Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारा प्रहरीद्वारा एकैदिनमा ३ सय ३२ फरार अभियुक्त पक्राउ, ३६ जना कारागार चलान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ९, २०७९
बारा प्रहरीद्वारा एकैदिनमा ३ सय ३२ फरार अभियुक्त पक्राउ, ३६ जना कारागार चलान

कलैया (बारा), ९ माघ / जिल्ला प्रहरी कार्यालय बाराले एकै दिनमा ३ सय ३२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई विभिन्न अपराधमा संलग्न मध्ये फरार रहेका ३ सय ३२ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले एकैदिनमा पक्राउ गरि अदालतमा बुझाएको हो । बारा जिल्ला अदालतबाट विगो, जरिवाना, कैद फैसला भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरि कारबाहीका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुमध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगंज कारागार पठाइएको छ भने बाँकीसँग विगो, जरिवाना भुक्तानी गराइएको बताए । विगो, जरिवाना तथा कैद असुल उपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिटलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बैंकिङ कसुर ठगी मुद्दामा ६ वर्ष ५ महिना १० दिन सजाय पाएका कलैया १ निवासी विजय दास, हातहतियार तथा खरखजना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढका बन्सु चौधरी, बैङ्किङ कसुर मुद्दामा ७ लाख जरिवाना फैसला पछि फरार सिम्रौनगढका तेजाजुल अन्सारी लगायत रहेका छन् ।
अदालतबाट कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम घुँमिरहँदा समाजमा नराम्रो सन्देश जाने, अपराधीहरुको मनोबल बढेर थप अपराध गर्न प्रोत्साहित हुने हुँदा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन विशेष अभियान नै सञ्चालन गरिएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ । ७ लाखसम्म जरिवाना तोकिएका, ३ वर्षसम्म कैद फैसला भएका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको भन्दै प्रहरी उपरीक्षक बोगटीले जन्मकैदको सजाय पाएको व्यक्ति होस वा १ सय रुपैयाँ जरिवाना तोकिएको व्यक्ति फरार रहँदा फरार प्रतिवादीको संख्या बढि देखिने भएकोले पनि फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरिएको उनको भनाई छ ।
फरार प्रतिवादी पक्राउ गर्नका लागि बारामा रहेका ५१ वटै युनिटबाट प्रहरी परिचालन गरिएको थियो । १५ दिन अघिबाट निगरानी गरेर आईतबार र सोमबार उनीहरुलाई पक्राउ गरिएको थियो । कलैया स्थित जिल्ला प्रहरी कार्यालयबाट २० जना, सिमरा, निजगढ, कोल्हबी, सिम्रौनगढ, बारागढी लगायतका १० वटा ईलाका प्रहरी कार्यालयबाट १०÷१० जना र अन्य युनिटहरुबाट समेत प्रहरी परिचालन गरि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । फैसला कार्यान्वयनमा सघाउन आग्रह गर्दै बारा जिल्ला अदालतले १ हजार ३ सय ५७ जना फरार प्रतिवादीको लिष्ट प्रहरीलाई पठाएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि