Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा बाक्लो हुस्सुसँगै शितलहरी बढेपछि जनजीवन कष्टकर, विपन्न परिवार विचल्लीमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २३, २०७९
तराईमा बाक्लो हुस्सुसँगै शितलहरी बढेपछि जनजीवन कष्टकर, विपन्न परिवार विचल्लीमा

वीरगन्ज (पर्सा), २३ पुस / तराईमा विगत तीन हप्तादेखि लगातार बढ्दै गएको शितलहरी, बाक्लो हुस्सुसँगै कठ्याँग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिकी जीवन कष्टकर बन्दै गएको छ । दिनभरि बाक्लो हुस्सुसँगै शितलहरी पर्ने गरेको कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढि प्रभावित बनेका छन् । गरिब, विपन्न परिवारहरु अहिले आगोको भरमा दिनचर्या विताउन बाध्य छन् । विहानदेखि बेलुकासम्म कठ्याँग्रिदो चिसो लाग्ने गरेको कारण दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन विताउने गरेको उनीहरुको भनाई छ । दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण सानासाना बालबालिका तथा वृद्धवृद्धाहरु बढि प्रभावित भएको उनीहरुको भनाई छ ।
दिनभरि आगोलाई समातेर बस्नुपर्ने अवस्था छ, हिँड्न सक्ने अवस्था छैन । जीउमा लगाउने कपडा छैन, खुट्टामा जुत्ता छैन, चप्पल छैन, हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको सहयोग नआएको स्थानीयहरुको भनाई छ । चिसोले गर्दा काम गर्न पनि समस्या भएको छ । यत्रो चिसो बढिसकेको छ, हालसम्म कसैले एउटा कपडा पनि उपलब्ध गराएको छैन, पराल एवं फोहरहरुलाई जलाएर आगो ताप्दै दिन विताउने गरेको उनीहरु बताउँछन् । शितलहरीले गर्दा हात खुट्टा काम्ने गरेकोले बाहिर निस्केर दैनिक ज्यालादारीमा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ ।
शितलहरीसँगै बाक्लो हुस्सुबाट गरिब, विपन्न परिवार प्रभावित
शितलहरीसँगै बाक्लो हुस्सुका कारण गरिब, दलित विपन्न परिवार बढि प्रभावित बनेका छन् । वीरगन्ज महानगरपालिका लगायत जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, निमुखा दलित परिवारका सदस्यहरु अहिले कठ्याङ्ग्रिदो चिसोको कारण प्रभावित बनेका हुन् । विहान मेहनत गरि साँझ एक छाक टार्ने विपन्न परिवारहरु न त काम गर्न सकेका छन्, न त ढुक्का साथ सुत्न पाएका छन् । फुसको छाप्रो तथा त्रिपालको छानो बनाई जीविकोपार्जन गर्दै आएका दलित परिवारका बालबालिका, वृद्धवृद्धाहरु कठ्याङ्ग्रिदो चिसोबाट प्रभावित भएका छन् ।
दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण सानासाना बालबालिका तथा वृद्धवृद्धाहरु बढि प्रभावित भएको उनीहरुको भनाई छ । चिसो बढेसँगै लुगा कपडाको अभावले आगोको भरमै दिनचर्या विताई रहेका छन् भने रातिको समयमा सुत्ने समयमा परालको सहारा लिनुपरेको विपन्न परिवारका सदस्यहरुको भनाई छ । राति सुत्दा भुइँमा पराल राखि त्यसमाथि परालले बनाएको गुन्दु्रक (चटाई) को भरमा रात विताउनुपर्ने बाध्यता रहेको बताउँछन् । रातिको समयमा बाक्लो हुस्सुसँगै शितलहरी पर्ने गरेको कारण फुसको छाप्रो एवं त्रिपालले बनाएको छाप्रोबाट शितलहरीको पानी ओछ्यानसम्म आउने गरेको उनीहरुको गुनासो छ ।
शितलहरीले गर्दा साना साना बालबालिकाहरुको हात खुट्टा काम्ने गरेकोले बाहिर निस्केर दैनिक ज्यालादारीमा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ । चिसोको समयमा एक त दिन सानो हुने गरेको त्यसमा पनि ११ बजेभन्दा अघि घरबाट निस्कने सक्ने अवस्था नरहेको कारण पुरा समयमा काम पनि गर्न नसकेको उनीहरुको भनाई छ । चिसोले खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने गरिब, मजदुरहरु प्रभावित बनेका छन् ।  विहानदेखि साँझसम्म काम गरेर साँझ छाकटार्ने गरिब, दलित परिवारका सदस्यहरु अहिले दैनिक रुपमा काममा पनि जान नसकेको बताउँछन् ।
अहिलेको अवस्थामा यि दलित परिवारका साना साना बालबालिका तथा अभिभावकहरुको जिउने आधार आगो मात्रै छ । यिनीहरु २ देखि ३ वटा कपडामा आफ्नो दिनचर्या विताई रहेका छन् । बालबालिकाहरुको जिउमा कपडा छ भने खुट्टामा चप्पल छैन । दिन रात बालेको घुर (आगो) तापी आफ्नो जीवन विताई रहेका छन् । एक छाक खानाको व्यवस्था भए अर्को छाक खानाको चिन्तामा बस्ने यि दलित परिवारहरुलाई राहतको बढि आवश्यक्ता छ । टुटेको फुसको छाप्रोको घर तथा त्रिपालको छानामुनी बसी विभिन्न ठाउँमा फालिएको फोहरहरुलाई संकलन गरि आगो बाली ताप्दै जीविकोपार्जन गर्दै आएका यस्ता परिवारलाई सम्बन्धित निकायले राहत उपलब्ध गराए हदसम्म जिविकोपार्जनमा सहजता हुनेथियो ।
जिल्लाको ग्रामीण भेगमा रहेको अधिकाँश गरिब, दलित परिवारहरु चिसोले प्रभावित छन् । प्रत्येक वर्ष चिसोबाट बच्नको लागि जिल्ला प्रशासन कार्यालय मातहत रहेको दैविक प्रकोप उद्दार समितिले विभिन्न संघ सँस्थाहरुको सहयोगमा गरिब, असहाय परिवारलाई न्यानो कपडा वितरण गर्ने गरेको छ तर यस वर्ष हालसम्म त्यस्तो कुनै किसिमको कामहरु हुन सकेको छैन । महानगरपालिकाले पनि चिसोबाट बच्नको लागि देखावटी नामको लागि चोक चोकमा एक पटक दाउराहरु वितरण गरेर आफ्नो दायित्वबाट पञ्छिने काम गरेको छ । तराईमा वर्षेनी शितलहरीका कारण दर्जनौं व्यक्ति ज्यान गुमाउने गरेका छन् । चिसोबाट प्रभावित भई सर्वसाधारणहरु ज्यान गुमाउन थालेपछि सम्बन्धित निकायको यस तर्फ ध्यान पुग्ने गरेको छ तर यस्तो विपद् हुनु अगावै कुनै किसिमको तयारी गर्ने गरेको छैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि