वीरगंज (पर्सा), ३० पुस / पर्साको पोखरिया नगरपालिकामा नेपाल विद्यार्थी (नेवि) संघको समिति गठन भएको छ । पोखरिया नगरपालिकाको वडा नम्बर ५ स्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा भएको नेवि संघको भेलाले जय प्रकाश ठाकुर अध्यक्षतामा समिति गठन गरेको नेवि संघ पर्साका सचिव फिरोज अन्सारीले जानकारी दिए ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा बिकास यादव, उपाध्यक्षमा रुपेस चौहान, वरिष्ठ सचिव मनोहर साह, सचिव दिलिप रौनियार, सह सचिव दिनेस मण्डल, राकेस मिश्रा, मजबुल्लाह मिया तेलि, कोषाध्यक्ष रिना दास, सदस्य पानालाल महतो, दिनेश पासवान, प्रवेज आलम, सुरज पटेल लगायतका चयन भएको जिल्ला सचिव अन्सारीले वताए ।
नेबि संघ पर्साका अध्यक्ष रमेश यादवको सभापतित्व र पोखरिया नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता दिप नारायण प्रसाद रौनियारको प्रमुख आतिथ्यता भएको भेलामा नेपाली कांग्रेसका रिजवान अन्सारी, राजु गिरि, सुरेन्द्र सिंह लगायतको विशेष उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !