Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २४, २०७९
मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

• निरा गौतम
रुपन्देही, २४ पुस / सामाजिक सञ्जालमार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पु-याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् । सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले समिताको विश्वास जितेर देह व्यापारका लागि फकाइफुल्याई भारत पु-याए । भारतको पुनेमा लगेर समितालाई कोठामै बन्धक बनाएर राखे । तब मात्रै समिताको होस् खुल्यो । समिता चिच्याउने रुने गर्न थालेपछि ती युवकले समितालाई औषधि खुवाएर राखे । यता उनको पत्तो नपाएपछि गुल्मीका उनका परिवारले खोजतलास सुरु गर्न थाले । प्रहरीमा निवेदन दिए । झण्डै एक महिना प्रहरीले पनि पत्ता लगाउन सकेन । ती यवकले फोनमा कोठादेखि एक किलोमिटर टाढासम्मको लोकेसन राखेर फोन अफ गर्ने गरेकाले प्रहरीलाई पनि खोज्न समय लागेको माइती नेपाल रुपन्देहीका कार्यक्रम संयोजक माया क्षेत्री सुनाउनुहुन्छ ।माइती नेपाल, नेपाल र भारतीय प्रहरी मिलेर एक महिना खोजतलास गरेको २१ दिनमा समिताको माइती नेपाल र भारतीय प्रहरीले उद्धार गरे । “भारत पु-याएपछि कोठामा थुनेर राखेको रैछ । सुरुमा औषधि खुवाउँदो रहेछ । यहाँ आउँदासम्म पनि टोलाउनुहुन्थ्यो । कसैसँग खुल्नुभएन चार÷पाँच दिनपछि बल्ल घरपरिवारको बारेमा बताउनुभयो”, कार्यक्रम संयोजक क्षेत्री भन्नुहुन्छ । उहाँको परिवारमा पुर्नमिलन गराइएको माइती नेपालले जनाएको छ । घरेलु हिंसाका कारण कपिलवस्तुको वाणगङ्गाकी २३ वर्षीया सुनिता युवती माइतीमै बस्दै आएकी थिइन् । हिंसाका कारण मानसिक तनावमा रहेकी उनलाई पनि आर्थिक प्रलोभन देखाएर एक युवकले भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालले उद्धार गरेको छ ।
ती युवकले भारतमा पसल छ भनी राम्रो कमाइ हुने प्रलोभन देखाएपछि भारत जाने क्रममा नेपाल भारत सीमा क्षेत्र बेलहियाबाट माइती नेपालले उद्धार गरेको हो । गत हप्ता विदेश पठाइदिने भन्दै दलालले भारत लैजाँदै गरेका सिन्धुलीका दुई युवतीलाई माइती नेपालले सीमा क्षेत्रबाट उद्धार ग¥यो । भारतको बाटो हुँदै इराक पठाइदिने प्रलोभन देखाएर २० र २२ वर्षका युवतीलाई नेपाल भारतको सीमा क्षेत्र बेलहियाबाट सिन्धुलीकै तीन जना दलालले बेचबिखनका लागि भारत लैजान लागेका थिए । कक्षा ११ र १२ पढ्दै गरेका युवतीलाई सिन्धुलीबाट काठमाडौँ बोलाइ एक महिना राखेर भारतको बाटो हुँदै इराक पठाइदिने भनी रुपन्देहीको बेलहिया नाका ल्याएका थिए । बलेहियामा माइती नेपालका कर्मचारीले सोधपुछ गर्ने क्रममा उनीहरुले शङ्कास्पद बयान दिएपछि उनीहरुलाई तत्कालै उद्वार गरिएको थियो । त्यहाँसम्म ल्याउने एक दलाललाई प्रहरीले पक्राउ गरी मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको छ भने दुई जना फरार छन् । इराकमा महिनामा दुई लाखसम्म कमाइ हुने प्रलोभन देखाएपछि ती युवती जान तयार भएका थिए ।
ती युवतीलाई अहिले परिवारको जिम्मा लगाइएको माइती नेपाल रुपन्देहीका कार्यक्रम संयोजक माया क्षेत्रीले बताउनुभयो । यी यस्ता धेरै मानव बेचबिखनका घटना छन् । माइती नेपालको तथ्याङ्कमा मानव बेचबिखन प्रत्येक वर्ष बढिरहेको देखिन्छ । पछिल्लो आठ वर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी मानव बेचविखनका घटना भएका छन् । यो वर्ष तीन सय ५० मानव बेचबिखनका घटना भए । यो आव २०७९/८० मा सीमा क्षेत्रबाट एक सय २८ जनाको उद्धार गरिएको छ भने भारतका विभिन्न स्थानबाट दुई जनालाई उद्धार गरी नेपाल ल्याइएको छ । मानव बेचबिखनमा संलग्न एक जनालाई मुद्दा चलाइएको छ ।
यो अवधिमा सिमा क्षेत्रमा छ हजार नौ सय ४० जनालाई परामर्श दिइएको माइती नेपालका कार्यक्रम संयोजक क्षेत्री बताउनुहुन्छ । अघिल्लो आव २०७८/७९ मा दुई ८५ जनाको सीमा क्षेत्रबाट र सात जना भारतबाट उद्धार गरिएको थियो ।पछिल्लो आठ वर्षको अवधिमा माइती नेपालले एक हजार आठ सय ७१ जनालाई नेपाल भारतको सीमा क्षेत्रबाट उद्धार गरेको छ । यो अवधिमा बेचबिखनमा परेका एक सय ३० जनालाई भारतीय प्रहरीको सहयोगमा भारतका विभिन्न स्थानबाट उद्धार गरी पारिवारिक पुर्नमिलन गराइएको माइती नेपालले जनाएको छ । पछिल्ला वर्षमा मानव बेचविखनको अवस्था बढ्दै गएको देखिए पनि कानूनी कारबाहीको स्थिति भने कमजोर छ ।
पछिल्लो छ वर्षमा मानव बेचविखन सम्बन्धमा १८ मुद्धा मात्रै दर्ता भएका छन् । पिडित वा प्रभावितले उजुरी नदिदा पनि मुद्धा दर्ता हुन नसकेको बताउनुहुन्छ संयोजक क्षेत्री ।खुल्ला सिमाना भएका कारण रुपन्देही जिल्ला मानव बेचबिखन र ओसारपसारको दृष्टिकोणबाट प्रभावित जिल्लामध्येको एक हो । महिलामा शैक्षिक तथा राजनीतिक जागरण व्यापक रुपमा नभएकाले उनीहरुको आर्थिक र सामाजिकरुपमा सशक्तीकरण हुन सकेको छैन । जिल्लामा दर्जनौ खुल्ला सिमा रहेका क्षेत्र भएकाले मानव बेचबिखन गर्ने गिरोहको चलखेल र प्रभाव रहने गरेको मानव बेचबिखन तथा ओसारपसार रोकथाममा क्रियाशील संस्थाहरु बताउँछन् ।यस जिल्लामा भारतसँगको ठूलो व्यापारिक नाका पनि रहेकाले यी नाकाहरुको प्रयोग गरी महिला तथा बालबालिकालाई भारत लगायत विभिन्न खाडी मुलुकमा देह व्यापार तथा अन्य प्रयोजनका लागि बेचबिखन गर्न लैजाने गरेको आफन्त नेपालका कार्यक्रम संयोजक उषा गुरुङ्ग बताउनुहुन्छ । “सामाजिक सञ्जालका भएको चिनजान र नेटवर्किङ व्यवसायका नाममा महिला तथा बालिकाहरु बेचिने क्रम बढ्दो छ”, उहाँ भन्नुहुन्छ । मानव बेचबिखन र रोक्न आफन्त नेपालले पनि सीमामा निगरानीका साथै जनचेतनामूलक कार्यक्रम गरिहेको उहाँको भनाइ छ । विश्वव्यापी रूपमा हुने मानव बेचबिखनमध्ये ७५÷८० प्रतिशत बेचबिखन यौनजन्य शोषणको लागि हुने गरेको छ । विश्वभरमा करिब दुई करोड ७० लाख वयस्क र एक करोड ३० लाख बच्चा बेचबिखनमा पीडितको रूपमा रहेका देखिन्छन् ।
मानव बेचबिखनको फेरिँदो आयाम तथा रूपहरू शारीरिक अङ्ग (मिर्गौला, कलेजो, रगत) को तस्करी बढ्दै गइरहेको छ । करिब १७ प्रतिशतलाई कामदारको रूपमा राखिने गरेको र करिब तीन जना पीडितमध्ये दुई जना महिला रहने गरेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेख छ । न्यून लगानीमा अधिक नाफा हुने कम जोखिमपूर्ण धन्दाका रूपमा लिइनु नै विश्व बजारमा मानव बेचबिखन तथा ओसारपसारको कार्य विस्तार हुनुको मूलकारण मानिन्छ । हातहतियार र लागुऔषधको अवैध कारोबारसरह अन्तरदेशीय सङ्गठित अपराधको रूपमा फैलिँदो मानव बेचबिखन तथा ओसारपसारको कार्यको विविध कारण हुन सक्ने भए पनि घरेलु हिंसा, यौन दुव्र्यवहारलगायत लैङ्कितामा आधारित हिंसा र द्वन्द्वबाट प्रभावित महिला तथा बालबालिका, घरबाट भागेका बालबालिका, किशोरी, युवा र महिलाको सङ्ख्या र स्थितिले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न दलाललाई प्रोत्साहन पुगेको इन्सेक प्रतिनिधि रिमा विसी बताउँनुहुन्छ । वैदेशिक रोजगारका क्रममा पनि मानव बेचबिखन तथा ओसारपसारमा परेका महिला तथा बालबालिकाको सङ्ख्या बढ्दो देखिएको उहाँको भनाइ छ । स्वदेशमा रोजगारीको अवसर नहँुदा वैदेशिक रोजगारमा जान बाध्यात्मक परिस्थितिका कारण ठगी र छलीमा परी खासगरी महिला बेचबिखन हुन पुगेका किशोरीको बढ्दो माग रहेको मनोरञ्जन क्षेत्रमा मुलुकबाहिर मात्र नभइ मुलुकभित्रसमेत महिलाको शोषण तथा बेचबिखन भइरहेको छ ।
कानुनी व्यवस्था
अधिवक्ता हेमा न्यौपानेका अनुसार मानव बेचबिखनलाई निषेध गर्नका लागि नेपालको संविधानको धारा २९ को शोषणविरुद्धको हकअन्तर्गत (३) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बँधुवा बनाउन पाइने छैन भन्ने उल्लेख गरिएको छ भने धारा ३८ को महिलाको हक र धारा ३९ को बालबालिकाको हकको व्यवस्थाबाट पनि मानवबेचबिखन तथा ओसारपसारको कार्यलाई निषेध गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ तथा नियमावली, २०६५ नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसारको नियन्त्रणका लागि तजुमा गरी लागु गरिएको ‘जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३’ खारेज गरी ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ र सोको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५’ कार्यान्वयनमा रहेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसँग सम्बन्ध राख्ने झण्डै एक दर्जन ऐन तथा नियमावली छन् ।
मानव बेचबिखन तथा ओसारपसारको क्षेत्र व्यापक हँुदै आइरहेको छ । श्रम शोषण, यौन शोषण, गैरकानुनी अङ्ग प्रत्यारोपण, दासता, मानव तस्करीजस्ता सबै विषय मानव बेचबिखनको परिभाषाअन्तर्गत पर्न आउँछन् । कानुन भने विषयअनुसार भिन्नभिन्न रहेका हुन्छन् । फरक कानुन फरक निकायबाट कार्यान्वयन हुँदा मानव बेचबिखनका कतिपय दलाल अभियुक्तले सजिलै उन्मुक्ति पाउने गरेका छन् । मानव बेचबिखन नियन्त्रण कार्यलाई प्रभावकारी बनाइ यसका अभियुक्तलाई कानुनको दायरामा ल्याउन स्वदेश वा विदेशमा हुने सबैखाले श्रम शोषण, यौन शोषण, गैरकानुनी अङ्ग प्रत्यारोपण तथा दासताजस्ता मानव बेचबिखन एवं मानव तस्करीसम्बन्धी कानुन तथा निकायबीच समन्वय गर्न आवश्यक रहेको बताउनुुहन्छ अधिवक्ता न्यौपाने । मानव बेचबिखन तथा ओसारपसारको कार्यलाई पूर्णतः निरुत्साहित गर्न प्रभावकारी नियमन, कार्यान्वयन तथा अनुगमन प्रणालीको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि