Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरोज यादव : मुख्यमन्त्रीलाई पन्छाउँदै मुख्यमन्त्री

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २७, २०७९
सरोज यादव : मुख्यमन्त्रीलाई पन्छाउँदै मुख्यमन्त्री

वीरगंज (पर्सा), २७ पुस / मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मधेशको राजनीतिमा परिचित नाम हो । बुवा परमानन्दप्रसाद यादवले पञ्चायत कालमा बसाएको राजनीतिको जगलाई उनले बहुदलीय व्यवस्थामा मात्रै होइन, संघीय गणतन्त्रमा समेत हल्लिन दिएनन् । संघीय व्यवस्थाले उनका लागि झनै अवसरको ढोका खोल्यो । ०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट बारा–१(२) मा प्रदेश सभा सदस्य निर्वाचित भएका उनी मधेश प्रदेशको सभामुख बने । पार्टीका अर्का नेता जीतेन्द्र सोनलले संसदीय दलको नेता चुनिएर सरकारमा सहभागी हुँदा सरोज सभामुख बनेका थिए ।
तत्कालीन संघीय समाजवादी पार्टी र राजपा एकीकरण भएर जसपा बन्यो । पछि जसपा विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा पुरानो राजपाका धेरै नेताले लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्दा सभामुख भएका कारण सरोज कतै खुलेका थिएनन् । ४ मंसिरको चुनावका लागि उनले जसपाबाट बारा–१(२) का लागि प्रदेश सभा सदस्यको टिकट मात्रै ल्याएनन्, निकटतम प्रतिद्वन्द्वीलाई चार हजार ८८७ मतान्तरले पराजित गरे । सरोजले १५ हजार ९ सय २७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेन्द्र प्रसाद कानुले ११ हजार ४० मत ल्याएका थिए । यसपटक मधेश प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमाले हो । तर केन्द्रमा सत्ता साझेदार दलहरुबीच प्रमुख पद भागवण्डा गर्दा मधेशको मुख्यमन्त्री पद जसपाले नै पायो । जसपाबाट यसपटक प्रदेशसभामा यसअघिका मुख्यमन्त्री लालबाबु राउत पनि निर्वाचित भएका थिए । तर संसदीय दलको नेता चयनमा सरोज सर्वसम्मत चयन हुन सफल भए ।
मधेश प्रदेशसभामा १०७ सदस्य छन् । सरकार गठनका लागि ५४ सांसदको समर्थन भए पुग्छ, तर बुधबार मुख्यमन्त्री निर्वाचित भएका सरोजलाई ६३ सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्री यादवको विगत
२०२८ साल माघ १७ गते बाराको तत्कालिन हरिहरपुर गाविस वडा न.७ मा जन्मिएका उनले सिम्रौनगढको कंकाली माविबाट एसएलसी गरे । भारत बिहारको सीतामढीस्थित लक्ष्मी किशोरी महाविद्यालयबाट आइएस्सी गरेका उनले बिएसस्सीसम्मको अध्ययन गरेका छन् । बुवाको राजनीतिक उठबसलाई नजिकैबाट नियालेका उनी ०५० सालदेखि राजनीतिमा लागे । २०२२ सालमै हरिहरपुर गाउँ पञ्चायतको प्रधानपञ्च बनेका बुवा परमानन्द ०५१ सालदेखि संसदीय राजनीतितिर लागे । त्यसपछि सरोजले पनि जनताको माझमा जाने मौका पाइहाले । उनी ०५४ सालमा तत्कालिन हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित पनि भएका थिए ।
०६४ सालको संविधानसभा निर्वाचनमा उनी बारा–१ बाट तत्कालिन सद्भावना पार्टीबाट निर्वाचित भए । ०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमास्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत बने । उनी ०६९ सालमा सद्भावना पार्टीको महासचिव र ०७३ मा उपाध्यक्ष भए । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने उनी संविधान सभा सदस्यमा पराजित भए । सरोजको ठूलो बुवाको छोरा रामकिशोर यादव पारिवारिक द्वन्द्वले त्यसबखत उनी पराजित भएको बताउँन् । ‘हामी दाजुभाइबीच त्यतिबेला राजनीतिक द्वन्द्व थियो । दुवै चुनावमा उठ्यौं, त्यसको फाइदा रामअयोध्या प्रसाद यादवलाई भयो’, उनले भने ।

काम गर्ने अवसर
सातमध्ये मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउत गद्दीले पाँच वर्षको कार्यकाल पूरा गरे । बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साइकल खरिद प्रकरणमा विवादित बने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयका सचिवसमेतका कर्मचारीलाई भ्रष्ट्राचार मुद्दा दायर ग¥यो । राउत पर्सा–१ (२) बाट पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएपनि यसपटक जसपाले नै उनलाई मुख्यमन्त्री दोहो¥याउने चाहना गरेन ।
निवर्तमान मुख्य मन्त्री राउतले भने आफूले पाँच वर्ष काम गरिसकेकोले अरु साथीलाई अवसर दिएको बताउँछन् । ‘मैले लोक सेवा पास गरेको त हैन नि, पाँच वर्ष पूरा काम गरिसकेको थिएँ’, उनले भने ‘मेरो इन्ट्रेस्ट पनि थिएन, अरु साथीले पनि अवसर पाउनुपर्छ भन्ने मेरो सोच हो । पार्टीले पूर्व सभामुख सरोजजीलाई अघि सा¥यो । मैले पनि सघाएँ ।’ जसपा मधेश प्रदेश समिति अध्यक्ष रामबाबु यादव जसपाबाट निर्वाचितमध्ये सबैभन्दा सक्षम पात्र मुख्यमन्त्री बनेको बताउँछन् । ‘५ वर्षसम्म सभामुख भइसक्नुभएको व्यक्ति हो । पार्टीले सर्वसम्मतिले छान्यो, विकासको भिजन र नीतिको हिसाबले उहाँ समक्ष हुनुहुन्छ’, उनले भने ‘कहिँ कतै आर्थिक दाग लागेको पनि छैन । काम गर्ने जोस र सबै साथीहरुलाई मिलाएर लैजान सक्ने खुबी पनि उहाँसँग छ ।’
सरोज दुई पटक संघीय सरकारको राज्यमन्त्री हुँदा उनको मन्त्रालयको नेतृत्व राजेन्द्र महतोले गरेका थिए । त्यतिबेला काम देखाउने मौका नपाएक पनि अहिले अवसर आएको जसपाका नेताहरु बताउँछन् । ‘संविधानले प्रदेशलाई दिएको अधिकार त सबै पाएको छैन, तर प्रदेशको मुख्यमन्त्री कार्यकारी पद हो । पार्टीका नेता र समर्थकलाई मात्रै हैन, विपक्षीलाई पनि मिलाएर हिँड्न सक्ने खुबी उहाँमा छ’, दाजु रामकिशोर यादव भन्छन् । ‘आफैं ५० विघा जमिनको मालिक हुनुहुन्छ । लोभ लालचमा नपरी मधेश प्रदेशमा सुशासन र विकास दिनुहुन्छ भन्ने विश्वास छ’ उनले थपे । सोझो र कम बोल्ने बानी भएकै कारण मुख्यमन्त्री सरोजलाई धेरैले रुचाउने भन्दै रामकिशोरले अब विकास निर्माणसँगै मधेशी जनताको हितमा काम गर्ने अवसर आएको बताए । साभार ः अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि