Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न महानगर लागि परेको छ : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०७९
वीरगंजलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न महानगर लागि परेको छ : मेयर सिंह

वीरगंज (पर्सा), २३ माघ / वीरगंज (पर्सा), २३ माघ ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न महानगर लागि परेको बताएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज तथा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपद्वारा वीरगंजमा आयोजित ‘पर्यटन प्रवद्र्धन तथा पर्यटन सुरक्षामा सरोकारवाला निकायहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले सो कुरा बताएका हुन् ।
उनले भारतीय पर्यटक भित्र्याउने गरि महानगरले काम गरिरहेको भन्दै त्यसमा सबैले साथ र सहयोगको आवश्यक्ता रहेको बताए । वीरगंजमा धेरै आउने भनेको भारतीय पर्यटक नै हो, यहाँका पर्यटन व्यवसायी पनि भारतीय पर्यटकको पर्खाइमै रहेका हुन्छन्, त्यसैले हामीले पनि भारतीय पर्यटक बढि भित्र्याउन विभिन्न कार्यहरु गर्दै आएको बताए । उनले विगतमा भारतीय सवारी साधनहरुसँग विभिन्न करको नाममा कर उठाइने कार्यलाई बन्द गरिएको भन्दै भारतीय गाडीहरुसँग गरिने व्यवहारमा पनि परिवर्तन भएको उनको भनाई छ । पहिलो भारतीय नम्बरको गाडी हेर्ने वित्तिकै ट्राफिक प्रहरीदेखि प्रहरी प्रशासन तथा अन्य व्यक्तिहरु पनि नराम्रो व्यवहार गर्ने गरेको अवस्थामा अहिले भारतीय पर्यटकहरुलाई यहाँका नागरिकदेखि प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए ।
भारतीय सवारी सँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भएपनि भारतीय पर्यटकको आगमनले पर्यटनसँग आश्रित व्यवसायी र परिवारको घर चल्न ठूलो मद्दत मिलेको उनको भनाई छ । महानगरले माइस्थान मन्दिर सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उनले अब १५० वर्ष भन्दा बढि पुरानो नृसिंह पिपरा मठको पुनः निर्माणमा आफूहरु लागि परेको बताए । आउँदो चैतसम्ममा वीरगंजको मुहार फेर्ने गरि महानगरपालिकाले काम गरिरहेको भन्दै त्यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । सबैले आफ्नो ठाउँबाट काम गरे मात्रै वीरगंजलाई आर्थिक नगरीसँगै पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिने कुरामा जोड दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायत होटल व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि