत गएकी सिन्धुपाल्चोककी रजिना कार्की र इराक पुगेकी मिना धिमाल अहिले संकटमा छन् । रजिना सिकिस्त अवस्थामा छिन् । उनको उद्दार गरिदिन आग्रह गर्दै आफन्तहरु हाम्रो कार्यालयमा आएका छन् । मोरङ उर्लाबारीकी मिना धिमाल चाहिँ इराकमा आफू काम गर्ने कम्पनीका साहुबाट कुटपिटमा परेकी छिन् ।
सिन्धुपाल्चोक बलेफि गाउँपालिका १ की रजिना कार्की कुवेतमा बिचल्लीमा परेकी छिन् । घरेलु कामदारका रुपमा उनी कुवेतको जिलिप भन्ने स्थानमा पुगेकी छिन् । पहिले काम गर्ने घरमा घरमालिकको चर्को शोषणमा परेपछि उनी दोस्रो घरमा काम गर्न पुगिन् । तर, त्यहाँ पुगेपछि अहिले उनी बिरामी छिन् । काम गर्न सक्ने अवस्थामा पनि छैनन् । दुई महिनादेखि वेडमै थलिएकी रजिनाले आफ्नी दिदीलाई भिडियो सन्देश पठाएकी थिइन् । रजिना दिदीलाई उक्त भिडियो सन्देश पठाएपछि उनका आफन्तहरु पनि निकै तनावमा छन् । आफन्तहरु उनको उद्दारका लागि न्यूज २४ टेलिभिजनबाट संचालित ‘सिधा कुरा जनतासँग’ को सहारा खोज्दै आफन्तहरु टेलिभिजनको सम्पर्कमा आएका छन् ।
रजिना छाती दुख्ने र बेला बेला मुखबाट रगत आउने समस्याबाट अहिले प्रताडीत बनेकी छिन् । उनलाई कुन रोगको समस्या देखिएको हो ? एकिन छैन् । कारण उनले उपचार नै पाउन सकेकी छैनन् । एजेण्ट राम लामा र पूर्ण बहादुर सोटी मगरले रेजिनालाई भारतीय बाटो हुँदै कुवेतमा पुर्याएका थिए । त्यसमाथि रोजगारीका लागि भन्दै भिजिट भिसामा एजेण्टहरुले त्यहाँ पुर्याएका थिए । एजेण्ट मगर अहिले दुबईमा छन् भने लामा चाहीँ कुवेतमै छन् । यी दुबैले रजिना बिरामी पर्दा न उनको उपचारमा चासो दिएका छन् न त नेपाल फर्काउन पहल नै गरिरहेका छन् । सामान्य विरामी त जो पनि हुन्छ नि भन्दै पन्छिने गरेका छन् । उल्टै रजिनाको परिवारसँग पैशाको बार्गेनिङ गरिरहेका छन् ।
सामान्य उपचार अहिले रजिना आफैले गराएकी छिन् । तर, उनीको शल्यक्रिया गर्नुपर्ने सम्मका जटिल समस्या रहेको चिकित्सकले बताइरहेका छन् । दुइ महिना भित्र शल्यक्रिया नगरे स्वास्थ्य झन् बिग्रिने खतरा रहेको चेतावनी समेत चिकित्सकको छ । तर, यस्तो गम्भिर अवस्थामा पनि उनी उपचार नपाएर विदेशमा छट्पटिरहेकी छिन् ।

इराकबाट समेत अर्की चेलीको भिडियो सन्देश, उद्दारका लागि गुहार
यस्तै इराकबाट समेत अर्की नेपाली चेलीले उद्दारका लागि गुहार मागेकी छिन् । हाल इराकको बगदादमा रहेकी मोरङ उर्लावारीकी मिना घिमालले आफुलाई कम्पनीका मालिकले कुटपिट गरेको गरेको बताएकी छिन् । मिनाले पठाएको भिडियो सन्देशमा बताए अनुसार मालिकले उनलाई छातिमा लात्तै लात्ताले हिर्काएका छन् । भिडियोमा उनले आफुलाई इराक पुर्रयाउने एजेण्टहरुको समेत नाम बताएकी छिन् । साभार : न्यूज २४ टेलिभिजन

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मौसमका कारण नेकपा पर्साको जिल्ला एकता कार्यक्रम असोज १४ गते सर्‍यो

मौसमका कारण नेकपा पर्साको जिल्ला एकता कार्यक्रम असोज १४ गते सर्‍यो

अशोज ६, २०८३
नेका वडा नं. १२ को अधिवेशन सम्पन्न

नेका वडा नं. १२ को अधिवेशन सम्पन्न

अशोज ६, २०८३
सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइयो

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइयो

अशोज ६, २०८३
दसैँमा वीरगंज बजार सुनसान, रक्सौलमा गुल्जार ! सडक फुटपाथमा भीडभाड, सपिङ सेन्टर सुनसान

दुई दशकअघि वीरगंज विश्वविद्यालयका लागि दिएको एक दिनको तलब, अनुसन्धानको घेरामा !

अशोज ६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि