वीरगंज (पर्सा), २३ माघ / वीरगंज कारागारमा रहेको समता स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई सोमबार निःशुल्क रुपमा जुता तथा कापी, कलम, साबुन, बिस्कुट र जुस लगायतका सामग्री बितरण गरिएको छ । परिर्वतन नेपाल फाउन्डेसनको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हाल टोल वीरगंजे सोमबार बिद्यालयमा अध्ययनरत ७५ जना बिद्यार्थीहरुलाई सो सामग्री वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक बिशाल मल्लले बिधार्थीहरुलाई सामग्री बितरण गर्दै सामाजीक कार्यमा सबैले हातोमालो गर्दै अगाडी बढन आग्रह गरे । उनले अगामी दिनमा पनि सामाजिक कार्य गर्नका साथै यस क्षेत्रको शान्ति सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरी, परिर्वतन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर वर्णवाल, सामुदायिक कुम्हाल टोलका सल्लाहकार नन्दलाल राउत, विद्यालयका शिक्षक, शिक्षिका लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
दुई कक्षासम्म पढाई हुने सो विद्यालयमा करागारमा रहेका कैदीबन्दीका छोरा÷छोरी लगायत अति बिपन्न वर्गका छोरा/छोरीहरुले शिक्षा आर्जन गर्दै आएका छन ।
प्रतिक्रिया दिनुहोस् !