Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पालिकाको सरकारी गाडी घरायसी सामान किनमेल गर्न रक्सौलमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १८, २०७९
पालिकाको सरकारी गाडी घरायसी सामान किनमेल गर्न रक्सौलमा

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १८ माघ / भारतीय सिमावर्ती सहर रक्सौलमा घरायसी सामान किनमेल गर्न शनिबारको दिन सरकारी गाडी लगिएको पाइएको छ । शनिबारको दिन सार्वजनिक विदा भएको दिन सरकारी गाडी कार्यालय प्रमुख तथा मेयरका आफन्तले किनमेलको लागि भारतीय सिमावर्ती सहर रक्सौल लगेको पाइएको छ ।
स्थलगत अनुगमनको क्रममा भारतको रक्सौल स्थित भारतीय आयल कर्पोरेशनको दक्षिणपट्टि रहेको सवारी पार्किङ्गमा दुईवटा सरकारी गाडी पार्किङ्ग गरेको अवस्थामा फेला पारेका थियौं । बा. २ झ ४४३६ र मधेश प्रदेश ०३–००१ झ ००८२ नम्बरको सरकारी गाडी पार्किङ्ग स्थलमा पार्क गरि राखिएको थियो । बा. २ झ ४४३६, प्रदेश ०३–००१ झ ००८२ नम्बरको स्कार्पियो पर्सा जिल्लाकै पालिकाको गाडी रहेको बताइएको छ। दुबै गाडीमा महिला सवार भई घरायसी सामान किनमेल गर्न रक्सौल बजार पुगेका थिए ।
गाडी लिएर आएका सवारी चालकसँग बुझ्दा आफूले केही नगरेको, जसले गाडी ल्याएको छ उसैसँग गएर बुझ्न भनि त्यहाँबाट फरार भएका थिए । यो त उदाहारणको पात्र मात्रै हुन्, पर्सा जिल्लामा रहेका १४ वटा पालिकाहरुमध्ये सिमावर्ती क्षेत्रमा पर्ने अधिकाँश पालिकाको गाडी भारतीय सिमावर्ती सहरमा पुग्ने गरेको पाइन्छ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा त तस्करहरुले ल्याउने सामान भन्दा पनि बढि सामान लोड गरेर खुलेयाम मुख्य भन्सार हुँदै ल्याउने गरेको सहजै देख्न सकिन्छ ।
सरकारी नम्बरको गाडी लिएर सिमावर्ती सहरमा सामान किनमेल गर्न जाँदा सुरक्षाकर्मीले रोकटोक नगर्ने, जतिपनि सामान किनेर ल्याए पनि चेकजाँच नहुने, त्यसमा पनि आफ्नो निजी खर्च पनि नहुने कारणले गर्दा जनप्रतिनिधि तथा कर्मचारी पत्निहरु सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइन्छ । सम्बन्धित नियामक निकाय जिल्ला प्रशासन कार्यालयको कमजोरीको कारण पनि जिल्लाका पालिकाहरुको आफ्नो निजी कामको लागि जनप्रतिनिधिका आफन्त एवं प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुका श्रीमतीले गाडी लिएर घरायसी सामान किनमेल गर्न रक्सौल पुग्ने गरेका छन् ।
यसो पनि शनिबारको दिन सरकारी गाडी चलाउन नपाइने नियम रहेको अवस्थामा पालिकाको गाडी शनिबारको दिन सामान किनमेल गर्न सिमावर्ती सहर पुग्नुले त्यहाँको जनप्रतिनिधि एवं कर्मचारीहरुको कार्यशैलीलाई प्रष्टाएको छ । यसो पनि पर्सा जिल्लाको स्थानीय पालिकाहरुका जनप्रतिनिधि एवं कर्मचारी श्रीमतीहरुले सरकारी गाडीको दुरुपयोग गरेको यो पहिलो कुरा होइन, पटक पटक यो विषयको उठान गरिएको छ तर सम्बन्धित निकायको लाचारीपनको कारण सरकारी गाडी दुरुपयोगमा कमि हुनुको साथै झन बढ्दै गएको पाइन्छ ।
यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले श्निबारको दिन पास नलिईकन कुनै पनि सरकारी गाडी संचालन गर्न नपाइने भन्दै त्यस्तो पाइएमा ट्राफिकसँग समन्वय गरि नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा फर्काइने बताए । सामान्यता सरकारी विदामा सरकारी गाडी चलाउन पाइँदैन, तर कुनै यस्तो कार्यालय हुन्छ, फिल्डमा जानुपर्ने हुन्छ, शान्ति सुरक्षा कायम गर्न जानुपर्ने हुन्छ, त्यस्तो अवस्थामा जिल्ला प्रशासन कार्याल्यबाट सवारी पास जारी गरिन्छ र त्यसले मात्रै गाडी चलाउन पाउँछ तर यसरी अनुमति नलिई सरकारी विदाको दिन चलाउने गाडीलाई कारवाही गरिने उनको भनाई छ । परिवार घुमाउने सन्दर्भमा शनिबारको दिन परिवारलाई पनि लैजान नपाउने उनको भनाई छ तर यहाँ सरकारी गाडी परिवारको सदस्यहरुलाई सयर गर्नका लागि बढि प्रयोग गर्ने गरिएको पाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि