Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रविको रमिता र साँढे पत्रकार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २४, २०७९
रविको रमिता र साँढे पत्रकार

काठमाडौं, २४ माघ / यहाँ पत्रकारिताको धर्मका कुरा हुन्छन् । पत्रकारिताको मर्ममाथि बहस चल्छन् र अझै पनि चलिरहेका छन् । सार्वजनिक अडिट खोज्ने पत्रकारमाथि केहि दिन अघि रवि लामिछोले प्रश्न तेर्साएपछि पत्रकार महासंघले विज्ञप्ति निकाल्यो । आरोपितहरुले बोल्नै परेन पत्रकार महासंघले नुनको सोझो गरिहाल्यो । एक पटक विगतलाई फर्किएर हेरौं ।
पत्रकारको भौतिक र पेशागत सुरक्षाका लागि चासो र चिन्ता व्यक्त गर्ने मूलधारका मिडियाहरु तिनै पत्रकार रवि लामिछाने पक्राउ पर्दा किन मौन थिए ? महासंघ कहाँ बोल्यो ? किन पत्रकार शालिकरामको मृत्यु उनीहरुको खोजीको विषय बनेको थिएन ? अनि आज रास्वपा सभापति तिनै रवि लामिछानेले मिडिया माथि प्रश्न गर्दा वाक स्वतन्त्रता माथि नै हस्तक्षेप भयो भन्दै महासंघ किन रुनु पर्ने ?
प्रश्न गर्ने ठेक्का पत्रकारको मात्र हो ? प्रश्नको सामना चै मिडिया गर्नै नपर्ने हो ? पत्रकारको आलोचना हुनै नहुने हो ? पत्रकारले पब्लिक अडिट गर्नु नपर्ने हो ? मेयर बालेनलाई प्रश्नबाट भाग्ने उपमा दिँदै गर्दा के हामी पत्रकारचाहिँ असनको साँढे हो ? साँच्चै लोकतन्त्रमा सार्वजजिक व्यक्ति र संस्थामाथि सबैलाई प्रश्न गरिन्छ र जवाफको अपेक्षा पनि हुन्छ । पत्रकार पेशाले पत्रकार मात्र हैन, सार्वजनिक व्यक्ति पनि हो ।
एउटा काल थियो– काँच या सिनेमाका पर्दामा देखिने जति सबै हिरो दरिन्थे । अब पर्दामा देखिनेले न्याय गर्नुपर्छ भन्ने संसारको सर्वमान्य सत्यले जितेपछि मानिसहरु सचेत भए । अब सूचना कोच्याउने जमाना गए । मानिसको हातमा लाखौं रोजाइ छन्, जो संसारको जुनसुकै कुनाबाट छिन्का छिन् रोजी रोजी हेर्ने, सुन्ने क्षमता प्राप्त छ ।
बिडम्बना, पत्रकारको हकहितका लागि खडा भएको भनिएको नेपाल पत्रकार महासंघ श्रमजीविको मुद्दामा लाचार छ, निरिह बन्ने गरेको छ । महासंघको नेतृत्व आफैं सत्ताको ढाल बनेर मूल मुद्दालाई विषयान्तर गर्न लागिपरेको छ । यसले महासंघकै औचित्यमाथि प्रश्न खडा गरिरहेको छ । दलका केही ‘झोले’ हरुलाई सत्ताको चाकडी गर्न र विदेश सयर गर्नकै लागि महासंघ किन चाहियो ? जवाफ कसले दिने ? किनकि यहाँ पत्रकारलाई प्रश्न गर्न बर्जित छ ।
हामी सबैले देखे–बुझेकै सत्य हो कि नेपालका चल्तापुर्जा अधिकांस पत्रकारहरु कुनै न कुनै दलको विचार बोकेको कार्यकर्ता छन् । कोहिँ एमालेका छन् । कोहिँ कांग्रेसका त कोहिँ माओवादीका । प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर आदि नाम ट्यागको झोलमा आबद्ध छन् । यसरी दलको अनुशासनमा बाँधिएका र दलकै मार्गनिर्देशनमा चल्नेहरु महासंघको नेतृत्वमा आएपछि उनीहरुले पत्रकारिताको व्यावसायिक हित, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको पक्षमा सशक्त आवाज उठाउन भनेर कसरी पत्याउँने ?
दूतावासबाट हण्डी थापेको आरोप लाग्छ, दाताबाट पनि शुभलाभ लिएको भन्ने गरिन्छ । राजनीतिक दलको झोले बनेको छ । यदि यहि सत्य हो भने चारैतिरबाट ‘चारो’ ग्रहण गरेपछि पत्रकार कसरी व्यावसायिक हुने ? अनि जो सच्चा, स्वतन्त्र, निडर र निर्भिक पत्रकार छन्, उनीहरुको हालत चौपट छ । न त उसले पत्रिका चलाउन सक्छ, न आफ्ना कामदारलाई तलब दिन नै सक्छ । न त उसले कतै नियुक्ति पाउँछ, न राज्यको कुनै सहयोग ।
व्यावसायिक पत्रकारहरुलाई अहिले पनि पत्रकारिता गर्न हम्मे–हम्मे छ, छाक टार्नैै धौँ–धौँ छ । किनकि झोलेहरुकै रजगज छ । यहिँ कारण आज पत्रकारिताको आवाज कमजोर भएको छ । चरित्र, नैतिकता र प्रेसको धर्मबाट च्यूँत पत्रकारहरुकै रजगज भएको बेला राज्यले कसरी उनीहरुको कुरा सुन्छ ? यतिबेला राज्यले पत्रकारहरुको आवाजलाई बालै नदिएको अवस्था छ । यहिँ कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खतरामा छ ।
अब कुरा गरौं रवि लामिछानेको । सत्य के हो भने देशको उपप्रधानमन्त्री भइसकेको व्यक्ति रवि लामिछानेले सयौँ मिडियाका सामुन्ने जे बोले र जसरी बोले, त्यो आपत्तिजनक र निन्दनीय छ । हाम्रो संविधानले वाक् स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । त्यसैले बोल्न सबैले पाइन्छ तर निराधार आरोप लगाउन पाइँदैन । लगाएका आरोप पुष्टि गर्न सक्नुपर्छ । व्यक्ति विशेषका ‘कथा’ सुनाएर समग्र पत्रकारिता क्षेत्रलाई नै लाञ्छित गर्न पाइँदैन । समग्र पत्रकारलाई एउटै डालोमा हालेर डालोबाहिर नै फोहोर लेख्न पाइँदैन । त्यो आपत्तिजनक छ ।
रवि लामिछानेको उदयले अरू पार्टीमा पनि सुधारको दबाब बढ्ला भन्ने आशा थियो । देशमा केही सकारात्मक सपना सञ्चार भएको थियो । त्यो आशा निराशामा बदलिँदै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र योग्य, ऊर्जावान्, नैतिक र शिष्ट सांसद र केन्द्रीय नेता छन् । असल शुभेच्छुक पंक्ति ठूलो छ । ती सबैलाई रविका बोलीले केहि हदसम्म निराश पारिदिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि