Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी प्रदुषण : अब फोहोर पानी फाल्ने उद्योगलाई कारवाही

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २४, २०७९
सिर्सिया नदी प्रदुषण : अब फोहोर पानी फाल्ने उद्योगलाई कारवाही

वीरगंज (पर्सा), २४ पुस / सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि गठित समितिले प्रदुषित पानी नदीमा मिसाउने उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । समितिको आइतबार जितपुर सिमरा उपमहानगरपालिकाको सभाकक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिले तीन साता लगातार नदी क्षेत्रमा रहेका उद्योगको अनुगमन गरेको र अहिलेसम्म अनुगमन गरिएका ९ वटा उद्योगमध्ये ट्रिटमेन्ट प्लान्ट निर्माण नगरी प्रदुषित पानी सोझै नदीमा मिसाउने ३ उद्योगलाई पहिलो पटक कारबाही स्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
कतिपयले ट्रिटमेन्ट प्लान्ट भएर पनि संचालन नगरेको भेटिएको र तीनलाई पनि कारबाहीको दायरामा ल्याइने समितिले निर्णय गरेको छ । अनुगमनका क्रममा मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरले प्रदुषित फोहोर पानी नदीमा फाल्ने गरेको भेटिएकाले तीनै वटा उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्वाचनका बेला जनतासमक्ष गरेको बाचा बमोजिम नदी प्रदुषण नियन्त्रणका लागि समिति नै बनाएका हुन् । महानगरका उपप्रमुख इम्तियाज आलम संयोजक रहने गरी बनाइएको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिमा जितपुर सिमरा उपमहानगरपालिका, यहाँका उद्योगी व्यवसायी, स्थानीय प्रशासन र सुरक्षा संयन्त्रलाई समेटिएको छ ।
‘सिर्सिया प्रदुषण नियन्त्रण एउटाको प्रयासले मात्रै संभव हुँदैन,’ मेयर सिंहले भने, ‘त्यसैले सबैलाई समेटेर बारा पर्सा हुँदै बग्ने सिर्सिया नदी प्रदुषण नियन्त्रणको महाअभियान अघि बढाइएको हो ।’ यस्तै बैठकले सिर्सिया नदीको आधार क्षेत्र (राइट अफ वे) छुट्याउन नापी कार्यालयको नेतृत्वमा तत्काल काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक रहेका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए । ‘सिर्सिया नदी जितपुर सिमरा उपमहानगरपालिका हुँदै वीरगञ्ज महानगर भएर बग्ने भएकाले दुबैको समन्वयमा नदीको आधार क्षेत्र छुट्याउनुका साथै प्रदुषण नियन्त्रणको पहल हुनेछ,’ संयोजक आलम भन्छन्, ‘नदीको क्षेत्रमा पर्ने परवानीपुर गाउँपालिकालाई पनि अर्को बैठकदेखि साथमा लिएर हिँड्ने निर्णय गरेका छौँ ।’
सिर्सिया नदीमा उद्योगीहरुको मनपरीका कारण प्रदुषण भइरहेकाले यसलाई नियन्त्रणमा लिन कडाइका साथ समिति लाग्नु पर्ने बैठकले निर्णय गरेको छ । ‘हामीले जसरी पनि सिर्सियालाई प्रदुषण मुक्त बनाउनु छ,’ वीरगञ्जका मेयर सिंहले भने, ‘त्यसका लागि उद्योगीहरु सच्चिन जरुरी छ, होइन भने अब कारबाहीको प्रकृया अघि बढाउनुको उपाय हुँदैन ।’ यस्तै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले प्रदुषण नियन्त्रणको सवालमा एक कार्यविधि बनाएर आवश्यक कानुनी प्रकृयामा अघि बढ्नु पर्नेमा जोड दिए । साथै सबैको सहयोगमा सिर्सिया प्रदुषण मुक्त हुने भएकाले अनुगमन, कारबाहीका साथै सचेतना अभियान पनि सँगसँगै चलाउनु पर्नेमा उनको जोड थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले भने उद्योगीहरुलाई ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि अझै केही समय दिन पर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नु पर्ने बताए । बारा, पर्सा दुबैका स्थानीय तह, सुरक्षा संयन्त्र, उद्योगी व्यवसायी सम्मिलित टोलीले अहिले पहिलो पटक सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि पहल थालेको हो ।
आइतबारको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोला अधिकारी, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, नारायणी सिंचाईका डिभिजन इन्जिनियर अकलाख सिद्धिकी, उद्योग वाणिज्य संघ वीरगञ्जका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वीरगञ्ज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह लगायतको सहभागिता रहेको थियो ।
गएको कात्तिक २३ गते गठन भएको समितिले हरेक साताको मंगलबार उद्योगहरुको अनुगमन गर्दै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि