Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यही माघ ३ गतेसम्म बालबिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा नगरे आन्दोलन गर्ने चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २९, २०७९
यही माघ ३ गतेसम्म बालबिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा नगरे आन्दोलन गर्ने चेतावनी

• विसुनदेव सरदार
सिरहा (लहान), २९ पुस / सिरहा जिल्लाको लहान नगरपालिका स्थित बालबिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा संघर्ष समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ । विगत लामो समयदेखि बन्द रहेको बाल विटौरी तथा गाउँ ब्लक जग्गा रोक्कालाई यही माघ ३ गतेसम्म फुकुवा नगरे चरणबन्द आन्दोलन गर्ने चेतावनी दिएको हो । संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष विजय कुमार महतोले बाल विटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा गर्नका लागि संघर्ष समितिले पटक पटक ध्यानाकर्षण गराउनुको साथै विरोध गर्दै आएपनि हालसम्म फुकुवा हुन नसकेकोले यही माघ ३ गतेसम्म गाउँ ब्लक जग्गा फुकुवा नभए चरणबन्द आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
सिराहा लगायत अधिकाँश जिल्लामा गाउँ ब्लक जग्गा रोक्काको समस्या रहेको छ । यसको प्रमुख कारक स्थानीय तहहरु, भुमि सुधार मन्त्रालय, नापी, मालपोत कार्यालयका कर्मचारीको ढिलासुस्ती हो । लहान नगरकार्यपालिकाको कार्यालयले आउँदो माघ ३ गतेसम्म कार्य सम्पादन गर्ने तयारीमा जुटि सकेको अवस्थामा यस समस्यालाई पनि समाधान गरिने प्रमुख प्रशासकीय अधिकृत सत्रुधन प्रसाद चौधरीले आश्वासन दिएको पत्रकार सम्मेलनमा बताइयो ।
पत्रकार सम्मेलनमा रोक्का जग्गा फुकुवाका लागि पटक–पटक मन्त्रालयमा पहल गर्दा नगरपालिका कार्यालय र नापी कार्यालयलाई संयुक्त रुपमा जग्गाको वर्ग तथा पुरानो कित्ता नम्बर मिलान गरि पठाउने गरि मालपोतको मध्स्था हुनेगरि निर्देशन दिनुका साथै वि.स. २०२९ बैशाख ०७ गते तत्कालीन लहान नगर पञ्चायद्वारा लहानका विशिष्ट श्रेणीका गाउँ–ब्लक मध्ये ३३ कित्ता जग्गामा मात्रमा बढी कर मालपोत उठाउन शिर्षक परिवर्तन गरि बालबिटौरी कर उठाउने गरि श्रेष्ता राख्ने निर्णय सुरक्षित रहेको अध्यक्ष महतोले बताए ।
हाल ३३ कित्ता नभई ६०० भन्दा बढी कित्तामा नगरपालिकाले गाउँ ब्लकको जग्गालाई पनि बालबिटौरी भनि कर संकलन गर्दै आएको भन्दै अध्यक्ष महतोले नापी कार्यालयद्वारा सबै जग्गा गाउँब्लकको नाममा नाप जाँच पहिचान गरि अधिकाँश जग्गा धनीलाई लालपुर्जा (जग्गा धनी प्रमाणपत्र) वितरण गर्नुपर्ने माग गरे । नगरपालिका र नापी कार्यालयको कर्मचारीहरुको कमिकमजोरी तथा उदाशिनताका कारणले हालसम्म बालबिटौरी तथा गाउँ–ब्लक जग्गा फुकुवा हुन् नसकेको जग्गा फुकुवा संघर्ष समितिको आरोप छ ।
यता, लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश प्रसाद चौधरीले छिट्टै यस नगरपालिका स्तर र व्यक्तिगत स्तरवाट जग्गा फकुवाका लागि प्रयास गरिने बताए । जग्गा फुकुवाको लागि हामी संघर्ष समितिसँग सहकार्य गरि अघि बढ्ने उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि