Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेस प्रदेशमा लागुऔषध प्रयोगकर्ता र अपराध बढ्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २१, २०७९
मधेस प्रदेशमा लागुऔषध प्रयोगकर्ता र अपराध बढ्दै

वीरगंज (पर्सा), २१ माघ / लागुऔषधको प्रयोगका कारण मधेस प्रदेशमा अपराधिक घटनाहरु बढ्दै गएको भन्दै नेपाल प्रहरीले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारणले खुला सीमानाकाका कारण पनि लागुऔषधका कारण विभिन्न अपराधिक घनाहरु बढ्दै गएका हुन् । खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिले हुने र त्यसले झनै विकृति र अपराधिक क्रियाकलापहरु बढ्नलाई मद्दत गरिरहेको छ । खुला सीमानाका कारण सुगम बनाउने भन्दा जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
उनले खुला सीमाका कारण मधेसका जिल्लाहरुमा अपराध थपिँदै गएको र युवाहरु लागुऔषध लगायतको कुलतमा समेत फस्ने क्रम बढिरहेको बताए ।
मधेस प्रदेश लागुऔषध दुव्र्यसनी र लागुऔषध कारोबारीहरुका लागि हबका रुपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाउने गरेको छ । गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागुऔषध नियन्त्रणमा लिएको थियो । जनकपुरधामबाट लागुऔषध सहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो ।
प्रहरी नायव उपरीक्षक क्षेत्रीले समाजमा लागुऔषधमा फसेको छ भन्नलाई परिवारले नै हिच्किचाउने र समयमा नै आवश्यक उपचार नगर्दा किशोरकिशोरीहरु कुलतमा झनै फस्न थालेको दाबी गरे ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै लागुऔषध दुव्र्यसनमा संलग्न र लागुऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा समेत लिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध अन्तर्गत ७ सय १४ मुद्दा दर्ता भएका थिए भने ९ सय ९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मधेस प्रदेशमा लागुऔषधको उपलब्ब्धता सहज रहेकाले नै लागुऔषध दुव्र्यसनीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागुऔषध दुव्र्यसनी बिरुद्धको अभियानमा सहभागी हुँदै आउनुभएका स्पर्श नेपालका नविन मल्लिक बताउँछन् । उनले लाुगऔषधमा फसिसकेकालाई समयमै उपचार गर्ने हो भने ठिक हुने भए पनि लागुऔषधको सेवा गर्ने बित्तिकै समाजमा बिग्रियो भन्ने मानसिकता रहेको बताए ।
त्यस्तै मधेस प्रदेशमा सीमापारिबाट मधेसका शहरसम्म लागुऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका शहरसम्म पुर्याउने र तेस्रो समूहले काठमाडौं लगायत ठूला शहरसम्म लागुऔषध पुर्याएर बिक्री वितरण गर्ने गरेको पाएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागुऔषध सेवनकर्ताहरु प्रायः एकान्त खोज्ने, लागुऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायका गतिविधिहरु देखाउने गर्दछन् । लागुऔषध सेवन गर्नेहरुलाई समयमै उपचार गर्नसके समस्याबाट मुक्त भइन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि