Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सीमावर्ती बजारमा भारु भन्दा नेपाली रुपैयाँ बलियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ६, २०७९
सीमावर्ती बजारमा भारु भन्दा नेपाली रुपैयाँ बलियो

वीरगंज (पर्सा), ६ माघ / केही सातायता वीरगन्ज र यसको सीमावर्ती भारतीय सहर रक्सौलमा भारुको अवमूल्यन भएको छ भने नेपाली रुपैयाँ आश्चर्यजनक रुपमा बलियो बनेको छ । विगतमा वीरगन्जमा भारु हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले भारु हात पर्दा नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो– भारुको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु ।
हाल वीरगन्ज र रक्सौलमा १ सय रुपैयाँ भारुको मूल्य १ सय ५५ नेपाली रुपैयाँभन्दा तल झरेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनिन्छ । पुसभन्दा अघि रक्सौलका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारुका लागि १६५ नेपाली रुपैयाँसम्म लिन्थे ।
तर, पुसको तेस्रो सातादेखि आश्चर्यजनक रुपमा रक्सौल बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । पुस अन्त्यसम्ममा यो ‘बट्टा’ दर घटेर १ सय ६० रुपैयाँमा झर्‍यो । माघ लागेपछि आश्चर्यजनक रुपमा रक्सौल बजारमा नेपाली रुपैयाँ भारुभन्दा बलियो हुन पुग्यो । अर्थात् रक्सौलमा सुरुमा नेपाली १ सय ५८ रुपैयाँले भारु १ सय बराबर मान्यता पायो । त्यसपछि दैनिक ‘बट्टा’ दर झरेर अब नेपाली १ सय ५५ रुपैयाँ बराबर भारु १ सय रुपैयाँ बराबरको मान्यता पाएको छ ।
२०७२ सालको भूकम्पपछि भारतले नेपालमा लगाएको नाकाबन्दीको बेला रक्सौल बजारको व्यापार ठप्प भएको स्थितिमा रक्सौलका व्यापारीले यसरी नेपाली रुपैयाँलाई भारुभन्दा बढी मूल्य दिएको सम्झिन्छन् रक्सौलका पत्रकार दीपक अग्नीरथ । ‘त्यसो त रक्सौलमा नेपाली मुद्राको बट्टा लिन थालेको २५ देखि ३० वर्ष भयो होला,’ अग्नीरथ भन्छन्, ‘तर २०७२ को मधेस आन्दोलनपछि पहिलोपटक नेपाली मुद्राको मान्यता बढेको जस्तो मलाई लाग्छ, त्यति बेला उद्देश्य अर्कै थियो, अहिले अवस्था फरक छ ।’
उनले २ महिनायता नेपाल भएर भारततर्फ तस्करी हुने चिनियाँ सुन र लागुऔषध गाजाका कारण रक्सौलमा ठूलो परिमाणमा नेपाली मुद्राको माग बढेर नेपाली मुद्राको मूल्य बढेको दाबी गरे । ‘डिसेम्बर महिनादेखि चिनियाँ सुन र गाजा नेपालबाट भारत भित्रिने त्रम ह्वात्तै बढेको छ,’ उनले भने, ‘नेपाली तथा चिनियाँ व्यापारीहरूले यी दुवै वस्तुको भुक्तानी भारतीय व्यापारीहरूसँग नेपाली मुद्रामा गर्न चाहन्छन्, यस्तो अवस्थामा करोडौं रुपैयाँ नेपाली मुद्राको माग हुन थाल्यो, भारतीय सुन तथा लागुऔषध कारोबारीहरूले रक्सौल बजारमा आएको नेपाली रुपैयाँ महँगो मूल्यमा खरिद गरेर नेपाली मुद्रालाई महत्त्व दिन थाले ।’
रक्सौलकै अर्का पत्रकार गणेश कुमार २ महिनायता चिनियाँ सुन मात्र नभई गरम मसला र सिल्कको धागोको अवैध कारोबार पनि नेपाली र भारतीय व्यापारीहरुबीच बढेकाले रक्सौल र वीरगन्जमा भारुको तुलनामा नेपाली मुद्रा बलियो भएको दाबी गर्छन् । ‘नेपाली आयातकर्ताले भारतीय भूमि हुँदै तेस्रो मुलुकबाट आयात गर्ने गरम मसला, सिल्कको धागोजस्ता भारतमा अत्यधिक माग रहेका वस्तुहरु कतिपय अवस्थामा नेपाल नपुगी भारतमै अनलोड हुन्छन्, यसमा दुबै मुलुकका भन्सार कार्यालयहरुको पनि मिलेमतो हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाली आयातकर्ताले आफ्नो पेमेन्ट नेपालमा प्रतिबन्धित रहेको पाँच सय तथा २ हजार दरका भारुमा नभई नेपाली मुद्रामै लिन चाहन्छन्, त्यसका लागि नेपाली मुद्राको प्रयोग अत्याधिक भइरहेको छ ।’
डिसेम्बर अन्त्य तथा जनवरीको पहिलो साता देखि भारतीय पर्यटकहरु नेपाल घुम्न जाने क्रम ह्वात्तै बढेको तथा वीरगन्जमा क्यासिनोहरुमा पनि दैनिक ठूलो संख्यामा भारतीयहरु भारुबाटै जुवा खेल्ने क्रम बढेकाले वीरगन्जमा भारु थुप्रिएर भारुको माग नेपालमा घटेको उनको बुझाई छ । यस बाहेक भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित रहेकाले नेपालमा मदिरा सेवन तथा खरिदको माध्यमबाट पनि ठूलो परिमाणमा भारु गइरहेको उनले बताए । यसरी नेपालीले सहजै भारु पाउदा उनीहरुले किनमेलका लागि रक्सौलमा बट्टा तिरेर नेपाली रुपैयाँ पनि ल्याउन कम गरेकाले रक्सौलमा नेपाली मुद्रा बलियो भएको उनको बुझाइ छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा पछिल्लो समय चिनियाँ सुनको तस्करी वीरगन्जबाट बढेको र भारतीयहरुले बढी ब्याजको लोभमा नेपाली बैंकहरुमा रकम डिपोजिट गर्न थालेकाले पनि भारतमा नेपाली रुपैयाँको माग बढेको दाबी गरे । ‘२ महिनायता चिनियाँ सुन वीरगन्ज हुँदै भारत जाने क्रम बढेको छ,’ उनले भने, ‘यस बाहेक रक्सौल तथा आसपासका केही ठूला व्यापारीहरुले भारतीय बैंक भन्दा नेपाली बैंकमा बढी ब्याज पाइने लोभमा नेपाली बैंकमा बचत गर्न थालेको सूचना आएको छ ।’
२ सातायता वीरगन्जमा भारतीय रुपैयाँको माग पनि घटेको छ । वीरगन्जस्थित नेपाल राष्ट्र बैंक शाखामा २ सातायता दैनिक करिब १ लाख रुपैयाँ भारु मात्र सटही हुने गरेको छ । त्यसअघि दैनिक ४ देखि ५ लाख रुपैयाँसम्म भारु सटही हुने गरेको शाखाका व्यवस्थापक राजनदेव भट्टराई बताउँछन् । यसअघि दैनिक ४ देखि ५ लाख भारु सटही हुने गरेकोमा हालका दिनहरुमा दैनिक करिब १ लाख रुपैयाँ भारु मात्र सटही हुने गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दिपक गिरी वीरगन्ज हुँदै भारततर्फ चिनियाँ सुन तस्करी भइरहेको दाबी गलत भएको बताउँछन् । ‘पछिल्लो एक महिनायता सीमामा हामीले झनै कडाइ गरेका छौं, चिनियाँ सुन वा गाँजा नेपाल हुँदै भारत पुग्ने कुरा निराधार हो,’ उनले भने, ‘दुबै मुलुकबाट एक अर्को मुलुकमा हुने लागु औषध तस्करी नियन्त्रण गर्न सक्दो प्रयास गरिएको छ, सीमामा दैनिक पोके तथा साइकलमा तस्करी गर्ने वा किनमेल गर्न भारतीय बजारमा जाने प्रवृत्तिलाई पनि सक्दो निरुत्साहित गरिएको छ ।’ साभार : कान्तिपुर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि