Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पाथिभरा ट्रान्सपोर्टमा राजस्व अनुसन्धानको छापा, ट्रान्सपोर्ट एशोसिएसनको आपत्ति

अवैध कार्यप्रति ट्रान्सपोर्ट एशोसिएसनको सफाई, खुलेयाम राजस्व छलि गर्न पाउनुपर्छ भन्ने ट्रान्सपोर्ट एशोसिएसनको मनसाय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ५, २०७९
पाथिभरा ट्रान्सपोर्टमा राजस्व अनुसन्धानको छापा, ट्रान्सपोर्ट एशोसिएसनको आपत्ति

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ५ माघ / राजस्व अनुसन्धान कार्यालय पथलैयाले वीरगंजको एक ट्रान्सपोर्टमा गरेको छापामारीप्रति ट्रान्सपोर्ट एशोसिएसन वीरगंजले विरोध जनाएको छ । एशोसिएसन वीरंगंजका अध्यक्ष बालकृष्ण बस्नेतले आदर्शनगर स्थित श्री माँ पाथिभरा ट्रान्सपोर्टमा गरिएको छापामारीको शैली गलत रहेको बताए । वडा प्रहरी कार्यालय वीर्ताले रातिको १२ बजे आएर ताल्चा लगाएको र तेश्रो दिनमा आएर आफ्नो मनोमानी रुपमा ताल्चा खोली छापामारी गरेकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाए ।
राजस्व छलिलाई नियन्त्रण गर्न अनुसन्धान गर्नु राम्रो पक्ष हो तर प्र्रक्रिया नै पुरा नगरि गरिएको छापामारीको शैली गलत रहेको आरोप लगाए । अनुसन्धानको नाममा व्यापारीलाई दुःख दिने, तर्साउने जस्ता कार्यले भोलिको दिनमा व्यापार गर्न असहजता उपन्न हुने भन्दै बिल बिजक भएको सामान पनि आन्तरिक राजस्व कार्यालय पथलैयाले लिएर जानुले ट्रान्सपोर्ट व्यापारमा नकारात्मक प्रभाव परेको बताए ।
उनले माघ १ गते राति १ बजे प्रहरीले ट्रान्सपोर्टमा लोड भइरहेको ट्रकबाट सामान झारेर गोदाममा बिलबिजक अनुसार चेकजाँच गरेको र पछि गोदाम सिल गरेकोमा आपत्ति जनाए । उनले गोदाम सिल गर्दा प्रहरीले प्रक्रिया पूरा नगरेको आरोप लगाए । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय जनप्रतिनिधि लगायतको रोहबरमा शिल गर्नुपर्नेमा सो नगरिएको र शिल खोल्दा पनि प्रहरी एक्लैले खोलेकोले प्रक्रियागत त्रुटि रहेको बताए ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले भन्सार छलीको आशंकामा वीरगंज – १० आदर्शनगर स्थित श्री माँ पाथिभरा ट्रान्सपोर्टमा छापामारी गरि ठूलो परिमाणमा सामान नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान कार्यालयले छापामारी गरि राजस्व छलिको आशंकामा करिब १५ देखि २० लाखसम्मको सामान छानविनको लागि नियन्त्रणमा लिएर पथलैया लगेको हो ।
राजेश मल्लिकले संचालन गर्दै आएको श्री माँ पाथिभरा ट्रान्सपोर्टले भन्सार छलिको सामान वीरगंजदेखि नेपालको विभिन्न ठाउँमा पु¥याउने गरेको सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालयले छापामारी गरेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत प्रकाश कुमारले जानकारी दिए । उनले वडा प्रहरी कार्यालय वीर्ताको विशेष सूचनाको आधारमा आवश्यक अनुसन्धानको लागि यहाँबाट कपिको कभर, जाली, केमिकल, चटाई, हार्डवेयर सामान, कोदालो चकलेट लगायतका सामानहरु फेला पारेर अनुसन्धानको लागि लगिएको बताए ।
केही बिल बिजक पनि फेला परेको छ तर समय अभावको कारण बिलहरु यहाँ भेरिफाई गर्न सक्ने अवस्था नरहेकोले पथलैया लगिएको बताए । स्पोटमा सबै कुराहरु प्रष्ट हुन सक्ने अवस्था पनि आउँदैन, चेकजाँच गर्न एकदिन लाग्छ, श्रोत कागजहरु पनि संकलन गर्नुपर्छ, त्यसैले यसमा समय लाग्न सक्छ भन्दै बरामद गरिएको कागजमा एउटा पनि श्रोत कागज भेटिएको छैन, ट्रान्सपोर्ट संचालकले श्रोत कागज जति सक्दो संकलन गरेर ल्याइदिए अनुसन्धानमा सहजता हुने बताए ।
रातिको समयमा छापामारी गरिएको कुरालाई प्रष्ट पार्दै राजस्व अनुसन्धान अधिकृत प्रकाश कुमारले यसलाई त्रासको रुपमा लिनुपर्ने आवश्यकता नरहेको बताए । यदि तपाई गलत गर्नुहुन्छ भने त्रसित हुनु स्वभाविक हो तर गल्ती गर्नुभएको छैन भने त्रसित हुनुपर्ने आवश्यकता नै छैन भन्दै छापामारीको क्रममा बिज बिजक नभेटिएका सामानहरु लोड गर्ने क्रममा अलि ढिलो भएको हो, यसलाई राति भन्न नमिल्ने बताए । राजस्व चुहावट नियन्त्रणको कार्य भएको हुनाले बिहान, बेलुकी, राति कुनै पनि बेला सूचना पाएको खण्डमा राजस्व नियन्त्रणको लागि आफूले कदम चाल्न सक्ने र त्यसमा असल कार्य गर्ने व्यक्ति डराउनुनपर्ने बताए ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको विशेष प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. १० आदर्शनगर श्री माँ पाथिभरा ट्रान्सपोर्टमा माघ १ गते राति करिब १ बजेको समयमा ताल्चा लगाई शिल लगाएको थियो । ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छलिका सामानहरु लोड गरि लैजादै गरेको सुचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजांच गरि हेर्दा विलविजक बिनाका कपडाको पोका तथा अन्य शंकास्पद सामग्रीहरु बरामद भएपछि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई जानकारी गराएको थियो ।
राति भएको र माघ २ गते सार्वजनिक विदा भएको कारण त्यसलाई प्रहरीको निगरानीमा राख्नु राजस्व अनुसन्धानले भनेपछि वडा प्रहरी कार्यालय वीर्ताले रातिको समयमा नै शिल गरि प्रहरीको निगरानी बढाएको थियो । तत्कालकै अनुसन्धानको क्रममा ३ लाख भन्दा बढिको विल नभएको सामग्रीहरु र शंकास्पद बिलबिजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेपछि थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई जानकारी गराइएको थियो ।
यता ट्रान्सपोर्ट संचालक राजेश मल्लिकले प्रहरीले बिज बिजक भएको सामान पनि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको बताए । उनले गोदाममा नेपालमा उत्पादित वस्तुहरू र केही मात्रामा भारतमा उत्पादित बस्तुहरु पनि थियो तर त्यसको बिज बिजक पनि थियो, सो समेत राजस्व अनुसन्धान पठाएकोमा आपत्ति जनाए । उनले प्रहरीको यो कार्य दुःख दिने मात्र भएको आरोप लगाए । आफ्नो गोदाममा रहेका सामानहरू विभिन्न व्यक्ति, सँस्थाको रहेको र उनीहरूले बिल, भन्सार प्रज्ञापन सबै दिएकोमा त्यो पनि प्रहरीले अनुसन्धान नगरी सिधै पठाउको बताए ।
अवैध कार्यलाई रोक्न खोजिएकोप्रति ट्रान्सपोर्ट एशोसिएशन वीरगंजले सफाई दिन खोजिएको देखिएको छ । अनुसन्धानको लागि गरिएको छापामारीलाई ट्रान्सापोर्ट एशोसिएसन वीरगंजले गरेको कार्यले आफूहरु खुलेर गलत कार्य गर्न पाउनुपर्छ भन्ने मनसाय देखिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि